छिफाउमा खुल्छिन् चिनियाँ प्रथम महिला


‘आधा आकाशमा महिलाको पकड छ’, आधुनिक चीनका निर्माता माओत्सेतुङको यो भनाइ चिनियाँ समाजमा निकै चर्चित रहेपनि व्यवहारमा लागू हुन बाँकी नै छ। चिनियाँ क्रान्तिका नायक माओत्सेतुङकी तेस्री पत्नी जियाङ किङ (चिनियाँ उच्चारणः च्याङ्ग छिङ्ग) लाई उतिबेला सबैभन्दा प्रभावशाली उच्च चिनियाँ महिला ठानिन्थ्यो। माओ सत्तामा रहँदा जियाङले छुट्टै कट्टरपन्थी राजनीतिक गठबन्धन ‘ग्याङ अफ फोर’ मार्फत् राज्यका महत्त्वपूर्ण निकायमा नियन्त्रण जमाइन्।

माओको मृत्युपछि सत्तामा आएको हुवा कुफङ्ग सरकारले राज्यशक्ति नियन्त्रणमा लिने ध्येयले प्रतिक्रान्तिकारी समूह सञ्चालन गरेको आरोप लगाउँदै जियाङलाई जन्मकैदको सजाय सुनाएको थियो। सन् १९९१ मा उनले आत्महत्या गरिन। त्यसयता शीर्ष चिनियाँ नेताहरूले प्रथम महिलालाई अत्यन्तै कम मात्र सार्वजनिक समारोहमा उपस्थित गराउने परम्परा अघोषित रुपमा देखिन्छ।

चीनको राज्यशक्तिमा माओपछि शक्तिशाली ठानिएका वर्तमान राष्ट्रपति सी जिनपिङले भने अन्य धेरै परम्परासँगै त्यसलाई पनि तोडेका छन्। राष्ट्रपति सी जहाँ जहाँ भ्रमण गर्छन् साथसाथै एकजना महिला पनि देखिन्छिन् र उनी हुन् प्रथम महिला अर्थात् सीकि धर्मपत्नी फङ्ग ली युआन।

सीले सन् २०१२ मा राष्ट्रपतिको कुर्सी सम्हालेदेखि नै चर्चाको शिखरमा रहेकी श्रीमती फङ्ग ली युआन अनेकौं विषयसँग जोडिएकी छन् जसका कारण अन्तर्राष्ट्रिय पर्दामा सनसनी मच्चाउन उनी सफल भएकी छिन्। चीनभित्र र बाहिर उनको चर्चा यसरी व्याप्त हुनुमा राष्ट्रपति सीको श्रीमतीमात्र होइन, उनको सुन्दरताको पनि त्यत्तिकै भूमिका छ। कुनै बेला अभिनेत्रीसमेत रहेकी फङ्ग ली युआनले सांस्कृतिक क्रान्ति सफल पार्न ठूलो योगदान गरेकी थिइन। एक चर्चित लोक गायिका, सैनिक अधिकारी र मायालु आमाका रुपमा पनि उनको छवि छ। अहिले उनले निखारेको छविका रुपमा चीनमा चार कुरालाई औंल्याइन्छ। 

ड्रेस कोडः ‘लुगाले मान्छे बनाउँछ कि मान्छेले लुगा’ भन्ने बहस आफ्नै ठाउँमा छ। तर प्रथम महिलाका रुपमा फङ्ग ली युआन अहिले चीनको संस्कृति फैलाउन ‘सफ्ट डिप्लोमेसी’ मा सक्रिय देखिन्छिन्। राष्ट्रपति सीसँग उनी जुन जुन देशको भ्रमण गर्छिन्, फर्केपछि पनि ती देशका जनताको मनमष्तिष्कमा हार्दिकताको छाप छोड्न प्रयसा गरेको देखिन्छ। उनको पहिरनले हरेक पटक चिनियाँ छिफाउ (चिनियाँ परम्परागत पोशाक) लाई स्मरण गराउँछ छिफाउमा उनी बढी खुलेको देखिन्छिन्। 

