यही ठाउँ हो, गोर्खालीसँग अंग्रेज सैनिक कायल भएको


नालापानीको खलंगा किल्ला दुई सय वर्षअघिको ऐतिहासिक युद्धस्थल हो। युद्धको साक्षी रहेको खलंगा किल्ला संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ। सो किल्ला आज संरक्षणको प्रतिक्षा गरिरहेको छ।

 

नालापानी किल्लाको संरक्षणको जिम्मेवारी पुरातत्व विभागलाई दिइएको छ।

खलंगा भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादून सहरबाट करिब ५ सय किलोमिटर टाढा पर्दछ। खलंगा किल्लामा युद्ध हुँदा अंग्रेजहरुले नेपाली सैनिकलाई हराएका थिए, तर अंगे्रजहरुले जितेपछि नेपाली सैनिकको वीरताबाट उनीहरु कायल भएका थिए।

खलंगा किल्लामा तत्कालीन समयसँग जोडिएको स्मारक आज पनि अस्तित्वमा छ। स्मारक जीर्ण हुँदै गएकोमा यहाँका नेपाली मूलका स्थानीयवासीहरु चिन्तित छन्। स्थानीयवासीहरु यो क्षेत्रको संरक्षणको जिम्मेवारी भारत सरकारको भएको बताउँछन्। उनीहरु आफ्नो पुर्खासँग जोडिएको ऐतिहासिक स्थलको अवलोकन गर्न नेपाली अधिकारीहरुपनि आउनुपर्छ भन्ने चाहान्छन्।

यहाँ अंग्रेज सैनिकको विजय र नेपाली सैनिकको वीरताको इतिहास जोडिएको स्मारक छ। नेपाली सैनिकहरु पराजित भएपनि अंग्रेजहरुले नेपाली सैनिकको बहादुरीको प्रसंशा गरेका थिए। दुई वर्षअघि यो क्षेत्रमा भिषण लडाइँ भएको थियो। तर आज यो क्षेत्र शान्त छ। आज यो क्षेत्रमा गाडीको हल्लामात्रै छ। इतिहासकारहरु सन् १८१४ को अक्टुबरमा भएको नालापानी युद्धमा गोला बारुदद्वारा सुसज्जित करिब ३५ सय अंग्रेज सैनिकहरुले गोर्खाली सैनिकविरुद्ध हमला गरेको बताउँछन्। उक्त हमलामा जनरल रोयल रोलो जिलेस्पी सहित ८०० सय अंग्रेज सैनिकहरुको मृत्यु भएको थियो।

भनिन्छ, सो युद्धमा महिला र बालबालिकासहित ६सय नेपाली सैनिक मात्र थिए। ती ६ सय नेपाली सैनिकहरुले नालापानीको पहाडमा खुकुरी, तिर, धनुषवाण र ढुङ्गाको साहाराले तीन पटकसम्म अंग्रेजको प्रयास विफल बनाइदिएका थिए।

त्यसपछि अंग्रेजहरुले खलंगाको किल्लामा पानीको मुहान बन्द गरिदिएको नेपाली इतिहासकारहरुले बताएका छन्।

खलंगामा रहेको स्मारक, जहाँ बलभद्रको नाम गलत लेखिएको छ।

पिउने पानी बन्द भएपछि नेपाली फौजका कमाण्डर बलभद्र कुँवरले नालापानी छाड्ने घोषणा गरे। उनी ७०जना सैनिक लिएर बाहिर निस्किए।
युद्धपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले उक्त स्थानमा जनरल जिलेस्पी र बलभद्र कुँवरको सम्झनामा दुई वटा स्मारक बनाए। जहाँ बलभद्र कुँवर र उनको सैनिकलाई ‘वीर दुश्मन’ नामद्वारा सम्बोधन गरिएको छ।

बलभद्र विकास समितिका उपाध्यक्ष तथा भारतीय सेनाका अवकाश प्राप्त कर्नेल सी.बी. थापा बताउँछन्, ‘बलभद्र कुँवरको बहादुरीका कारण मानिसहरुले गोरखा सैनिकलाई ‘वीर’ माने। आज जति पनि नेपाली पल्टन छन्, उनीहरु गोर्खा टोपी लगाउँछन्। त्यो टोपी उही बलभद्रको देन हो।’

