१०० नम्बरमा २७ हजार फोन

कस्ता-कस्ता फोन आउँछन् प्रहरीको उजुरी केन्द्रमा?


सहर व्यस्त छ। मानिसहरु व्यस्त छन्। व्यस्त सहरमा कसैले कसैको गुनासो सुन्ने फुर्सद छैन। मानिसहरु आ–आफ्नै रफ्तारमा दौडिरहेका छन्। तर यो सहरमा एउटा गुनासो पोख्ने गन्तव्य छ, त्यो हो नेपाल प्रहरीको फोन नम्बर १००।

निःशुल्क फोन गर्न मिल्ने एक सयमा दिनमा हजारौं मानिसहरुले फोन गरेर गुनासो गर्छन्। साना–साना घरायसी समस्यादेखि समाजका जघन्य अपराधहरु १ सयमा केन्द्रीत हुन्छन्।

त्यही केन्द्रीत भएको समस्यालाई समाधान गर्न एउटा प्रहरी फोर्स चौविसै घन्टा तम्तयार भएर बसेको छ। नेपाल प्रहरीको एउटा टुकडीले अरोरात्र सिसिटिभीबाट सहरको निगनारी गरिरहेको छ भने अर्को टुकडी १०० को फोन उठाउँनेमा व्यस्त छ। त्यही फोन नम्बर ‘१००’ व्यस्त सहरमा आपत पर्दाको साथी भएको छ।

२४सै घन्टा जागराम बसेर उपत्यका तिनैवटै जिल्लाको समस्या केन्द्रीत गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्दा प्रहरी निरीक्षक रामेश्वर चापागाईं कतै टेलिफोनमा व्यस्त थिए। उनी कतै घटना घटेको समाचार सम्बन्धित स्थानको प्रहरी कार्यालयलाई खबर गरिरहेका थिए। १८ वटा टेलिफोन बुथबाट निरन्तर खबरहरु संकलन भइरहेको थियो। काठमाडौंमा कहाँ कस्तो घटना घट्यो? कहाँ के भइरहेको छ? ती सम्पूर्ण जानकारी कार्यालयमा केन्द्रित भइरहेको थियो। यस्तो लाग्थ्यो मानौं काठमाडौं कुनै सजीव प्राणी हो र यो कतै भिडमा हिँडिरहेको छ?

उनले व्यस्तताका बीचमै हामीलाई सहर्ष समय दिए।

 

प्रहरी निरीक्षक रामेश्वर चापागाईं

प्रहरी निरीक्षक रामेश्वर चापागाईं

धादिङ नौविसेका निरीक्षक चापागाईंले २०४५ मा प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरे। हाल उनी सोही कार्यालयको १ सयमा आउने फोनहरु सम्हाल्ने शाखाका प्रमुख रहेछन्।

उनले उपत्यकावासीको फोन उठाउन थालेको १० वर्ष बितिसकेको छ। वितेको १० वर्षमा उनले राजधानीका लाखौं गुनासाहरु सुनेका छन्। समस्याहरु सुनका छन्। जटिल बन्दै गएको समाज र अस्तव्यस्तताबाट गुग्रिरहेको सहरी जीवन कसरी चल्दैछ भन्नेबारे कुनै समाजशास्त्रीलाई भन्दा उनलाई कम थाहा छैन। उनले यसरी व्यक्त गरे १०० मा फोन उठाउँदाको अनुभव।

कस्ता कस्ता समस्या आउँछन् १००मा ?
झगडाको समस्या धेरै आउने गरेको उनको अनुभव छ। भन्छन्, ‘धेरै त झगडाको फोन आउँछ। यहाँ यस्तो भइरहेको छ लौन भन्दै फोन धेरै आउँछन्।’ त्यसभन्दा बाहेक सवारी दुर्घटनाको समाचार धेरै आउने रहेछ। आगजनी, चोरी, जुवा तास खेलिरहेको, होहल्ला भएको, लागुपदार्थ सेवन गरिरहेको र प्रहरी गस्ती चाहियो भन्नेजस्ता फोन धेरै आउने गरेको उनी बताउँछन्। सहरमा हुलदंगा गर्ने मान्छे नियन्त्रणमा लिइदिनु पर्यो भन्ने खबर, सामान हरायो, बच्चा हरायो, भन्ने जस्ता फोन पनि आउने गरेको उनले बताए।