मिलनसार व्यक्तित्वः विश्वकी अन्य प्रथम महिलाहरुले जस्तै आफ्नो देशभित्र अनेकन परोपकारी गतिविधिमा सहभागिता जनाएको कमै देखिएपनि सङ्गीत र सैन्य सेवाबाट उनले देशको सेवा गरेकी छिन्। राष्ट्रको अभिभावकमा हुने मिलनसार व्यक्तित्व उनमा झल्कने गर्दछ। सौम्य, शालीन बान्कीमा अहंकाररहित मिजासिली स्वभावमा प्रस्तुत हुनु फङ्ग ली युआन विशेषता हो। 

साँगितिक पृष्ठभूमिः करीब पाँच दशक उमेर पार गरेकी फङ्ग ली युआन प्रसिद्ध चिनियाँ लोकगायिका तथा मोडल हुन्। उनले दर्जनौं लोकगीत र राष्ट्रियता झल्किने गीतहरु गाएकी छन्। सन् २००७ मा पति सी स्थायी पोलिटब्युरो सदस्यमा चुनिएपछि भने सार्वजनिक साँगितिक समारोहमा उनको सहभागिता कम भएको छ। सुन्दरता, मञ्चमा उपस्थित हुँदाको कला र उच्च सार्वजनिक छविलाई आवश्यकीय गुण मान्दै विश्लेषकहरूले उनलाई शक्तिशाली प्रथम चिनियाँ महिलाको उपमा पनि दिने गरेका छन्। 

बौद्धिक छविः सन् १९८० को दसकमा लोकसंगीतमा स्नातकोत्तर गर्ने पहिलो चिनियाँ महिला हुन् फङ्ग ली युआन। विश्व स्वास्थ्य संगठनको क्षयरोग तथा एचआईभी एड्स जागरण अभियानको सद्भावना दूत पनि हुन्। करिब पचास मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेकी उनी १८ वर्षमै चिनियाँ जनमुक्ति सेनामा प्रवेश गरेपछि मेजर जनरल बनिन्। अङ्ग्रेजी पनि राम्रो भएकोले बाह्य मुलुकका नेताहरु तथा सर्वसाधारणसँग राम्रोसँग विचार आदान प्रदान गर्ने ल्याकत पनि राख्दछिन्।

फङ्ग ली युआन एघारौ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको सदस्य हुन्। सन् २०१४ मा उनी फोर्ब्स पत्रिकाद्वारा विश्वकै शक्तिशाली महिलाको सूचीमा ५७औं स्थानमा छानिएकी थिइन्। सोही वर्षको नोभेम्बरमा न्यूजिल्याण्डको मास्सी युनिभर्सिटीले फङ्ग ली युआनलाई कला, स्वास्थ्य र शिक्षाका क्षेत्रमा गरेको योगदानको कदर स्वरुप मानार्थ डाक्टरको उपाधि दिएको थियो।

फङ्ग ली युआनको सक्रियताले चीनमा प्रथम महिलाका सबै कुरा गोप्य हुनुपर्छ भन्ने रुढिवादी परम्परालाई तोडेको छ। चीनमा महिला रोल मोडलको खाँचो टार्नमा फङ्ग लीको भूमिका अग्रणी मानिन्छ। विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहेर फङ्ग ली युआनले घरानिया चिनियाँ महिलाहरू घरबाट ननिस्कने परम्परालाई तोडेर असंख्य महिलाकी प्रेरणाश्रोत बनिन्।

चिनियाँ सँगीतप्रेमीका माझ अमीट छाप बसाएकी गायिका फङ्गको बारेमा विश्वजगत् त्यतिखेर खोजीमा लाग्यो जतिखेर सी जिनपिङ राष्ट्राध्यक्ष चुनिए। यसअघिका राष्ट्रपति हु जिन्ताओकी धर्मपत्नी लिउ योङकिङ्ग (चिनियाँ उच्चारणः लिउ योङ्गछिङ्ग) र पूर्ववर्ती जियाङ जमिन पत्नी वाङ येपिङलाई सञ्चारमाध्यमले ‘अदृश्य तथा अमुक प्रथम महिला’ को पगरी गुथाएर छोडे, उनीहरुको प्रथम महिलाको कुनै छवि देखिएन।

