आफूजस्तै क्यान्सर पीडितलाई सुजाताको सल्लाह: आत्मबल बढाऊ


मण्डिखाटारको भव्य महल उस्तै छ। बगैंचामा हावासँगै हल्लिरहने रुखका पात, हाँगाहरुमा बस्ने चरा र उनीहरुले गाउने गीतको भाका उस्तै छ। तर यही महल–माहोलकी केन्द्र अर्थात् कांग्रेस नेत्री सुजाता कोइरालाको दिनचर्या भने बदलिएको छ। उनले पहिले जस्तो धेरै कार्यकर्ता भेट्दिनन्। धेरै बेर गफिन्नन्। त्यसैले यहाँ कार्यकर्ताको उपस्थिति अलिक पातलै देखिन्छ।

यस्तो बेला भावना नियन्त्रण गर्न सक्ने र आफैंसँग रमाउन सक्ने क्षमता विकास गर्नु पर्ने रहेछ। ससना कुराहरुमा पनि भय पैदा हुने हुँदा अनुभवीहरुसँग आफ्नो अस्थाका बारेमा पर्याप्त छलफल गर्नु पर्ने रहेछ। परिवारका सदस्यहरु र निकटका आफन्तहरुले पनि सकारात्मक र क्षमताशील बनाउन सहयोग र सद्भाव प्रकट गर्नु पर्ने रहेछ।

‘धेरैले फोनबाटै स्वास्थ्यलाभको कामना गरिरहेका छन्।’

०४६ पछि शासन र सत्ताको केन्द्रमा रहेका गिरिजाप्रसाद कोइरालाको विरासत थाम्छु भन्दै काँग्रेस राजनीतिमा कस्सिएकी यी कांग्रेस नेतृ कोइराला परिवारका अरु धेरै सदस्य जस्तै क्यान्सर पीडित भईन्। अघिल्लो महिना मात्र उनी उपचार गराएर नेपाल फर्केकी हुन्। फर्केपछि उनकै शब्दमा ‘अहिले त मनोदशा पनि फेरिएको छ।’ अनुभवको लहरमा एउटा नित्तान्त फरक रङ थपिएको छ।

‘धन्न क्यान्सर पहिलो स्टेजमै थियो र उपचार गरेपछि पूर्णरुपमा निको हुने आशा छ।’ बोल्दै गर्दा उनको अनुहारमा पहिलेको जस्तो तेज देखिँदैन। तर आँखाहरुमा भने आशाको चञ्चलता दौडन्छ। भन्छिन्, ‘रिकभर भएपछि पहिले जस्तै राजनीति र समाजसेवामा लाग्छु।’

खासमा उनलाई पहिलो ब्रेष्ट क्यान्सर देखियो। उपचारका क्रममा उनको ब्रेष्ट निकालिएको छ। ब्रेष्ट क्यान्सर देखिएको एक महिनामै उनको पाठेघरमा पनि क्यान्सर देखियो। उपचारका क्रममा ओभरी र युटेरसको शल्यक्रिया पनि गरियो। डाक्टरहरुका अनुसार पाठेघरको क्यान्सर पनि शुरुवाती चरणको थियो।

रोग त रोगै हो नि। त्यो पनि क्यान्सर। पहिलो चरणकै भए पनि उपचारपछि रोगीको जैविक, मनोबैज्ञानिक र भौतिक अवस्था प्रभावित हुने चिकित्सकहरु बताउँछन्। सुजाताका अनुभवमा पनि ‘सबैभन्दा बढि चिन्ता कतै डिप्रेसनमा गइन्छ कि’ भन्नेमा रहेछ। भन्छिन् ‘स्वास्थ्यलाई विभिन्न हर्मोनहरूले प्रभाव पारेका हुन्छन्। ओभरीले हर्मोनलाई ब्यालेन्स गरिराखेको हुने रहेछ। भएका दुईटै ओभरी काटेर फ्याँकेपछि मनोदशा प्रभावित हुने रहेछ।’

उपचारपछि घरमा आराम गरिरहेकी कांग्रेस नेत्री सुजाता कोइराला। तस्वीर- खेमा बस्नेत

उपचारले एक त गलाउँछ। औषधीको प्रभाव शरिरमा देखिन थाल्छ। चिन्ताका कारण विरामी अन्त्यन्तै कमजोर मनोभावमा पुगेको हुन्छ भने अर्कोतिर क्यान्सरको उपचारपछि महसुस हुने जटिलताले एकप्रकारको भय, त्रास र निर्वलतामा फसाउँछ। ‘तीन हप्ता अगाडिसम्म त म कसैसँग बोल्न सकिन। मुड स्वीङ हुने, डिप्रेसन हुने, मान्छेलाई भेट्नै नसक्ने र बाहिर निस्कनै नसक्ने स्थिति थियो’ उनले सुनाईन् ‘ अप्रेशन भनेकै यातना जस्तो लाग्दो रहेछ।’