उनका अनुसार सामान्य दिनमा २ हजारदेखि २५ सय सम्म फोन आउने गरेको बताए। तर एक दिन त्यस्तो दिन पनि भयो, उक्त टुकडीमा तैनाथ उनीहरुले २७ हजारसम्म फोन उठाए। ‘त्यो दिन नेपाल बन्द थियो, त्यो दिन जति फोन त्यसपछि आएको छैन।’ उनले भने, ‘माथिका सरहरुले पत्याउनु भएन। त्यसपछि मैले कल डिटेल्स नै लगेर देखाएँ।’

कुन क्षेत्रबाट बढि आउँछ फोन?
सबैभन्दा धेरै फोन ठमेल क्षेत्रबाट आउने गरेको उनी बताउँछन्। ‘ठमेलबाट धेरै फोन आउँछ। त्यसपछि कालिमाटी क्षेत्रबाट आउँछ।’ उक्त क्षेत्रबाट आउँने फोनमा प्रायः झगडा भएको, होहल्ला भएको, चोरी भएको फोन आउने गरेको उनी बताउँछन्। ठमेलका होटल, डान्सबारबाट रातको समयमा धेरै फोन आउने गरेको उनले बताए। त्यसपछि नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, चावहिल लगायतका क्षेत्रबाट धेरै फोन आउने गरेको उनी बताउँछन्। त्यस्ता स्थानहरुबाट समस्या पर्यो भन्ने फोन आउँने वित्तिकै ५ देखि ७ मिनेटसम्ममा घटनास्थलमा प्रहरी पुगिसक्ने उनले बताए। तर, घटना भएको स्थानमा सडक जाम जस्ता समस्या पर्दा तुरुन्तै पुग्न नसकिने उनले बताए।

यस्तो पनि फोन उठाइयो!
फोन उठाउँदाको केही रमाइला पक्षपनि उनले सुनाए। उनले भने, ‘एक पटक जनाले तथानाम गाली गर्दै फोन गरे। ‘घुस खाने पुलिसभन्दै अश्लील भाषा प्रयोग गरी फोन गरे। त्यसपछि हामीले त्यो नम्बर खोज्दै गयौं। तर रत्नपार्क छेउमा सार्वजनिक ठाउँमा राखिएको फोनबाट गरिएको रहेछ। राति बाटो हिँड्ने कसले गर्यो गर्यो।’ त्यसरी धेरै पटक फोन गर्ने गरेको उनी बताउँछन्। त्यस्ता व्यक्तिहरुलाई खोजेर कारबाही गर्ने गरिएको उनले बताए।

एकसयमा प्रायः जसो ‘ब्लफ कल’ आउने गरेको उनी बताउँछन्। ‘कोही गाली गर्दै फोन गर्छन्, कोही झगडा नभएको ठाउँमा झगडा भयो आउनु पर्यो भन्दै फोन गर्छन्। कुदेर गयो केही हुँदैन।’ उसले हाँस्दै सुनाए। समस्या पर्दा मात्रै फोन गर्न पनि उनी सुझाउँछन्।

त्यस्तै पहिला पहिला महिला प्रहरीलाई माया प्रेमको कुरा गर्दै फोन गर्ने गरेपनि हाल त्यस्तो नभएको उनले बताए।

आधारातमा श्रीमान श्रीमतिबीच झगडा हुँदा फोन 

‘एकपटक बसपार्क क्षेत्रबाट श्रीमान श्रीमतिबीच झगडा भयो भनेर फोन आयो। हामीले तुरुन्तै प्रहरी फोर्स पठायौं। तर, गल्लिभित्र कता हो कता निकै बेर खोज्दापनि स्थान फेला परेन।’ उनले सुनाए। समस्या पर्दा प्रहरीलाई फोन गर्ने संस्कृति बढेकोमा उनी खुशी देखिए। साथै उनले सामान्य घर झगडामा समेत प्रहरीलाई नबोइदिए हुने गुनासो गरे।

