यी हुन् नेपाली ग्राहकको सर्वाधिक रोजाइका गाडी


फोर्ड एक्स्क्याप
फोर्ड एक्स्क्याप

नेपाली ग्राहकको रोजाइमा ३० देखि ६० लाखसम्म गाडी पर्ने गरेका छन्। सस्तोमा उच्चस्तरीय सुविधा भएका गाडी ग्राहकको बढी रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन्। हुण्डाइको क्रेटा, आई २० एक्टीभ एस, ग्राण्ड आइ १०, सुजुकीको बोलेनो, ब्रेजा, अल्टो, सेरोलियो, फोर्डको एन्डेभर, टाइटनियम, एकस्पोटलगायत गाडी उपभोक्ताको रोजाइमा पर्न सफल भएका छन्।

सडकमा जुन कम्पनीको गाडीको भिजिबिलटी जति बढी हुन्छ, त्यति नै रिसेल भ्यालु बढी आउँछ

‘अफोडेवल’ मूल्यमा उच्चस्तरीय सुविधा भएका गाडी पाइने भएकाले मध्यमस्तरका कार ग्राहकको रोजाइमा पर्न सफल भएको हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डेपुटी जनरल म्यानेजर रूपेश भट्टले जानकारी दिए। 

उनका अनुसार हुण्डाई क्रेटा जीप गाडी हो। कम्प्याक्ट एसयूभी गाडी हो। १६०० सीसी डिजेल÷पेट्रोल भएकाले ग्राहकको छनोटमा परेको उनको भनाई छ। क्रेटा गाडीको मूल्य ४१ लाख ५६ हजार रूपैयाँदेखि ६१ लाख ५६ हजार रूपैयाँसम्म पर्ने भट्टले जानकारी दिए।
यसभित्र ९ वटा भेरिएसन छन्। गाडीमो लम्बाइ ४.७ मिटर भएको र ग्राउण्ड क्लीयरेन्स १९० एमएम भएकाले विक्री बढेको हो। आर्कषक ‘लुक्स’का साथै सस्तो हुनु, विक्री पछिको सेवा र स्पेयर्स पार्टस सस्तो र सहज रूपमा उपलब्धता हुनु यसको विशेषता भएको भट्टले जानकारी दिए।

हुन्डाइ क्रेटा

हुन्डाइ क्रेटा

हुण्हाई क्रेटा
लम्बाई ४.३ मिटर
मूल्यः ४१ लाख ५६ हजार देखि ६१ लाख ५६ हजार रूपैयाँसम्म
भेरिएसनः ९ वटा
यो सेग्मेन्टको पावरपूल गाडी
भारतमा कार अफ दी एअर २०१७ बाट अवार्ड प्राप्त
ग्राउण्ड क्लियरेन्स १९० एमएम

हुन्डाइ आइट्वान्टी

हुन्डाइ आइट्वान्टी

हुन्डाई २० याक्टीभ एस
पेट्रोल गाडी
मूल्यः ३६ लाख ९६ हजार रूपैयाँ
इन्जीन क्षमताः १२००
ग्राउण्ड क्लियरेन्सः १९० एमएम

डिजेल गाडी
४१ लाख ९६ हजार रूपैयाँ
इन्जीन क्षमताः १४००
ग्राउण्ड क्लियरेन्सः १९० एमएम

हुन्डाइ ग्रान्ड आइटेन

हुन्डाइ ग्रान्ड आइटेन

ग्राण्ड आइट १०
सन् २०१४ मा भारतद्वारा कार अफ दी एअरबाट सम्मानित
ग्राउन्ड क्लियरेन्सः १६५एमएम
विश्वमै सबैभन्दा विक्री विक्री भएको कार
मूल्यः ३० लाखदेखि ३५ लाख ५६ हजाररूपैयाँसम्म

