लोडसेडिङ हटाउने कुलमानका यी सात सूत्र

‘उपलब्ध स्रोतको सही व्यवस्थापन गर्न सके लोडसेडिङ हटाउन सम्भव छ’


कुलमान घिसिङ
कुलमान घिसिङ

जलस्रोतमा धनी भएपनि जलविद्युतको कम उत्पादन र सही सदुपयोगको अभावमा अधिकांश समय देश बिजुलीविहीन हुन्थ्यो। कुनबेला बत्ती जान्छ पत्तै हुँदैनथ्यो। काम गर्दागर्दै वा मेसिन चल्दाचल्दै जब बत्ती झ्याप्प जान्थ्यो, तब लेखपढ गरिरहेका विद्यार्थी, काम गरिरहेका मानिस हठात् रोकिन्थे र सरकारका नाममा केही अभद्र गाली दिन्थे।

पश्चिममा बाढी बनेर बस्ती बगाएको खबर सुनिथ्यो। पूर्वमा कोशी आँगनमा पसेको समाचार पढिन्थ्यो। तर, देशैभरि सदा लोडसेडिङको लोडसेडिङ। नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्थ्यो- पानीको बहाव कम भएकाले आजबाट लोडसेडिङ १६ घन्टा।’

तर तिहारदेखि यता भने राजधानी काठमाडौंमा लोडसेडिङ भएन, जुन धेरैलाई आश्चर्यजस्तो लाग्यो। विद्युतको अव्यवस्थित वितरणका कारण लोडसेडिङ भएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको व्यवस्थापन–नेतृत्वमा उपत्यकासहित देशका कतिपय स्थानमा लोडसेडिङ हट्यो। जादुगरीझैँ अचानकै लोडसेडिङ हट्नु धेरैका लागि सुखद् आश्चर्य भएको छ।

यो लोडसेडिङ कसरी अन्त्य भयो र देशैभरि लोडसेडिङ कम गर्ने वा अन्त्य गर्ने कुलमान–सुत्र के हुन्? कसरी हट्छ लोडसेडिङ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग यस्ता सात सूत्र छन्। पढौँ उनकै शब्दमाः

१.नीतिको कुशल कार्यान्वयन गरौँ
हामीले लोडसेडिङको समस्या भोग्नु नीति निमार्णको होइन, कुशल कार्यान्वयनको समस्या हो। बनेका नीतिहरू कुशलतापूर्वक कार्यान्वयन नहुनु प्रमुख समस्या हो। ती कार्यान्वयन किन भएनन् भन्ने कारणहरु त छन् नै।

२. राजनीतिक स्थिरतामा ध्यान दिऊँ
योजनाहरू कार्यान्वयन नहुनुमा देशको अस्थिर राजनीतिक परिपाटी जिम्मेवार छ। बारम्बार सरकार परिवर्तन हुने र सरकारसँगै नेतृत्व र व्यवस्थापक परिवर्तन हुने भएकाले सही ढंगले काम हुन पाएको छैन। तर, राजनीतिक अस्थिरतालाई मात्रै दोषारोपण गरेर पन्छिन मिल्दैन। म कसैलाई दोष दिन चाहन्नँ।

३. आफ्नो कर्तव्यबोध गरौँ
यो काम मेरो भन्ने कर्तव्यबोधको भावना मनमा भयो भने जुनसुकै काम सफल हुन्छ। अपनत्व महसुस गरेर काममा दत्तचित्त भई लाग्नुपर्छ। म अहिले बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म किन कार्यालयकै काममा यहाँ बस्छु? मेरो कार्यालय–अवधि त १०–५ सम्म मात्रै हो नि! तर जिम्मेवारीबोध भनेको आफ्नो काम कार्यक्षेत्रभित्रको दायित्वमा दत्तचित्त भएर लाग्नु हो।

४. उपलब्ध स्रोतको सही व्यवस्थापन गरौँ
आपुर्तिभन्दा माग बढी हुनु लोडसेडिङको मुख्य कारण हो तर उपलब्ध स्रोतलाई कुशल व्यवस्थापन गर्न सके लोडसेडिङ हट्छ। स्रोतसाधन पर्याप्त भएपनि वितरण, सञ्चालन सही ढंगले नगर्दा समस्या उत्पन्न हुन्छ। आपूर्ति व्यवस्थापन सही ढंगले भएन भने लोडसेडिङ भइहाल्छ। तसर्थ पावर हाउसहरूलाई राम्रो अवस्थामा राखेर कुशल व्यवस्थापन गर्नुपर्छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

५. भौतिक पूर्वाधार सबल बनाऔं
विद्युत प्रवाह हुनुसक्ने भौतिक पूर्वाधार पनि राम्रो हुनुपर्छ। हामीसँग आम ग्राहकसम्म विद्युत पुग्न आवश्यक पूर्वाधारहरू कमजोर छ। विद्युत ग्राहकसम्म पुग्न प्रसारण लाइन, सवस्टेसन, डिष्ट्रिव्युसन ट्रान्सफर्मर सम्पूर्ण चुस्त हुनु पर्यो। पर्याप्त विद्युत भएपनि ट्रान्सफर्मर, सवस्टेसन सानो क्षमताको भए लोडसेडिङ हुन्छ। १० मेघावाटको लोड छ। ५ मेघावाट ट्रान्सफर्मर छ। त्यस्तो ठाउँमा लोडसेडिङ भइहाल्छ। यसको समाधान गर्नुपर्छ।

