माओवादी मुख्यालयमा कलाको कन्तविजोग


सन्देश दुमरु

जे गोदाममा थन्काउनुपर्ने हो, ती स्टल–स्टलमा भेटिनु। अनि जे भित्तामा सजाउनुपर्ने हो, ती बोरा र गोदाममा खाँदिनु! माओवादी पार्टीको यस्तो कन्तविजोग कलाक्षेत्रले पनि बेहोरेको छ।

पेरिसडाँडाको स्टोरभरि पेन्टिङ कच्याककुचुक भएर लडिरहेका छन्

नेकपा (माओवादी केन्द्र)को हेडक्वार्टर पेरिसडाँडा जानुस्– क्यानभास झुन्डिरहेको देखिन्छ कतै शौचालय छेउमा, कतै चमेना गृहमा। अलि धेरै थन्किएको छ स्टोर रुममा। स्टोरभरि पेन्टिङ कच्याककुचुक भएर लडिरहेका छन्। फोहर फ्याँक्ने भाँडानिर पनि पेन्टिङ देखिन्छ। नुहाउने बाथरुमतिर पनि लुगा सुकाइएका छैनन्, पेन्टिङ उँधोमुन्टो लगाइरहेका छन्।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकी पेन्टिङलाई त्यसरी अलपत्र राख्ने मनसाय आफूहरूको नभएको बताउँछन्। उनी पेन्टिङ कहाँनिर कसरी राख्ने भन्ने योजना नबनेका कारण गोदाममा लगेर थन्क्याउनु परेको बताउँछन्।

‘माओवादी पार्टी कलाको सौन्दर्य नबुझ्ने पार्टी त होइन,’ नेपालखबरसँग उनले भने, ‘हामी छिट्टै यसलाई व्यवस्थित गर्नेछौं।’

२०६५ सालमा अखिल नेपाल ललितकला संघको आयोजनामा भएको राष्ट्रिय ललितकला कार्यशालामा ५० जनाभन्दा बढी कलाकारले निशुल्क चित्र कोरेका थिए। पार्टी अध्यक्ष तथा त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चित्रै कोरेर कार्यशाला उद्घाटन गरेका थिए।

आयोजक संस्थाका अध्यक्ष ललितकलाकर्मी तथा पत्रकार देवेन्द्र थुम्केली अहिले चित्रकला बेहालमा परेको देखेर चिन्ता व्यक्त गर्छन्। भन्छन्, ‘पेन्टिङ अलपत्र हुनु राम्रो होइन, पार्टीको यसमा ध्यान पुग्ने आशा गरौँ।’ उनले कसैलाई दोष दिन भने चाहेनन्।

संस्कृतिकर्मी तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बलराम तिमल्सिना चित्रकला अलपत्र पर्नु राम्रो नभएको स्वीकार्छन्। ‘पार्टीमा कलाको सौन्दर्यमूल्य नबुझ्ने मान्छे भएकाले त्यस्तो भएको होइन’, तिमल्सिनाले भने, ‘सबैले कला बुझ्छन् भन्ने होइन, सबैले सबै कला नबुझ्न पनि सक्छन्। गीतको क्यासेट भएको भए मानिसले तुरुन्तै लान्थे। चित्रकारिताको विज्ञान बुझ्न कमजोरी नै भयो।’

उनी अलपत्र परेको पेन्टिङको जिम्मा पार्टीका संस्कृतिककर्मीहरूले लिनुपर्ने बताउँछन्।

कलाकारहरूले आफ्ना सपना–विपना र विचार–दृष्टिकोण अभिव्यक्त गर्ने माध्यम कलालाई नै बनाएका हुन्छन्। तर, राजनीतिक पार्टी र नेताहरूले त्यसको मर्म सही ढंगले बुझ्दैनन् भन्ने उदाहरण बनेको छ पेरिसडाँडाको पेन्टिङ स्टोर।

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 16:23:04
author photo

राजु स्याङ्तान नेपालखबर संवाददाता हुन्

@RajuSyangtan

राजु स्याङ्तानबाट थप


प्रतिकृया दिनुहोस

  • कविताको एउटा यायावर

    कवि सुमन पोखरेलको पुरानो थातथाले धनकुटाको कचिडे। कचिडे भन्नासाथ पढेलेखेका, बुद्धिजीविहरूको गाउँका नामले चिन्छन्स जो कचिडेसँग जानकार छन्। उनको...