उनी भन्छन्, ‘अंगे्रजहरुले गोर्खालीहरुको त्यही बहादुरी देखेर सन् १८१५ मा गोरखा रेजिमेन्टको स्थापना गरे। त्यसबेलाको देनकै कारण नेपालीहरु आजपनि गोर्खा टोपी र खुकुरी भिरेर हिँड्छन्।’

बलभद्रको बारेमा अंग्रेजहरुले लेखेको शिलालेख

देहरादूनको स्मारकमा बलभद्र कुँवरको स्थानमा ‘बलभद्र थापा’ उल्लेख छ। नेपाली इतिहासकारले ‘कुँवर’ हुनुपर्नेमा ‘थापा’ लेख्नु गल्ती भएको बताएका छन्।

‘नालापानीको नायक’ नामक पुस्तकका लेखक तथा त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास संस्कृति र पुरातत्व विभागका प्रमुख धनबहादुर कुँवर बताउँछन्, ‘बलभद्र कुँवरका पिता चन्द्रवीर कुँवर सेनापति थिए। चन्द्रवीरको निधनपछि बलभद्रका हजुरबुवा अमर सिंह थापाले दरबारमा चिठी लेखि उनलाई फौजको कप्तानी दिन भनेका थिए। त्यसपछि उनलाई १८१३ मा नालापानीको जिम्मेवारी दिइयो।’

इतिहासकार कुँवरका अनुसार नालापानीको लडाइँपछि १८२४ मा अफ्गानिस्तानका राजा रणजीत सिंहको फौजको पक्षमा लड्दालड्दै बलभद्र कुँवर मारिए।

कयौं मानिसहरुले अझै उनलाई आफ्नो देश छाडेर अफगानिस्तानको लागि लड्ने ‘भाडाको सिपाही’ भन्दछन्।

तर बलभद्र कुँवरलाई आजपनि देहरादुन सहित भारतका कयौं स्थानमा नेपाली भाषी समुदायका मानिसहरुले आफ्नो गर्व र पहिचानका रुपमा लिने गरेका छन्।

नेपाली सेनाले तयार पारेको नालापानी लडाइँको चित्र

देहरादून सहरको नजिकै रहेको खलंगा स्मारक भारतीय पुरातत्व विभागको संरक्षण्मा रहेको छ। स्मारक स्थलभन्दा अलि पर नालापानी पहाडमा रहेको युद्ध मैदान आजपनि संरक्षणको अभावमा रहेको छ।

तत्कालीन युद्ध मैदान वन क्षेत्र हो। तर त्यहाँ देहरादुनका स्थानीयवासीहरुले बलभद्रको सम्मानमा एक युद्ध स्मारकको निर्माण गरेका छन्। त्यसको पनि उचित संरक्षणको अभाव रहेको छ।

युद्ध स्मारक जिर्ण अवस्थामा रहेको छ। केही वर्ष अघि स्मारक जिर्णोद्धारका लागि भारत सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। स्थानीयवासीले भने सो रकम ‘ट्रेकिङ रुट’को लागि दिएको बताएका छन्। उनीहरु ऐतिहासिक विरासत बोकेको स्थलको संरक्षण हुने पर्ने बताउँछन्।

बलभद्र कुंवर वीर विभूतिका रुपमा हुलाक टिकटमा

समितिका उपाध्यक्ष कर्णेल सी.बी. थापा उक्त स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न बेलायत सरकारले पनि ध्यान दिनुपर्ने बताउँछन्।

नेपाली सेनाको इतिहास लेख्ने सहायक रथी प्रेम सिंह बस्नेत अंग्रेजसँग भएको नालीपानी युद्धमा बलभद्र कुँवरले महत्वपूर्ण भूमिका निभाएको बताउँछन्। बलभद्र कुँवरले अग्लो पहाडमा काठ र ढुङ्गाबाट किल्ला बनाएको उनी बताउँछन्।
नालापानीको किल्ला बनाउँन बलभद्र कुँवरले गोरखा सैनिकहरु, उनका श्रीमतीहरु र बालबालिकाहरुको समेत सहयोग लिएर अहोरात्र खटेर सो किल्ला मजबुत बनाएको उनी बताउँछन्।