सिटी अटोकर्पका सिनियर म्यानेजर मार्केटिङ करण शाक्यले सुजुकीसँग भएका गाडी मध्ये सबैभन्दा बढी बोलेनो र ब्रेजा गाडी धेरै विक्री भएको बताए। सस्तो मूल्यमा उच्चस्तरीय सेवा प्रदान गरेपछि ग्राहकको रोजाइमा यी गाडीहरू पर्न सपल भएको उनको भनाइ।
विक्री पछिको सेवा राम्रो हुनुले पनि गाडीको ‘सेल्स’मा उल्लेखिय रूपमा वृद्धि भएको हो। उनका अनुसार सिजी अटोकर्पले बोलेनो र ब्रेजा उपभोक्ताको रोजाइमा सुजुकी स्वीफ्ट, अल्टो गाडी परेको हो।

सुजुकी स्वीफ्ट

सुजुकी स्वीफ्ट

सुजुकी स्वीफ्ट
मूल्य २७ लाख ९९ हजार रूपैयाँ
इन्जीन क्षमताः १२००
गाडीः के १२ इञ्जीन
माइलेजः २०.४
ह्यास व्याक

सुजुकी अल्टो

सुजुकी अल्टो

अल्टो
इन्जीन क्षमताः ८०० सीसी
विश्वभर ३० लाख थान गाडी विक्री भएको
मूल्यः १४ लाख ९९ हजारदेखि सुरु

सुजुकी सेलेरियो

सुजुकी सेलेरियो

सेलेरियो
इन्जीन क्षमताः १००० सीसी
के १० इञ्जीन गाडी
मूल्यः २२ लाख ९९ हजार
माइलेजः २३.१

सुजुकी बलेनो

सुजुकी बलेनो

बोलेनो
इन्जीन क्षमताः १२०० सीसी
के १२ इञ्जीन
ठूलो ह्यासव्याक
गाडीको लम्बाईः ४ मिटर
मूल्यः २८ लाख ६९ हजार

सुजुकी भितारा ब्रेज्जा

सुजुकी भितारा ब्रेज्जा

ब्रेजा

लम्बाईः ४ मिटर
एसयूबी
सिटी र अफरोड दुवै ठाउँ चल्ने
मूल्यः ३५ लाख ९९ हजार रूपैयाँ

फोर्ड टिटानियम

फोर्ड टिटानियम

फोर्ड
टाइटिनियम
इन्जीन क्षमताः ३२००
अनुमेटिक
मूल्यः एक करोड १२ लाख

फोर्ड एक्स्क्याप

फोर्ड एक्स्क्याप

इस्केप
इन्जीन क्षमताः १००० सीसी
इबुस्ट इन्जीन
१६०० बराबरको पावर दिन्छ
३९ लाख ९० हजार रूपैयाँ
ग्राउण्ड क्लियरेन्सः २०० एमएममा

गाडी किन्दा आफ्नो ठाउँमा कुन ब्राण्डले राम्रो गरिरहेको छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ। कम्पनीको सर्भिस नेटवर्क के छ? पाट्र्सको उपलब्धता कति सहज छ ? लगायतका विषयमा पनि ब्राण्डले खास अर्थ लाग्छ। यी सबै सुविधा उपलब्ध गराएकाले गाडीको बिक्री बढेको शाक्यले बताए।

कमजोर ब्राण्डका गाडी किनेको एक–दुई वर्षमै रि–सेल भ्यालु निकै घट्छ। सडकमा जुन कम्पनीको गाडीको भिजिबिलटी जति बढी हुन्छ, त्यति नै रिसेल भ्यालु बढी आउँछ। हुण्डाई, सुजुकी, फोर्ड, महिन्द्रा, होण्डा गाडीको बिक्रीपछिको मूल्य राम्रो हुने गरेको छ।
पाटर्सको उपलब्धता पनि सहज हुन जरुरी छ। कम्पनीको सर्भिस नेटवर्क पनि राम्रो हुनुपर्छ। त्यसैले आफूले किन्ने कम्पनीको गाडीको मर्मत खर्च, पाट्र्सको उपलब्धता र सर्भिस नेटवर्कलाई पनि ध्यान दिनैपर्छ। मर्मत खर्च बेहोर्न कठिन हुनेले लामो समयको सर्भिस प्याकेजसहितका कार खरिद गर्नु ठिक हुन्छ।

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 15:46:18

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...