कालजयी-नियात्रा

महारानी भिक्टोरियासँग जङ्गबहादुरको त्यो भेट


बादसाह भिक्टोरियासित पैल्हे मुलाकात हुँदा बादसाहका हजुरमा रह्याका प्राइम मिनिष्टर, कम्यांडर–इन–चिफ, लाठ, डुक्, कंपनी साहेब, चेरमीन्, प्रिन्स आलवट् यति मानिस साथ थिया। यति मानिस साथमा ली कुइन बैठकमा खडा रह्याकी थिइन्। तेही बखतमा नेपालका श्री प्राइम मिनिष्टर साहेब, उनका भाइ कर्णेलहरु, काजी सर्दार, मुसाहेब साथमा ली गया र मुलाकात भयो। नेपालका श्री ५ महाराजबाट पठायाको खरिता बादसाहको हातमा दिनुभयो र खरिता हातमा ली सिर झुकाइन्। नेपालको खैर मिजाद पुछिन्। चाहिन्या सम्मको बिस्तार गर्नुभयो। बाटोमा आउँदामा जहाज समुद्रमा कसो भयो, खानपीनामा तकलीफ भयो कि भनी सोधिन् र हजुरका प्रतापले मलाई, मसित आयाको मासिलाई केही दुःख भएन, हजुरका अकबालले आनन्दसित आञ्यौँ भन्नुभयो र खुसी भइन्। तिमी आयौ, बढिया भयो, दुई सर्कारको एकचित्त भयो, पछि परन्तुसम्म प्रीति रह्यो, दोस्तीमा खलबल कैल्है हवैन भनी खातीर गरिन्। नेपालका वजिर हुसियार रह्याछन्, देख्नमा पनि, गहनाकपडा लायाको सुहायाको पनि, राम्रा जवान रह्याछन् पनि कुरा गर्‍या। अब यिनलाई डेराडंडा, साहाबेसाहाको तकीती गर्न होसियार मानिस राखिदेऊ, कोनै कुराको तकलीफ हुन नपावस् भनी प्राइम मिनिष्टरलाई हुकुम दिइन्। दुई कप्तान, पुलिसका सिपाही नोकर राखिदिया। पैले मुलाकातको बेहोरा यही भयो।

दोश्रा मुलाकातको बेहोरोमा ग्यवद् भारादर १५ १६ सय उनका मीमसाहेब भारी गहना पोसाक लाई आयाका थिया। बादसाहा कुइन् सींगासानमा आड लागी खडा रह्याकी थिइन्। यस्तै बीचमा नेपालका श्री प्राइम मिनिष्टर साहेबहरु आया र कुइनको सलाम् ग¥या र कुइनले बडा आदारसित अगाडी नजीकैमा बस भनिन् र नजीकैमा रह्याका थिया। ताहाँ रह्याका भारतदारुले कुइनको दर्शन एकएक गरी गन्र्या। कोही टाढैबाट सलाम गर्दै जाँदै गन्र्या, कोही कुइनका हातमा गुड्माने गन्र्या, कोही लेडीहरु हातमा गुडमाने गरी कुइनका गालामा चुम्बन गरी जान्या। अघिबाट कुइनको दर्शन गन्र्या, पछिबाट प्रिन्स आलवट्को सलाम गन्र्या। उहाँको प्राइम मिनिष्टरले नेपालका श्री प्राइम मिनिष्टर साहेबलाई एकएक गरी यो भारादार यो हो, यसलाई काम यो छ भनी, यो साहेको लेडी हो। यसको कुइनसित यो नाता छनी चिह्नाइदिन्थ्या। यस्तै रीतसित भारादार लेडीहरुले कुइनको दर्शन गरी गया। यो तमाशा नेपालका मुख्तियार जङ्गबहादुर कुवर राणाजीलाई देखाया। ती भारादार लेडीहरुले पनि बडो खातिर गर्या भन्न्या छापा देशदेशमा गयो।

फेरि तेस्रो मुलाकातमा जति बेलाइत् सहरभरका भारादार, लेडीहरुलाई नेपालका वजिरलाई कुइनले निम्तो गरिन्। चार घडी रात जाँदा सबै भारदार लेडीहरु सामेल भया। त्यो दरबारका बैठक कस्तो थियो भन्या बयान गरी सक्नु छैन। दुई सय हात लम्बा, पचास हात चाक्लो गज भयोको भारी गलैँचा बिछायाको चारै तर्फ अ‍ैना लाग्याको। तसबीरका लयन लाग्याको छ। रंगरंगका झाडबत्तीले झलावर भयाको, लालटेन, पानस झैझाड, ग्यासबत्तीले सर्वत्र उज्यालो भयाको, जातजातका फूल झ्यालझ्यालमा टिपीलमा राख्याका छन्। अत्तरका खुरावाईले बहुत सुगन्ध चल्याको छ। सुनका गीलतीले चित्रकार भर्याको। सुन–चाँदिका भाँडाले जगजगायमान भयाको। यस्ता बैठकमा ज्यावद भारदार लालटोप, कुर्थी, पुतली, टोप लाई हजार बाह्र सय गोरा साहेवान्हरु बस्याका छन्। हीरा, पन्ना, मानिक, मोतीका गहना पैह्रा भारी गहना पोसाक लायका मानु इन्द्रका अपसरा जस्ता लेडीहरु हजार–बाह्र सय आई साहेवान् र लेडीहरु खीचो भै बस्याका छन्। पात्साही बाजा बज्न लाग्याको छ।