नालापानी किल्लाको पुरानो नक्सा

अंग्रेजहरुले अचानक हमला गर्दा किल्ला १२ फिट अग्लो बनेको थियो। सो ऐतिहासिक क्षेत्रको संरक्षणका लागि यहाँ रहने नेपाली भाषी नागरिकहरुले आफ्नो पुर्खाको इतिहास बचाउँन नेपाली अधिकारीहरुलाई आग्रह गरेका छन्।

स्थानीयवासीले निर्माण गरेको द्वार

आजसम्म पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, र पूर्व सेनापति छत्रमान सिंह गुरुङले यो क्षेत्रको अवलोकन गरिसकेका छन्।

बीबीसीबाट 

प्रकाशित ८ पुस २०७३, शुक्रबार | 2016-12-23 12:54:24

प्रतिकृया दिनुहोस

  • मर्दीको मनमौजी

    बादल डाँडादेखि हाइ क्याम्पसम्मको बाटो मेरो लागि यात्राकै सबैभन्दा रोमाञ्चक बन्यो। मनै सिरिंग हुने भिरालोमा हिँड्दा लागिरहेको थियो, बाटोले...

  • चिनियाँ ग्रिन‍कार्ड देखाउँदै प्रधानमन्त्री लि खछियाङ

    नेपालीका लागि गाह्रो छ, चिनियाँ ग्रिनकार्ड

    झण्डै ३० वर्षदेखि तिब्बतमा हस्तकला व्यवसाय गर्दै आएका रत्नकुमार तुलाधर होउन् वा ६० वर्षदेखि बसोबास गर्दै आएका किन्चोक दर्जी होउन्, झण्डै ११८ जना...

  • साहित्यकार अभि सुवेदी

    ‘नारायणगोपालका रद्दी गीत सुनेर पनि म आनन्द लिन्छु’

    अभि सुवेदी त्रिविका सेवानिवृत्त प्राध्यापक, साहित्यकार, समालोचक तथा सङ्गीत–चिन्तक समेत हुन्। उनले नेपाली रङ्गक्षेत्र र सङ्गीतबारे पनि थुप्रै लेखहरु...

  • कवि कुन्ता शर्मा

    पोथी बास्नु हुँदैन

    मार्च २१ लाई संसारभरि विश्व कविता दिवसका रुपमा मनाउने गरिएको छ। विश्व कविता दिवसकै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो। मार्च महिना महिला...

  • मायामा कुपोषण

    मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त...

  • तौल घटाउने तीन सजिलो तरिका

    तौल घटाउन नसकेर धेरै मानिस चिन्तित देखिन्छन्। स्वस्थ रहनका लागि उचित तौल मुख्य शर्त हो। तर धेरैलाई तौल घटाउन के गर्ने भन्ने थाहा हुँदैन। तौल घटाउने...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • हङकङ–मकाउ पुलबाट खसेका एक नेपाली पौडेर निस्के, एक समुद्रमा बेपत्ता

    हङकङ–जुहाइ–मकाउ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने क्रममा समुद्रमा खसेका एक नेपाली पौडेर निस्कन सफल भएका छन् भने अर्का एक जना समुद्रमै हराइरहेका...

  • अर्थ मन्त्रालय

    पुरानै संरचनाअनुसार धमाधम बजेट बनाउँदै मन्त्रालयहरु

    नयाँ संविधान अनुसार देश सङ्घीयतामा गएको र सोही अनुसार बजेट निर्माण गर्नुपर्ने भए पनि धेरै जसो मन्त्रालयले पुरानै संरचनामा बजेट बनाइरहेका छन्।...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • नेपालको योजना चीन र भारतको आर्थिक पुल बन्नु होः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा अघि सारिएको ‘एक पेटी एक मार्ग’बाट नेपालले लाभ लिने चाहना राखेको बताएका छन्। साथै उनले चीन र...