छोराकी आमा हुन् विश्व काँस्य विजेता अर्थात् बडी–बिल्डर ननिता


ननिता महर्जन
ननिता महर्जन
सन्देश दुमरु

एक साता भयो ननिता महर्जनलाई भ्याइनभ्याई छ। कहिले घरमै आउने पत्रकारसँग कुरा गर्न, कहिले रेडियो, टिभीमा धाउन, कहिले डमी देखाउन, कहिले सम्मान ग्रहण गर्न।

आठौं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टर्स महासंघ (डब्लुबिपिफ) को आयोजनामा भएको विश्व शारीरिक सुगठनको महिलातर्फको १ सय ६५ सिएमको प्रतिस्पर्धामा तेस्रो भएपछि उनका बेफुसर्दिला दिन सुरु भएका हुन्।

सोमबार साँझ कीर्तिपुर उनको घरमा पुग्दा पनि उनी अन्तर्वार्ता दिनै व्यस्त थिइन्। ‘आज पनि तपाईंसहित तीन जनालाई अन्तर्वार्ता दिइसकें, रेस्ट गर्नै पाएकी छैन,’ हाँस्दै उनले भनिन्। हुन पनि उनको सफलता नेपाली खेल जगतकै ऐतिहासिक सफलता हो। उनी शारीरिक सुगठनको विश्व च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउने पहिलो महिला खेलाडी समेत हुन्।

गत भदौमा भएको ‘मिस्टर काठमान्डु एन्ड ल्याडिज फिटनेस च्याम्पियनसिप २०१६’ मा पनि च्याम्पियन भइसकेकी ननिता ट्रफी नै ल्याउने धोकोका साथ थाइल्यान्ड पुगेकी थिइन्। उनी ५६ देशका सहभागीमध्ये तेस्रो स्थान हात पार्न सफल भएकी हुन्।

‘जसरी नि पदक जित्छु भन्ने पहिले नै अवगत भएकाले खुसी लागेको तर अचम्मजस्तो मलाई लागेन,’ उनले भनिन्। यति मात्र होइन् पदक जितेपछि पनि उनलाई शारीरिक सुगठनको महिलातर्फ पहिलो पदक हो भन्ने समेत थाहा थिएन।

‘राष्ट्रियस्तरमा च्याम्पियन भईसकेकी थिएँ, अन्तराष्ट्रियस्तरमा पहिलो महिला पदकधारी हुँ भन्ने चाहिँ अलि पछि चाल पाएँ।’ मन्द मुस्कानका साथ उनले यसो भन्दै गर्दा उनका श्रीमान् रुदन बज्राचार्य उनीतर्फ हेर्दै मुस्कानमा मुस्कान मिसाउँदै थिए।

उपाधि हासिल गर्न कसरी सम्भव भयो त?

‘सबैभन्दा पहिले परिवारको सपोर्ट, खानेकुरामा ब्यालेन्स अनि कडा मिहिनेत चाहिन्छ। यदि परिवारको सपोर्ट नभएको भए म जति नै माइकालाल भएपनि उपाधि जित्न सक्ने थिइन,’ उनले भनिन्। सपोर्ट भएन भने आफुले गर्छु भनेर पनि गर्न नसकिने उनी बताउँछिन्। हरेक क्षेत्रमा सपोर्ट चाहिन्छ। त्यसको साथै मिहिनेत पनि उतिकै आवश्यक छ। प्रतियोगितामा भाग लिनकै लागि भनेर उनले खानेकुरामा निकै ध्यान दिएकी रहिछिन्।

३१ वर्षीय आमा खेलाडी ननिताका सात वर्षे छोरा समेत छन्। उनी भन्दै थिइन्, ‘ट्रेनिङको बेलामा थकाइ हुन्छ। परिवारका लागि खाना पकाउने वा छोरा हेर्ने काम गर्नुपर्छ भन्ने मलाई कहिले पनि भएन। छोरालाई स्कुल पठाउनु पर्यो, खुवाउनु पर्यो भन्ने पनि भएन। आफुलाई आराम चाहिएको बेला आराम गर्न पाएँ। परिवारका अन्य सदस्यले पनि तिमी खेल्न जाउँ हामी हेर्छौं भनेकाले यो सम्भव भएको हो।’

त्यसकारण नै उपाधि उचाल्न सफल भएको उनी बताउँछिन्। उनलाई हौसला बढाउन आमा, बुबा, दाइ र श्रीमान् त थाइल्यान्ड नै पुगेको थिएँ।