सन् असीको दशकमा प्रचलित ब्लाइण्ड डेटिङ्ग (मागी विवाह) अनुरुप सी र फङ्लाई केही साथीहरुले चिनापर्ची गराइदिएका थिए। फङ्गप्रति तुरुन्तै मोहित सीले निकटता बढाउन गीतका तौरतरीकाबारे खोतल्दै प्रेमको ताना बुनेका थिए। क्रान्तिकारी नेता सी चोङ्ग स्वीनका छोरा भएकाले सीलाई फङ्गका परिवारले नस्वीकार्ने त कुरै थिएन।

सेप्टेम्बर १ सन् १९८७ मा पारिवारिक सहमति लिएर उनीहरुले विवाह गरे। राजनीतिक गतिविधि त दुवैको चल्दै रह्यो। दुवै दम्पती आआफ्नो प्रतिभाका कारण विश्वमाझ छाइरहेका छन्। उनीहरु फरक फरक नामका स्तम्भ हुन् जसलाई एकअर्कासँग जोडिएर चिनिनुपर्ने बाध्यता चाहिं छैन।

तस्बिरहरू: एजेन्सी 

प्रकाशित १० मंसिर २०७३, शुक्रबार | 2016-11-25 14:02:18
author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्


प्रतिकृया दिनुहोस

  • कवि कुन्ता शर्मा

    पोथी बास्नु हुँदैन

    मार्च २१ लाई संसारभरि विश्व कविता दिवसका रुपमा मनाउने गरिएको छ। विश्व कविता दिवसकै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो। मार्च महिना महिला...

  • मायामा कुपोषण

    मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त...

  • तौल घटाउने तीन सजिलो तरिका

    तौल घटाउन नसकेर धेरै मानिस चिन्तित देखिन्छन्। स्वस्थ रहनका लागि उचित तौल मुख्य शर्त हो। तर धेरैलाई तौल घटाउन के गर्ने भन्ने थाहा हुँदैन। तौल घटाउने...

  • ५५ वर्षदेखि एउटै साइकलमा

    वि.सं. २००२ सालतिरै माटेपानीका जगतबहादुर रन्जित पोखरामा साइकल चढी सरर..हिँड्थे। त्यतिबेला पोखरामा न गुड्ने मोटर थियो, न मोटर बाटो नै। न धेरै मान्छे...

  • हिसिला यमि

    हिसिला यमिलाई 'कम्युनिस्ट घोषणापत्र' नै प्रिय

    हिसिला यमि अहिले नयाँ शक्ति नेपाल पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख छिन्। युवा उमेरदेखि नै कम्युनिस्ट आन्दोलनमा क्रियाशील यमि तत्कालीन नेकपा...

  • आमिरकी आमा आफ्नो मृत छोरालाई दूध पिलाउने चेष्टा गर्दै

    कास्मिर, यसरी पनि मरिरहेछ

    आमिर नाजिर मुस्किलले १५ वर्ष पुगेका थिए। उनी गत बिहीबार मारिए। उनको शवलाई बेहुलाझैँ सिंगारिसकेपछि सद्गति गरियो। उनको आमाले मृत छोरालाई दुध पिलाउन...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चीनसँग विगतमा भएका सम्झौता लागू गर्न प्रधानमन्त्री दाहाललाई विज्ञको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर...

  • खैरेनी बनले हर्यो पर्यटकको मन

    अठार हेक्टर क्षेत्रफलमा फैलिएको खैरेनी सामुदायिक वनमध्ये १२ हेक्टर क्षेत्रफललाई नदीले चारैतिरबाट टापु आकारमा घेरेको छ। नदीले घेरेको वनलाई सानो...

  • यसरी खडेरी र पानी संकटले गाँज्दैछ एसियाली भूमि

    हामी खडेरीग्रस्त ग्रहमा बसेका छौं। यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन्।...

  • कालिञ्चोकको आकाशमुनि हिउँको पछ्यौरा

    दोलखामा रहेको कालिञ्चोक प्रख्यात धार्मिक स्थल हो। काठमाडौँबाट चरिकोट पाँच घण्टाको बसयात्रामा पुगिन्छ, त्यहाँबाट जीपमा केही घण्टामा कुरी र कुरीबाट...