यस्तो बेला भावना नियन्त्रण गर्न सक्ने र आफैंसँग रमाउन सक्ने क्षमता विकास गर्नु पर्ने रहेछ। ससना कुराहरुमा पनि भय पैदा हुने हुँदा अनुभवीहरुसँग आफ्नो अस्थाका बारेमा पर्याप्त छलफल गर्नु पर्ने रहेछ। परिवारका सदस्यहरु र निकटका आफन्तहरुले पनि सकारात्मक र क्षमताशील बनाउन सहयोग र सद्भाव प्रकट गर्नु पर्ने रहेछ।

‘अरु पनि छन् मैले यो बीचमा अनुभव गरेका कुराहरु’ नेत्री कोइराला भनिन्छन् ‘ मैले भतिजी मनिषा कोइरालासँग पनि मेरो अवस्थाका बारेमा छलफल गरेँ। उनीसँग पनि क्यान्सर उपचारपछि अनुभव थियो। त्यसले मलाई सघायो।’ अनुभवीहरुकै सल्लाहमा यो बीचमा आफूले चिन्ता न्युनिकरण गर्न एक प्रकारको औषधी पनि खाएकी रहेछिन् सुजाताले। छटपटी हुने, रिस उठ्ने, आफैले आफैंलाई निर्बल महसुस हुने जस्ता कमजोरी बढ्दै गएपछि उनलाई चिकित्सक र भुक्तभोगीले यस्तो सल्लाह दिएका रहेछन्।

‘सल्लाह पनि एक प्रकारको औषधी हो नि’ सुजातालाई लाग्छ, ‘क्यान्सर रोगीले धेरै कुरामा ध्यान पुर्याउनु पर्छ। यसो गर्न सकिएन भने उपचारपछि देखा पर्ने समस्याहरु नियन्त्रण गर्न गाह्रो पर्छ।’

उपचाररत अवस्थामा कस्तो जीवनशैली अपनाउने? कस्तो खाना खाने? कति हिँडडुल गर्ने? मन बहलाउन के के गर्ने? उनी यस्तै प्रश्नहरुको वरिपरि छिन्। प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै उनले बाहिर निस्कने, कार्यकर्ताहरुलाई भेट्ने, सुत्ने र समयमा खानाखाने एक प्रकारको निश्चित तालिकाजस्तो बनाएकी छिन्। ‘हरेक कुरामा ध्यान दिन सकिएन भने झनै गाह्रो हुन्छ’ उनी भन्छिन्, ‘यो अनुभवले मलाई क्यान्सर पीडितहरुका लागि एउटा वेलफेयर सोसाइटी बनाउनु पर्छ भन्ने लागेको छ।’

यस्तो वेलफेयर सोसाइटी जहाँ विरामीहरुले एक अर्काका अनुभव विनिमय गर्न सकुन्। सररल्लाह गरुन्। डर र भयबाट बाहिर निस्कन मनोबैज्ञानिक र शारिरीक अभ्यासहरु गरुन्। त्यहाँ उनीहरुलाई गाइड गर्ने चिकित्सक पनि हुन्। ‘आत्मबलले धेरै निको पार्छ’ उनले सुनाईन् ‘त्यसैले मरो दिमागमा यस्तो कुरा आएको हो।’

आफुलाई निको भएपछि र पूर्ण सक्रिय जीवनमा फर्केपछि स्वास्थ्य क्षेत्रको विकासका लागि लाग्ने प्रतिवद्धता अझै बलियो भएको अनुभव सुजता सुनाउँछिन्। भन्छिन् ‘ साँखुमा रहेको सुष्मा मेमोरियल हस्पिटलको संस्थापक म हो र गिरिजाबाबुको नाममा तनहुँमा पनि हामीले अत्यन्तै राम्रो अस्पताल बनाउन लागेका छौं।’

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 16:22:58

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपा महाधिवेशनमा सहभागी अभिनेत्री रेखा थापा

    राप्रपाको केन्द्रीय सदस्यमा कसको कति मत?

    राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतगणना बुधबार राति सकिएको छ। महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य निर्वाचित...

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    चुनाव घोषणाको ‘साइड इफेक्ट’

    स्थानीय तहको चुनावका लागि सरकारले ३१ बैशाखको मिति घोषणा गरेपछि फेरि एक पटक राजनीतिक सरगर्मी बढ्ने र त्यसको आलोकमा विभिन्न मत–मतान्तर सतहमा देखिने...

  • चिनियाँ दृष्टिकोणमा नेपाल दक्षिण एसियाको प्रवेशद्वार

    सडक विभागको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग आयोजना निर्देशनालयका निर्देशक गोपाल सिग्देलका अनुसार प्राथमिकतामा परेका सडक पाँच वर्षभित्र दुई लेनको...

  • दोस्रो विश्वयुद्धमा सहभागी ललितपुरका खड्गबहादुर कार्की

    जो बर्माको जङ्गलमा दोस्रो विश्वयुद्ध लडे

    उनी सिधै राणा प्रधानमन्त्री भएको ठाउँमा गए। विश्वयुद्ध लडेर आएको भनेपछि उनलाई प्रधानमन्त्रीले सिधै पुलिसमा भर्ना गरिदिए। ‘अहिलेको कुरा हो र यो।...