पृथ्वीनारायण भन्थेः 'मुग्लानको होइन, नेवारको नाच झिकाई हेर्नू'


सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिक। तस्विरः सन्देश दुमरु
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिक। तस्विरः सन्देश दुमरु

अढाई सय वर्षसम्म चलेको नेपालको शाहवंशीय राजतन्त्रमा पृथ्वीनारायण शाह अघिल्लो समयका सबैभन्दा प्रभावशाली राजा मानिन्छन्। नेपाली राजनीति र इतिहासमा उनको प्रभावको घेरो जति फराकिलो छ, उनको विजय अभियानलाई ‘राज्यविस्तार’ ठान्ने र ‘एकीकरण’ मान्नेहरुबीचको विवाद पनि त्यति नै ठूलो छ। राजनीतिक इतिहासकारबीच उनका नीति र चिन्तनबारे थुप्रै विश्लेषण र बहस छन्। यहाँ प्रस्तुत छ इतिहासकार तथा प्राज्ञ प्रा. दिनेशराज पन्तले नाचगानको विषयमा पृथ्वीनारायण शाहको विचारबारे तयार गरेको लेखको एक अंशः

तिनै सहर नेपालको नेवारहरुको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देशमा रहंन्छ. यस्व भया आफ्नु देस गमन् रहन्छ ।।


साहित्यसङ्गीतकलाविहीनः

साक्षात् पशुः पुच्छविषाणहीनः।
(साहित्य, सङ्गीत र कला नजान्ने मानिस पुच्छर र सिङ नभएको पुश नै हो।)

यस सुभाषितका अनुयायीहरुको संसारमा बाहुल्य हुनु स्वाभाविकै छ। यसैले धेरै राजाहरु यसतिर झुकेका पाइन्छन्। नेपाल उपत्यकाका मल्ल राजाहरु त नाचगानतिर अझ बढी लहसिएका पाइन्छन्। उदाहरणको लागि सङ्गीतार्णवपारग पदवी धारण गर्ने पाटनका राजा योगनरेन्द्र मल्ल र म रङ्गमञ्चमा नर्तक भएर उत्रेको छु भनी शिलालेखमा कुँदाउने कान्तिपुरका राजा प्रताप मल्लालाई देखाउन सकिन्छ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ देखि विजययात्रा शुरु गरेका हुन्। त्यो विजययात्रा सुचारु रुपले चलाउन पृथ्वीनारायणलाई कर्मठ मानिसको आवश्यकता थियो।

पृथ्वीनारायणको उपत्यका विजयमा सहायता दिने मानिसहरुमा उपत्यकाभित्रकै ध्नी मानिस पनि थिए। पृथ्वीनारायणले पूर्वका सेनराज्य विजय गर्दा पनि त्यहाँका धनीमानी मानसिकहरुबाट सहायता पाएका थिए। ती मानिसहरु पृथ्वीनारायणपट्टि मिल्नाको कारण

पृथ्वीनारायणले मसँग मिल्यौ भने तिमीहरुको जीउ, धनमालको सुरक्षा गरिदिनेछु भन्ने आश्वासन दिनु हो। यताबाट धनीहरु धन, ज्यानको माया मारेर लड्न सक्दा रहेनछन् भन्ने भाव पृथ्वीनारायण शाहको मनमा फुर्‍यो।

यस्तो घटना देखेका पृथ्वीनारायण शाहले सैनिक तथा भाइभारदारहरु धनी भएर मोजमजामा भुले भने ज्यान र धनको माया मारेर लड्न सक्दैनन् भन्ने कुरा स्पष्टसँग बुझे र तलको कुरा बोले–

‘क्या चुनी सिपाई भया क्या भैभारादारा भया इनलाई दवलथ कामाउन नदिनु. आदमी हेरि हुर्मत् मात्रै राषीदिनु. क्यान भनौला दवलथ् भयाकाले तरबारमा मसि मर्न मार्न सकैनन् र हरिपको चपक् हुन्छ. सिपाहि भैभारादारले स्वख गरेनन् भन्या चारै षुट्मा मेरो तरवार बजनैछ. स्वषमा पसो भन्या. (श्री ५ पृथ्वीनारायण शाहको उपदेशको ३२५ पृ.)