‘पिक आवर’ बेलुकी ५ देखि ११ बजेसम्म
२४ सै घन्टा ३ सिफ्टमा नेपाल प्रहरी परिचालित हुन्छन्। एक सेकेन्डपनि टेलिफोन बुथ छाड्न नमिल्ने उनले बताए। १० मिनेट टेलिफोन नउठ्दा कयौं घटना घट्न सक्ने प्रति उनी अत्यन्तै सजक देखिए। निरीक्षक चापागाई भन्छन्,‘हामी एकमिनेटपनि टेलिफोन बुथ छाड्दैनौं। एकमिनेट फोन बन्द भयो भने कयौं घटना उपत्यकामा घट्न सक्छन्।’ उनले बन्दको बेला बिहान ४ बजेदेखि ७ बजेसम्म धेरै फोन आउँने गरेको बताए।

उनले दिनभर सामान्य अवस्था भएपनि जब ५ बच्छ त्यसपछि फोनको रिङ एकाएक अत्याधिक बज्न सुरु गर्ने बताए। त्यो फोनको घन्टी ११ बजेसम्म निरन्तर जारी रहन्छ। जब ११ बजे कट्छ त्यसपछि अलि शान्त हुन्छ कन्ट्रोल रुम। तर त्यसपछि सुरु हुन्छ अर्को फोन।

तेस्रो लिङ्गीका यस्ता फोन!
तेस्रो लिङ्गी व्यक्तिहरुले ११ बजेपछि फोन गर्ने गरेको उनले सुनाए। ‘प्रायः उहाँहरुले आधा रातमा समस्या परेको भन्दै फोन गर्नु हुन्छ।’ उनले भने। तर कहिले काहिँ चाहिँ ‘तेस्रो लिङ्गीहरुले लुट्यो’ भन्दै फोन आउने गरेको पनि उनले हाँस्दै सुनाए। तेस्रो लिङ्गीहरु समस्यामा पर्दा कयौं पटक नेपाल प्रहरीले समाधान गरेको उनको अनुभव छ।

धेरै फोन गर्ने कुन वर्गले?
‘६० प्रतिशत जति तल्लो वर्गले फोन गर्छन्।’ उनले भने, ‘त्यसपछि मध्यम वर्गले ३० प्रतिशत जति र १० प्रतिशत जतिमात्रै उच्च वर्गले फोन गर्ने गर्छन्।’ माथिल्लो वर्गले ‘साउन्ड पोल्युसन’ भयो भन्दै फोन गर्ने र तल्लो र मध्यम वर्गले धेरै जसो झैभगडा भयो भनेर फोन गर्ने गरेको उनले बताए।

बैंकको साइरनले यसरी झुक्यायो
‘राजधानीका प्रायः बैंकको साइरन यहाँ जोडिएको छ। समुदायका पनि साइरन जोडिएको छ।’ उनले साइरनसँग जोडिएको एउटा रमाइलो घटना यसरी सुनाए। ‘एकपटक साइरन बज्यो। हामीले तुरुन्तै प्रहरी फोर्स परिचालन गर्यौं। तर कपडा सुकाउँदा साइरन थिचिएको रहेछ,’ उनले भने। साइरन जोडिएको स्थानमा आवश्यक सजकता अपनाएको नपाइएको उनले गुनासो गरे।

यसरी घट्न सक्छ फोन

‘मेरो १० वर्षको अनुभवमा दिनानुदिन फोन गर्नेको संख्या झनै बढिरहेको पाएको छु। फोन घटेको छैन। झन् झन् बढिरहेको छ।’ उनले भने। प्रहरीमा समस्या पर्दा फोन गर्नुपर्छ भन्ने चेतना बढेर पनि फोनको संख्या बढेको उनको अनुमान छ। त्यसरी फोनको संख्या बढ्नु राम्रो भएपनि त्यसले सहर र समय झन जटिल बन्दै गएको संकेत दिने उनको ठहर छ। ‘मानिसहरु सन्तुष्ट छैनन्। त्यसको कारण आपराधिक मानसिकता बढेको छ।’ असन्तुष्ट बढ्नु राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक जस्ता कारणहरु हुन सक्ने उनको बुझाइ छ। उनी गरिबी, अभाव हटेर सम्बृद्धिको दिशातिर देश अघि बढ्यो भने मात्र फोनको संख्या घट्न सक्ने बताउँछन्।