  • सङ्गीतको अभिलेख कि विवरणात्मक ठेली?

    नेपाली सङ्गीतको अभिलेख मुकारुङको सङ्गीत क्षेत्रमा योगदान दिने स्रष्टाहरूको नामसँगै संक्षिप्तमा तिनका जन्म, मृत्यु, आमा बुबाको नाम, जन्म स्थल,... यो मुकारुङको महत्वकाङ्क्षी कृति हो। पुस्तकको गाता पल्टाउने बित्तिकै ९ जना व्यक्तिको ‘विज्ञ विचार’ र दुई जना नयाँ पुराना विद्यावारिधी विज्ञका भूमिका...

  • दिल्ली यात्रा संस्मरणः विश्व पुस्तक मेलादेखि पहाडगंजको होटलसम्म

    दायाँबायाँ बाक्ला र विशाल रुखहरु। बीचको सुरुङमार्गबाट कुदेको सफा, चिल्लो र फराकिलो सडक। सडकको एकापट्टी विशाल विल्डिङ। अर्को पट्टी मेट्रो स्टेसन।...

  • 'बम्बे भाइकिङ्स'का नीरजले काठमाडौँका स्रोता झुमाउँदा

    बलिउडका पुराना गीतहरु रिमिक्स गरेर चर्चामा आएको पप ब्यान्ड हो। नीरज श्रीधर, ओस्कार सोजरबर्ग र म्याट्स नोदनबर्गले सन् १९९४ मा गठन गरेको यो ब्यान्डले...

  • दैनिक कति फलफूल तथा तरकारी खाने?

    जतिसक्दो धेरै फलफूल र तरकारी खाएमा त्यसले मानिसको आयु समेत लम्ब्याउन सक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। इम्पेरियल कलेज लण्डनमा गरिएको एक...

  • फज्लु भैया

    फज्लु भैया भन्ने व्यक्तिलाई मैले उसले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन। किनकी फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट अभाव हुँदा चीनबाट जहाज ल्याउन रोकियो

    पहिले एमए ६० र त्यसपछि एकदुई महिनाको फरक पारेर वाई १२ ल्याउने उल्लेख थियो । तर, पाइटल अभाव भएकाले चिनियाँ जहाज विमानस्थलमै रोकिएर बसेका हुन्।...

  • माछापुच्छ्रेले नछेकेको सेती बगरको दु:ख

    झण्डै डेढ सय कामदार सेती नदीको किनारमा हातमुख जोर्नका लागि संघर्ष गरिरहेका देखिन्छन्। केही थुन्से बालुवा बटुल्न झण्डै एक दिन लाग्छ र ३०/३५ थुन्से...

  • खोटाङ दोर्पाका विभेशको बेलायती क्लब क्रिष्टल प्यालेससम्मको यात्रा

    ‘म प्रोफेसनल फुटबल खेलाडी बन्न चाहन्छु। मलाई लाग्छ मेरो खेल जीवनमा अहिले एउटा सुनौलो अवसरको ढोका खुलेको छ।’ लण्डनबाट ६० किलोमिटर टाढा केन्टको...

  • राजदूत रन्जित रेको कार्यकालः मोदीको भ्रमणदेखि नाकाबन्दीसम्म

    राजदूत रेले संविधान जारी गर्दा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रबीचमा भएको एकता टुटाएर दलहरुबीचमा द्वन्द्व बढाउन भूमिका खेलेको ठान्नेहरुको...