यहाँ पृथ्वीनारायण शाहले धनी मानिसहरु ज्यानको माया मारेर लड्न सक्दैनन्, यसकारण भारादारहरुलाई पैसा कमाउन नदिनू भनेर बोलेका छन्।

नाचगानमा मानिसहरु भुले भने देश स्वतन्त्र रहन सक्दैन भनेर पृथ्वीनारायणले बोलेका छन्–

‘उप्रान्तः ।। मलाई यवटा कुराको संध्यह लागिरहेछ. कुन्कुरो भन्या मुग्लाना नजिकै रहेछ. तेस् जग्गामा छोकडा पत्रीया रह्याछन्. चित्रकार भर्‍याको कोठामा ढोलक् सितार रागतान्मा भुल्नन्. रागतान्मा बडो ठुलो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ. देसको भेद पनि तिनैले लैजान्छन् र हरिपले दगा गर्छ. रागको अभ्यास पनि कसैले नगर्नु. तिन जातलाई पाहाड आमफदरफ पनि कसैले नषोल्नु अथवा फागुलाई यक् दुई गरी झिकि चाँडै बिदा गराईदिनु र देसको भेद पनि पाउदैनन. आफ्ना स्वषसयलेलाई ता सास्त्रबमोजिम्को तिनै सहर नेपालको नेवारहरुको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देशमा रहंन्छ. यस्व भया आफ्नु देस गमन् रहन्छ ।। (श्री ५ पृथ्वीनारायण शाहको उपदेशको ३३१ पृ.)

काठमाडौं उपत्यकामा प्रचलित एक नेवार नाच

काठमाडौं उपत्यकामा प्रचलित एक नेवार नाच

यहाँ पृथ्वीनारायणले सकेसम्म नाचगान नगर्नू, विदेशी नाचगान त हेर्दै नहेर्नू, केही गरी नाच नहेरी चित्त बुझेन भने स्वदेशी नाचगान हेर्नू भनी उपदेश दिएका छन्।

पृथ्वीनारायणले अन्तिम अवस्थामा यो उपदेश दिएका हुनाले उनले उपदेशचाहिँ दिए, यसलाई आफूले चाहिँ प्रयोगमा ल्याएनन् भन्ने कुरा पनि उठ्न सक्छ। यसकारण यस विषयमा पनि विचार गर्नुपरेको छ।

(‘श्री ५ पृथ्वीनारायण शाहको विषयमा केही कुरा’ पुस्तकबाट)

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 16:23:37

प्रतिकृया दिनुहोस

  • साहित्यकार श्यामप्रसाद शर्मा

    जब चाउ एन लाईले टुँडिखेलमा भाषण गरे

    टुँडिखेलमा काठमाडौँ नगरपालिकाबाट आमसभा। चाऊ एन लाईको भाषण। चिनियाँ भाषाको नेपाली अनुवाद निकै राम्रो। उपनिवेशवादको विरोधमा एसियाली–अफ्रिकाली...

  • पाँचपोखरी जाँदा जे देखियो जे भोगियो

    खोलाको किनारैकिनार दुःखको क्याराभान दौडियो भने कस्तो देखिएला? चौँरीको पिठ्युमा दुःखको भारी बोकाएर हिडाउँन पाए कति सजिलै यो उकालोमा गोडा लाग्थे...

  • पाकेको टिमुर टिप्दै एक किसान

    आहा! टिमुरको स्वाद

    बोटबाट पाकेको फल टिप्नु नै प्रमुख समस्या थियो कुनै बेला। अहिले भने मध्यपश्चिम क्षेत्रका स्थानीयका लागि गरिखाने माध्यम नै त्यही बनेको छ, त्यही...

  • कथाकार नवीन विभास

    रोल्पा–राजनीतिको नवीनतम आख्यान

    पचासको मध्ये दशकदेखि ०६२/६३ सम्मको अवधिमा ‘रोल्पा’ यस्तो नाम थियो, सुन्दैमा कतिको निँद खल्बलिन्थ्यो, कतिको नसानसामा रक्तसञ्चार बढेर नयाँ उत्साह...

  • मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी

    छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

    पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि...

  • उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

    जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमान्डौ को रक्तकालीमा स्थित ६ तल्लाको घर गर्लम्म ढलेपछिको बिहान छिमेकी दैनिकी पूजा गर्दै| यो घर बैसाख २९ को दोश्रो पराकम्पनपछि ढलेको थियो, तर त्यहाँ कुनै मानवीय क्षति भने भएन|

    भूकम्प स्मृतिः वैशाख १२ का यी १२ तस्‍विर

    ठीक दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परी हजारौं मान्छे घाइते भएका थिए, लाखौं घर...

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...