त्यसका साथै उनले नौलो मानिस समाजमा आएको छ भने चियो गर्नुपर्ने, अपरिचित मानिसहरुबाट सजग हुनुपर्ने, बहुमूल्य सामान लगाएर सार्वजनिक स्थानमा हिँडडुल गर्न नहुने, घर तथा कोठाको सुरक्षामा सचेत रहनुपर्ने र भाडाका सवारीसाधन प्रयोग गर्दा आवधानी अपनाउने बानीको विकास गर्न सके यस्ता फोनहरु कम आउने उनको बुझाइ छ।

६० प्रतिशतले पुलिसलाई राम्रो मान्दैनन्
‘हामी अहोरात्र आम मानिसको सुरक्षाका लागि खटिरहेका हुन्छौं। तर हामीलाई ६० प्रतिशत मानिसले राम्रो मान्दैनन्।’ उनले गुनासो गर्दै भने, ‘यसबाट हामी दुःखी छौं। तर, दुःखी भएर हामी हाम्रो दायित्व विर्सदैनौं। हाम्रो कर्तव्य हो यो। हामी डटिरहन्छौं।’

तस्बिरहरुः सन्देश दुमरु

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 16:06:04

प्रतिकृया दिनुहोस

  • साहित्यकार श्यामप्रसाद शर्मा

    जब चाउ एन लाईले टुँडिखेलमा भाषण गरे

    टुँडिखेलमा काठमाडौँ नगरपालिकाबाट आमसभा। चाऊ एन लाईको भाषण। चिनियाँ भाषाको नेपाली अनुवाद निकै राम्रो। उपनिवेशवादको विरोधमा एसियाली–अफ्रिकाली...

  • पाँचपोखरी जाँदा जे देखियो जे भोगियो

    खोलाको किनारैकिनार दुःखको क्याराभान दौडियो भने कस्तो देखिएला? चौँरीको पिठ्युमा दुःखको भारी बोकाएर हिडाउँन पाए कति सजिलै यो उकालोमा गोडा लाग्थे...

  • पाकेको टिमुर टिप्दै एक किसान

    आहा! टिमुरको स्वाद

    बोटबाट पाकेको फल टिप्नु नै प्रमुख समस्या थियो कुनै बेला। अहिले भने मध्यपश्चिम क्षेत्रका स्थानीयका लागि गरिखाने माध्यम नै त्यही बनेको छ, त्यही...

  • कथाकार नवीन विभास

    रोल्पा–राजनीतिको नवीनतम आख्यान

    पचासको मध्ये दशकदेखि ०६२/६३ सम्मको अवधिमा ‘रोल्पा’ यस्तो नाम थियो, सुन्दैमा कतिको निँद खल्बलिन्थ्यो, कतिको नसानसामा रक्तसञ्चार बढेर नयाँ उत्साह...

  • मुस्ताङ यात्रामा पूर्वप्रधानमन्त्री भट्टराई र छोरी मानुषी

    छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

    पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि...

  • उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

    जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमान्डौ को रक्तकालीमा स्थित ६ तल्लाको घर गर्लम्म ढलेपछिको बिहान छिमेकी दैनिकी पूजा गर्दै| यो घर बैसाख २९ को दोश्रो पराकम्पनपछि ढलेको थियो, तर त्यहाँ कुनै मानवीय क्षति भने भएन|

    भूकम्प स्मृतिः वैशाख १२ का यी १२ तस्‍विर

    ठीक दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पमा परी हजारौं मान्छे घाइते भएका थिए, लाखौं घर...

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...