नेपालका श्री प्राइम मिनिष्टर साहेब उनका भाइ कर्णेल, काजी, सर्दार, कप्तान, लेप्टेन्हरु पनि गयाका थिया। बादसाहबाट श्री प्राइम मिनिष्टरलाई डाकिन् र केही मेवाहरु खान्छौ कि भनी सोधिन् र बादसाहका अगाडि हामीले खान हाम्रा रीतले बेमुनासीब हुन्छ भनी श्री मिनिष्टर साहेबले भन्दामा हाँसीकन कुर्सीमा बस भनिन् र कुर्सीमा बस्या। ताहाँ बरोबर नाच–तमाशा हुन लाग्याको थियो। सब लेडीहरु साहेबानहरु नाच्दथ्या। थोरा बेरमा आफै कुइन् साहेवानहरुसित बराबर नाच्न लागिन्। मैले नाच्याको नेपालको मिनिष्टर साहेबले राम्रा मान्या कि मानेनन् भनी आपसमा कुरा गर्दै नाच्दै, हाँस्दै साहेवान्हरु, लेडीहरु कोही नाच्दछन्, कोही हिडीरहन्छन्। कोही बसिरह्याका छन्। ताहाँ छोटा–बडा कोही नमान्न्या, बेप्रभापसित रहन्या। यस्तो तमाशा भयो।

एक दिन अप्सरा जस्ता परीको नाच हेर्न कुइनले मिनिष्टर साहेबलाई पठाइन् र पाउलाग्नुभयो। ताहाँ परीको नाच हुन लाग्याको थियो। ती परी कस्ता थिया भन्या तिनको रुपको, नाचको बयान गर्न सकिँदैन। इन्द्रका अप्सरा कामकन्दला, ऊर्वसीको नाच, गाउन, रुपका बयान गर्न सहस्र जिभ्रा भयाको शेषले पनि सक्दैनन् भनी कोही कथाहामा सुनिन्छ तस्तै तमाशा भयो। त्यही बीचमा कुइन्ले मिनिष्टर साहेबलाई यो नाच राम्रो लाग्यो कि भनी सोधीन् र बहुत राम्रो लाग्यो भनी मर्जी भयो। फेरि गीदको अर्थ बुझ्दछौ कि भन्दा गीदका अर्थ ता बुझ्दिन जस्तै बुलबुल बोल्दामा मानिसहरु राम्रो मानी सुन्दछन् तस्तै राम्रो सुनिन्छ भनी मर्जी हुँदा खुस भइन्। बहुत होसियार रह्याछन् भनी आपसमा भनिन्।

('जङ्गबहादुरको बेलाइत यात्रा' बाट, कमल दीक्षितद्वारा सम्पादित)

प्रकाशित २ पुस २०७३, शनिबार | 2016-12-17 18:38:39

प्रतिकृया दिनुहोस

  • चीनमा पत्थरमा पर्यटन

    जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ।...

  • कवि विमल निभा

    यो गाउँको नाम रामगढवा हो

    मधेस परिवेश र किसान चेतनाका दृष्टिले कवि विमल निभाको तीन दशक पुरानो कविता उल्लेखनीय रचना हो। २०३७ सालमा लेखिएको अर्थात् आजभन्दा ३७ वर्ष पुरानो यस...

  • उपन्यासकार अरुन्धती रोय र उनको नयाँ उपन्यास मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस

    भारतीय (अ)लोकतन्त्रको कोलाज

    चिहानबाट सुरू भएको उपन्यासको यात्रा चिहानमै आइपुगेर अर्को सुरूवात गरेर टुंगिन्छ। कथा सुरू हुँदा घाम डुब्न लागेको छ तर उज्यालो बाँकी छ। यस्तो लाग्छ,...

  • काठमाडौं घण्टाघर

    कोलाहल सहरको घण्टाघर

    साला, यो सहरमा अहिले आएको मान्छेले को स्वदेशी चिनेन, को विदेशी चिनेन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो पनि चिनेन। हाम्रो भेषभुषा चिनेन। हाम्रो...

  • बियर गिलासमा बाक्लो दही

    हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ...

  • महेश कोर्मचा

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’, महेशले सुनाए, ‘हजुरबुवाले सात नाल बन्दुक पड्काएर ४९ वटा जनावरको बली दिनुभएको थियो क्रान्ति सुरु...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...