'महाकवि देवकोटाले पनि एकदुई वर्ष कांग्रेस नै भएर बोल्नुभयो'

कमलमणि दीक्षित भन्थे, म जे छु, ठीकै छु, बिथोल्न नआऊ


कमलमणि दीक्षितसँग केही बर्षअघि अमेरिकामा रहेका गोविन्द गिरी प्रेरणाले लामो इमेल–वार्ता गरेका थिए। सो वार्तामा दीक्षितले आफ्नो साहित्य–कर्म, मदन पुरस्कार र केही समकालीन स्रष्टासँगको संगत विषयमा कुराकानी गरेका छन्। सोही वार्ताको केही अंश-

मदन पुरस्कारको सपना कसरी देख्नुभयो?

२०१० सालतिर नेपाली भाषा बडो अपमानित भैरहेको थियो– भित्रबाट पनि बाहिरबाट पनि। भारतबाट आएका भिक्षु भदन्तले नेपाली भाषाको कुनै इतिहास छैन अनि यसको भविष्य पनि छैन भनेछन्। अनि अर्कातिर देशकै प्रधानमन्त्री भैसकेका मातृकाप्रसादले नेपालको राष्ट्रभाषा हिन्दी हुन्छ भनिदिएछन्। यस्तैयस्तै सुन्दासुन्दा हाम्रो तेजोवध भैरहेथ्यो। नेपाली कविलेखकहरु ‘डिमोरलाइज’ भैरहेका थिए। यस्तोमा नेपाली पनि सशक्त भाषा हो, यसमा कलम चलाउनेहरु पनि महान हुन् भन्ने सन्देश दिनु आवश्यक थियो। तर कसरी गर्ने? राज्यले क्यै गर्दैन, गरे केही हामीले नै गर्नुपर्छ भन्ने लाग्यो।

हामी साथीभाइहरु छलफल गथ्र्यौँ, तर निरुपाय। अनि मलाई लाग्यो, कसैले सु¥यायो पनि। अनि हुटिट्याउँले सगर थामेजस्तो गरी मैले आयो पनि। अनि हुटिट्याउँले सगर थामेजस्तो गरी मैले आफ्नो कमाइको १० हजार रुपियाँ हालेर एउटा स्कुले नेपाली निबन्ध प्रतियोगिता वर्षैवर्ष गराउने र पुरस्कार दिने व्यवस्था गरैँ। नाम राखेँ मेरो आमाको नामबाट। ‘विद्या पुरस्कार नेपाली निबन्ध प्रतियोगिता’ भन्ने त्यसक कार्यको गोरखापत्रले ठूलठूला अक्षरमा समाचार दियो मात्र होइन सम्पादकीय पनि लेख्यो। मैले खोजेको त्यही थियो। रानी जगदम्बा (हाम्री मालिक) लाई यतातिर लहस्याउनु। मेरा बुबामुमा मार्फत त्यो समाचारको बढाइचढाई गरी ‘कमलले गरेको यति सानो कामको त यस्तो प्रशंसा भयो, हजुरले जर्साहेबको नाममा ठूलै पुरस्कार राखिबक्से कस्तो होला?’ भनेर उहाँलाई खुब उक्साइयो। त्यस अभियानमा हामी सफल भयौँ। नतिजा देखिहाल्नु भयो मदन पुरस्कार जन्म्यो।

पहिलोपल्ट मदन पुरस्कार वितरण हुँदाको अनुभव वा सम्झना कस्तो छ?

पहिलोपल्ट मदन पुरस्कार (२०१३ को) २०१४ सालको असोजमा नौरथाको पञ्चमीमा दिइएको थियो। तीन जनाले पाएका थिए। एक जना आउन सकेनन्, बेलाइत गएकाले (बलराम जोशी)। सत्यमोहन जोशी र चित्तरञ्जन नेपाली थिए पुरस्कार ग्रहण गर्नेहरु। निम्तालुहरुमा मुस्किलले ४० जना जति थिए होलान्। तर कविशिरोमणि, समजी, पण्डितराज सोमनाथ, रुद्रराज पाँडे, नरेन्द्रमणि इत्यादि विद्वानहरु थिए श्रीदरबारको भव्य ठूलो (राजसी) बैठकमा रिङ्गै बसेका थिए पलेटी मारेर। रानीसाहेब एक जना पीताम्बर रंगको मखमली खोल हालेको चकटीमा बस्नुभएको थियो। अरुहरु सेतो तन्नाले छोपेको गलैँचामा बसेका।