यो प्रतियोगितामा सहभागी हुन उनले बिहान आठदेखि ११ बजे तीन घन्टा र साँझ साढे चार बजेदेखि पनि तीन घन्टा उनले प्रशिक्षण गरेकी थिइन्। ‘यो समयमा मैले घरमा कसैलाई समय दिइन, यति मात्र होइन छोरालाई समेत समय नदिई ट्रेनिङ गरेकी हुँ।’

गुरुको निर्देशनअनुसार प्रोटिनयुक्त खाना, कार्बोहाइडेड कम, मासु, तरकारी र उसिनेका खाना खानुपर्ने, सुरु सुरुमा त निकै कठिन भएको रहेछ ननितालाई। ‘राष्ट्रियस्तरको प्रतियोगिता खेल्दासम्म यो अलिकति खाऊँ कि, त्यो अलिकति खाऊँ जस्तो खाऊँ जस्तो लाग्थ्यो, विश्व च्याम्पियनसिपमा पुग्दा ‘युज टु’ भयो,’ उनी भन्छिन्।

शरीर राम्रो बनाउन लागि डाइटबिना नसकिने उनी बताउँछिन्। डाइट राम्रोगरी मिलाउन नसके राम्रो नतिजा आउन नसक्ने उनको अनुभव छ। बाहिरको खानेकुरा खानै नहुने र खानामा एकदमै ध्यान दिनु पनि आवश्यक उनी देख्छिन्।

जिम जानुअगाडि अस्वभाविक रुपमा तौल बढेर ७१ किलोग्राम पुगेकाले टाउको दुख्ने, ब्याक पेन हुने, टाउको दुख्ने र धेरै बिरामी भएकाले उनलाई श्रीमान्ले नै फिटनेस सेन्टर लगेका थिए। तर प्रतिस्पर्धामा जान्छु भन्ने उनलाई लागेकै थिएन। तीन वर्षअगाडि फिटनेस सेन्टर पुग्दा उनी एक एक घन्टा जिम गर्थिन्। एरोविक र जुम्मामा एक घन्टा समय दिन्थिन्। फिटनेस सेन्टरमा ‘साम्बा’ नाच सिकाउने उनको शरीर पहिल्यैदेखि सुगठित पनि थियो।

गेमकै लागि भनेर साढे तीन महिना अगाडि देखि उनले कडा मिहिनेत सुरु गरेकी हुन्। गेम खेल्न डिभाइन फिजिकल फिटनेस सेन्टरका प्रशिक्षक रुजेश शाहीले भनेका थिए, त्यो पनि राष्ट्रिय प्रतियोगिताका लागि। उनी प्रतियोगितामा नै भाग लिन्छु भनेर कहिले पनि लागेकी थिइनन्। किनभने बडी बिल्डिङ भनेकै शरीर प्रदर्शन गर्ने खेल हो। बडी बिल्डिङ पहिला अलिअलि टिभीमा हेरे पनि त्यस्तो आफु पनि गर्छु भन्ने चाहिँ लागेको थिएन। यो खेलमा महिला खेलाडीको ‘ड्रेस कोड’ नै हुन्छ, ‘टु पिस’ लुगा। बडी बिल्डिङमा बडी छोपेर काम हुँदैन। जजले हेर्ने भनेकै हरेक पक्ष हो।

यो सबै गरेपछि मात्रै उनले गत भदौमा नेपालमै पहिलोपटक भएको प्रतियोगिताका लागि परिवारको अनुमति पाइन् र उनको खेल यात्रा यहीँबाट सुरु भएको हो।

भन्छिन्, ‘परिवारले नै गर्नु पर्छ यो अवसर हो भने पछि मेरो खेल यात्रा सुरु भएको हो।’ प्रतियोगिताकै लागि उनले पछिल्लो तीनचार महिनामा आफ्नो तौल झन्डै १३ केजी घटाइन्। विश्व च्याम्पियनसिपको तयारीअघि ६८ केजीकी उनी हाल ५५ केजी छिन्।