६. प्राविधिक कुशलतासहित काम गरौँ
लोडसेडिङ अन्त्य गर्न कुशल सञ्चालनको आवश्यकता पर्छ। संचालन राम्रो भएन भने पनि लोडसेडिङ हुन्छ। हरेक घन्टा ‘लोड चेन्ज’ हुन्छ। कताबाट कता सप्लाइ गर्ने, उता बढ्यो भन्नासाथ उता सप्लाइ गर्नु पर्छ।, यता घट्यो भन्ना साथ उताबाट सप्लाइ गर्नुपर्छ। फ्रिक्युन्सी मिलाउनुपर्छ। लोड बढेको र घटेको मिलाउन सकिएन भने सिस्टमनै कोल्याप्स हुन्छ। प्राविधिक रूपमा कुशलतापूर्वक मिलाउन सके लोडसेडिङ अन्त्य गर्न सकिन्छ।

७. ‘पिक आवर’मा सन्तुलित वितरण गरौं
विद्युतको खपत दिनभरि एउटै हुँदैन। ‘पिक आवर’ छुट्याएर विद्युतको सन्तुलित वितरण गर्नुपर्छ। विद्युत खपत समान ढंगले हुँदैन। बेलुकी एकदमै बढी खपत हुन्छ। राति हुँदैन। त्यो मागलाई सही ढंगले व्यवस्थापन गर्न सके लोडसेडिङ न्युनीकरण गर्न सकिन्छ। ‘पिक आवर’मा उद्योग कलकारखाना नचलाउन सूचित गरिएको हो। अहिले आधाभन्दा धेरै विद्युत खपत रोकिएको छ। ‘पिक आवर’मा उद्योग कलकारखाना चलाउन दिए अहिले पनि दैनिक २० घन्टा लोडसेडिङ हुन्छ।

प्रकाशित १० मंसिर २०७३, शुक्रबार | 2016-11-25 14:02:05

प्रतिकृया दिनुहोस

  • शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी बनाउँदैन

    बलिउड अभिनेता शाहरुख खानले 'द फ्युचर यु' थिममा क्यानडाको भ्यानकुभरमा आयोजित यस वर्षको टेड कन्फेरेन्समा दिएको मन्तव्यको भावानुवाद। त्यहाँ उनले...

  • साहित्यकार श्यामप्रसाद शर्मा

    देवकोटाले भन्थेः श्यामप्रसादसँग जोगिऔँ है!

    साहित्यकार श्यामप्रसाद शर्मा (१९८६-२०७४)को आइतबार निधन भएको छ। प्रगतिशील लेखक संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका शर्माका साहित्य, विचार र... मनमोहन अधिकारीका बाबु रामचन्द्र अधिकारी नै मेरो घरमा वीरगन्जमा डेरा गरेर बसेका थिए। उहाँहरू चाहिँ अघिदेखि नै राजनीतिमा लागेका मान्छेहरू...

  • अभिनेत्री श्वेता खड्का

    समाजसेवातिर श्वेता

    माघको अन्तिम सातासम्म सिन्धुपाल्चोक, ठूलो सिरुबारीको माझी गाउँको अवस्था निकै दर्दनाक थियो। माझीहरुको ६२ घरको झुन्ड रहेको त्यहाँ भूकम्पपछि एउटा घर...

  • कवि तथा निबन्धकार भूपिन

    'म जीवन शर्माका गीतको ठूलो प्रशंसक हुँ'

    कवि भूपिन अहिले उपन्यास लेख्ने एकान्तमा छन्। कविता र निबन्ध गरेर उनका पाँच पुस्तक प्रकाशित छन्। उनको पछिल्लो कविता-पुस्तक ‘सुप्लाको हवाइजहाज’ हो।...

  • रङ्गमञ्चमा जयमायाको दुःखमय सङ्गीत

    ‘जयमाया आफूमात्र लिखेपानी आइपुगी’ दोस्रो विश्वयुद्धमा जापानले बर्मामाथि हमला गरेपछि त्यहाँबाट भारतको असामतर्फ विस्थापित बर्मेली नेपालीहरूको कथा हो।...

  • 'वर्ल्ड अर्डर' नामक पुस्तकका लेखक तथा कूटनीतिज्ञ हेनरी किसिन्जरका साथ सी जिनपिङ

    गोथे, सुजेङ, हेमिङवे, तोल्स्तोय पढ्छन् चिनियाँ राष्ट्रपति

    चिनियाँ सरकारी सञ्चारमाध्यमहरु सिन्ह्वा तथा चाइना डेलीका अनुसार राष्ट्रपति सी एक उत्सुक पाठक हुन्। आफ्ना भाषणमा पटकपटक कन्फ्युसियसको भनाइलाई उधृत...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

    माओवादी बैठकले प्रधानमन्त्रीलाई भन्योः राजीनामाबारे देउवासँग सल्लाह गर्नुस्

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन र सरकार परिवर्तनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न पार्टी...

  • सरकार परिवर्तन हुँदा ओबर सम्झौता लागू हुनेमा बेइजिङमा संशय

    नेपाल र चीनबीच ओबर परियोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपनि बेइजिङका केही विज्ञहरूले काठमाडौँले त्यसलाई तत्काल कार्यान्वयन थाल्नेमा संशय...