कविशिरोमणि र पण्डितराजले डोर्याएर पुरस्कार विजयीहरुलाई रानीसाहेब समक्ष प्रस्तुत गरेका थिए। नाङ्लीमा सजाएको चाँदीको प्रमाणपत्र कपुरको बत्तीले अभ्यर्चना गरी रानीसाहेबले हस्तान्तरण गर्नुभयो, अनि ‘दिनेको हात तल, लिनेको हात माथि’को परम्परा स्थापित गर्दै पुरस्कारको चेक अर्पण गरिएको थियो। (यो सबै कार्यक्रमको परिकल्पना मैले नै गरेको थिएँ उसबेला भन्ने सम्झँदा ऐले पनि गौरव लाग्छ)। कुनै भाषण भएनन्, चाहिँदा कुरा भए। कविशिरोमणिले गद्गद् हुँदै भनेको कुरा कहिल्यै बिर्सिन्नँ– ‘यस्तो दिन पनि देख्न पाइँदो रहेछ बाँचिरहे। अब त म मरे पनि मलाई दुःख लाग्नेछैन। नेपाली भाषाको यत्रो सम्मान भएको देखेर मर्न पाएँ’ रे।

कविशिरोमणिको उद्गारभन्दा माथि म अरु के बताऊँ मेरो अनुभव?

तपाईंले मेरो रगतको धमनीमा नेपाली भाषा छ भन्ने गर्नुभएको छ, यो पहिलोपल्ट कहिले महसुस भयो र भन्नुभएको?

मैले मेरो धमनीमा नेपाली भाषा छ भनेको होइन। मैले भनेको के थियो भने– ‘रगतमा दुई कोषिका हुन्छन् भन्छन्, आरबिसी र डब्लुबिसी, तर मेरो रगतमा चाहिँ अर्को एउटा कोषिका पनि छ कि क्या एनबिसी। त्यो भनेको नेपाली भाषा सेल। आरबिसी र डब्लुबिसीको मात्रा कमबेसी भयो भने मान्छे मर्न सक्छ रे। त्यसो हो भने यो एनबिसी भएन भने त मेरो मृत्यु नै हुन्छ होला इत्यादि। यो किन र कसरी भन्न पुगेँ मैले थाहा छैन। तर गोपाल पाँडे असीम पुरस्कार पाएपछि मैले बोल्नुप¥यो। म साधारणतः भाषण गर्दिनँ। तर बोल्नै परेकाले लेखेर लगेको थिएँ बोल्ने कुरा। के बोल्ने थाहा थिएन, त्यसैले क्यै नौलो कुरो गर्न मन लाग्यो क्यारे। मैले त्यसो भनिदिएँ। त्यसो भन्दा मैले आफ्नो प्रशंसा गरेको हुन्छ भन्ने हेक्कै राखेनछु। त्यसको फल चाँडै पाइहालेँ। बालमुकुन्द पाण्डे (बलमकनद)ले लेखे रे ‘कमलमणिले आफ्नो बडप्पन देखायो’ भनेर झ्ँयाको झारिहाले। त्यत्ति हो भएको कुरा।

लेख्न थालेपछि, पुस्तक प्रकशान हुन थालेपछि, तारिफ त पाउनुभयो, तर कुनै त्यस्तो पहिलो आलोचना खेप्नुप¥यो जसले तपाईंलाई बेकारमा लेख्ने काम गरिएछ भन्ने लाग्यो?

हो, पहिलो तीनचार ओटा पुस्तक निस्केसम्म तारिफै भयो। त्यसपछि शून्य, न प्रशंसा भयो न निन्दा, कसैले पढ्दै पढेनन् जस्तो भान हुन्छ। तैपनि मलाई अम्मल लागेको हो कि, लेख्यालेख्यै छु म। यल्लाई के भन्नुहुन्छ? किताबका लागि गाली नै गरोको चाहिँ दुइटा देखेँ, ‘खुर्पाको बिँड’ को र ‘कमण्डलु जल’मा कभरको चित्र मिलने भनेर भक्कु गाली गरे एकदुई जनाले। खुर्पा पनि मिलेन रे, कमण्डलु पनि। कुरा ठीक हो। ती चित्र नमिलेकै हुन्। तर गाली नै गर्नु पर्दैनथ्यो, मिलेन मात्र भनेको भए हुन्थ्यो जस्तो लागेको थियो। त्यत्ति हो। तर कसैले पढेन भनेर मैले उजुर गर्न मिल्छ? आफूले ‘चित्ताकर्षक’ कुरा लेख्न नसक्ने अनि कसैले पढिदिएनन भनेर गुनासो गर्ने हुँदैन नि।

मदन पुरस्कार पुस्तकालय खुला नभएको भनेर बेलाबेलामा आलोचना गर्छन् तपाईंलाई, के यो पुस्तकालय सार्वजनिक रुपमा खुला हुन सम्भव छैन?