ननिताको अबको लक्ष्य भनेको आगामी वर्ष मंगोलियामा हुने नवौं विश्व च्याम्पियनसिप हो। उनले नवौं विश्व च्याम्पियनसिपमा नेपाललाई कास्यभन्दा माथिको पदक दिलाउने उदेश्यका साथ खेल्ने बताउँछिन्। ‘मेरो अबको लक्ष्य भनेको अर्को वर्ष हुने विश्व च्याम्पियनसिप हो’, उनले भनिन्, ‘यसपटक मैले आफ्नो गल्ती र कमीकमजोरी पनि थाहा पाएकी छु, यसलाई सुधार्दै कास्यभन्दा माथिको पदक दिलाउने दृढता पलाएको छ।’ शारीरिक सुगठन तथा फिटनेस संघले पनि ननितालाई अर्को वर्ष हुने विश्व च्याम्पियनसिपको तयारीमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

अहिले ननितालाई देशको लागि केही गरेजस्तो लाग्छ भने थप जिम्मेवारी थपिएको महसुस हुँदै आएको छ। पहिला बाटोमा हिँड्दा वा अरु काम गर्दा कुनै समस्या हुने थिएन तर अहिले ती सबै कुरा सोच्नुपर्ने बाध्यता भएको बताउँछिन्। जिमलाई स्वास्थ्यको लागि भए पनि नछोड्ने भन्दै उनी आफुले गर्ने काम अरुलाई सिकाउँदै गए पनि पछि गएर प्रशिक्षक बनेर गुजारा चलाउने धोको भने नभएको बताउँछिन्।

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 15:54:21

प्रतिकृया दिनुहोस

  • मर्दीको मनमौजी

    बादल डाँडादेखि हाइ क्याम्पसम्मको बाटो मेरो लागि यात्राकै सबैभन्दा रोमाञ्चक बन्यो। मनै सिरिंग हुने भिरालोमा हिँड्दा लागिरहेको थियो, बाटोले...

  • चिनियाँ ग्रिन‍कार्ड देखाउँदै प्रधानमन्त्री लि खछियाङ

    नेपालीका लागि गाह्रो छ, चिनियाँ ग्रिनकार्ड

    झण्डै ३० वर्षदेखि तिब्बतमा हस्तकला व्यवसाय गर्दै आएका रत्नकुमार तुलाधर होउन् वा ६० वर्षदेखि बसोबास गर्दै आएका किन्चोक दर्जी होउन्, झण्डै ११८ जना...

  • साहित्यकार अभि सुवेदी

    ‘नारायणगोपालका रद्दी गीत सुनेर पनि म आनन्द लिन्छु’

    अभि सुवेदी त्रिविका सेवानिवृत्त प्राध्यापक, साहित्यकार, समालोचक तथा सङ्गीत–चिन्तक समेत हुन्। उनले नेपाली रङ्गक्षेत्र र सङ्गीतबारे पनि थुप्रै लेखहरु...

  • कवि कुन्ता शर्मा

    पोथी बास्नु हुँदैन

    मार्च २१ लाई संसारभरि विश्व कविता दिवसका रुपमा मनाउने गरिएको छ। विश्व कविता दिवसकै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो। मार्च महिना महिला...

  • मायामा कुपोषण

    मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त...

  • तौल घटाउने तीन सजिलो तरिका

    तौल घटाउन नसकेर धेरै मानिस चिन्तित देखिन्छन्। स्वस्थ रहनका लागि उचित तौल मुख्य शर्त हो। तर धेरैलाई तौल घटाउन के गर्ने भन्ने थाहा हुँदैन। तौल घटाउने...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • हङकङ–मकाउ पुलबाट खसेका एक नेपाली पौडेर निस्के, एक समुद्रमा बेपत्ता

    हङकङ–जुहाइ–मकाउ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने क्रममा समुद्रमा खसेका एक नेपाली पौडेर निस्कन सफल भएका छन् भने अर्का एक जना समुद्रमै हराइरहेका...

  • अर्थ मन्त्रालय

    पुरानै संरचनाअनुसार धमाधम बजेट बनाउँदै मन्त्रालयहरु

    नयाँ संविधान अनुसार देश सङ्घीयतामा गएको र सोही अनुसार बजेट निर्माण गर्नुपर्ने भए पनि धेरै जसो मन्त्रालयले पुरानै संरचनामा बजेट बनाइरहेका छन्।...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • नेपालको योजना चीन र भारतको आर्थिक पुल बन्नु होः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा अघि सारिएको ‘एक पेटी एक मार्ग’बाट नेपालले लाभ लिने चाहना राखेको बताएका छन्। साथै उनले चीन र...