हरिभक्त कटुवालले लेखेको हो सायद, नारायण गोपालले गाएका थिए– ‘म जे छु, ठीकै छु, बिथोल्न नआऊ’। मलाई त्यसै भन्न मन लाग्छ मदन पुरस्कारको पारदर्शिताबारे वकालत गर्न आउनेहरुलाई। तर त्यसो भन्दा रुखो सुनिन्छ भनेर भन्दिनँ म। भए पनि, हाम्रो यो छपन्न वर्षदेखि चलिआएको परम्परा तोड्नु मलाई उचित लाग्दैन। हामीले यी वर्षहरुमा जेजति सुधार गर्दै आएका छौँ, मदन पुरस्कारका क्रियाकलापमा ती नेपालको मौजुदा परिस्थितिमा, हामी नेपालीहरुका स्वभाव र मनस्थितिको विचार गरेर नै गरिआएका हौँला। ऐले नै यहाँभन्दा बढी खुला र पारदर्शी हामी हुन सक्छौँ जस्तो मलाई लाग्दैन।

तपाईं आफूलाई व्यक्तिगत रुपमा वा पारिवारिक रुपमा कति भाग्यमानी सम्झनुहुन्छ?

म पारिवारिक रुपमा पनि र व्यक्तिगत रुपमा पनि आफूलाई अत्यन्तै भाग्यमानी मान्छे भन्ठान्छु।

पारिवारिक रुपमा, म नेपालको एउटा प्रबुद्ध परिवारमा जन्मेँ। मणि परिवार भनिन्थ्यो उहिले, पछि दीक्षित परिवार भनिन थाल्यो। त्यो परिवार सम्पन्न थियो, पढेलेखेको थियो र शासकहरुको नजिक भएकाले शक्तिशाली पनि थियो। व्यक्तिगत हिसाबले त्यस्तो परिवारमा जन्मन पुगेकाले म आफूलाई निकै भाग्यमानी मान्छु। तर सम्पन्न परिवारमा जन्मे पनि मेरो, हाम्रो परिवार भने अलि विपन्नताकै स्थितिमा थियो सुरुका वर्षहरुमा। ती कष्टका दिन थिए। तर, सौभाग्यले रानी जगदम्बाको सेवामा आएपछि हाम्रो परिवारको दुःखका दिन गए। धनी नभए पनि हामी आर्थिक अभावबाट मुक्त छौँ भनौँ। रानी जगदम्बाकै सेवाले मलाई नेपाली भाषामा क्यै गर्नेगराउने सौभाग्य मिल्यो। तपाईंहरु जस्ताले यसरी अन्तर्वार्ता लिने स्थितिमा पुगेको रहेछु म ऐले। यो सानो भाग्यको लक्षण हो र?

साहित्यकारहरु राजनैतिक पार्टीका मुखपत्र बनेको देख्दा, राजनैतिक आस्थाको आधारमा विभाजित भएको देख्दा कस्तो लाग्छ?

साह्रै चित्त दुख्छ नि, के सोध्नुभएको। हुन त महाकवि देवकोटाले पनि एकदुई वर्ष कांग्रेस नै भएर बोल्नुभयो। तर त्यो त्यस बेलाका नेपाली मात्रको बोली थियो, ऐलेको जस्तो पार्टीको मात्र होइन। ऐले कविलेखकहरुले पार्टीका नेताहरुको, व्यक्तिव्यक्तिको वकिल भएर बोलेको र हिँडेको राम्रो लाग्दैन। मीठो लाग्दैन। आफूले कुनै पनि राजनीतिक आस्था बाकेर हिँड्न पाइन्छ तर त्यसैको पारिश्रमिकप्राप्त सरह प्रचारक भएर घुमेको देख्दा मजा लाग्दैन। अझ, साहित्यिकहरुले विभाजित भएर बाझाबाझ (नबोलीकनै भए पनि) गरेको सुन्दा नमीठो लाग्छ।

 

 

प्रकाशित १६ पुस २०७३, शनिबार | 2016-12-31 16:53:05

प्रतिकृया दिनुहोस

  • चीनमा पत्थरमा पर्यटन

    जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ।...

  • कवि विमल निभा

    यो गाउँको नाम रामगढवा हो

    मधेस परिवेश र किसान चेतनाका दृष्टिले कवि विमल निभाको तीन दशक पुरानो कविता उल्लेखनीय रचना हो। २०३७ सालमा लेखिएको अर्थात् आजभन्दा ३७ वर्ष पुरानो यस...

  • उपन्यासकार अरुन्धती रोय र उनको नयाँ उपन्यास मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस

    भारतीय (अ)लोकतन्त्रको कोलाज

    चिहानबाट सुरू भएको उपन्यासको यात्रा चिहानमै आइपुगेर अर्को सुरूवात गरेर टुंगिन्छ। कथा सुरू हुँदा घाम डुब्न लागेको छ तर उज्यालो बाँकी छ। यस्तो लाग्छ,...

  • काठमाडौं घण्टाघर

    कोलाहल सहरको घण्टाघर

    साला, यो सहरमा अहिले आएको मान्छेले को स्वदेशी चिनेन, को विदेशी चिनेन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो पनि चिनेन। हाम्रो भेषभुषा चिनेन। हाम्रो...

  • बियर गिलासमा बाक्लो दही

    हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ...

  • महेश कोर्मचा

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’, महेशले सुनाए, ‘हजुरबुवाले सात नाल बन्दुक पड्काएर ४९ वटा जनावरको बली दिनुभएको थियो क्रान्ति सुरु...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...