नाटक-समीक्षा

खहरेघाटः नसुल्झिएको एक सुकुम्बासी कथा


'पल्लो गाउँका मान्छेले भन्नेछन्, सुकुम्बासीमा एउटा बच्चा जन्मियो। थपियो अर्को सुकुम्बासी।' 'स्कुल जाला, मान्छेहरुले भन्नेछन्- एउटा सुकुम्बासी स्कुलमा थपियो।' 'केटी माग्न जाला। भन्नेछन्- सुकुम्बासी केटी माग्न गयो।' 'मरेको दिनपनि मानिसहरुले भन्नेछन्- सुकुम्बासी बूढो मर्यो। कात्रो किन्ने पैसा नहोला। हरियो बाँस नहोला, अनि त्यो लासलाई लगेर गाडिनेछ त्यही बगरमा। मान्छेहरुले युगौंसम्म बगरलाई देखाउँदै भन्ने छन्- सुकुम्बासीको चिहान। मर्दा पनि छाड्दैन यसलाई सुकुम्बासीको ताजले।’

'खहरे घाट’ राज्यको साधन स्रोतबाट बहिस्करणमा पारिएका अथवा उत्पादनको साधन मध्ये सबैभन्दा महत्वपूर्ण साधन जमिन नभएका सुकुम्बासीहरुको पीडा हो

रङ्गकर्मी किशोर अनुरागद्वारा लिखित नाटक ‘खहरेघाट’का मुख्य पात्र लोकेन्द्रले बोलेको सम्वाद हो यो। गरिबीका कारण बुबाको भारी बोक्दाबोक्दै मृत्यु भएपछि आफ्नो श्रीमतीको गर्भमा भएको बच्चा मार्न खोज्दै गर्दाको सम्वादले सबैको मन एकपटक अमिलो बनाउँछ। सम्वादले प्रेक्षालयमा बसेका दर्शकहरुको अन्तस्करणलाई एकपटक नराम्रोसँग हल्लाउँछ। गरिबीका कारण आउने पुस्तालाई जन्मनै दिन नचाहने विक्षिप्त बाबु, गरिवीबाट मुक्त हुने एक मात्र भरोसाको केन्द्र पेटमा भएको छोरालाई देख्ने विवस आमाको अन्तरद्वन्द्व नाटकको उत्कर्षको दृश्य हो।

असोज ३ देखि राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा चलिरहेको नाटक ‘खहरेघाट’  ५० को दशकदेखि नाट्यक्षेत्रमा निरन्तर क्रियाशील किशोर अनुरागको नयाँ प्रस्तुति हो।

'खहरे घाट’ राज्यको साधन स्रोतबाट बहिस्करणमा पारिएका अथवा उत्पादनको साधन मध्ये सबैभन्दा महत्वपूर्ण साधन जमिन नभएका सुकुम्बासीहरुको पीडा हो। खहरे घाटमा विभिन्न परिबन्दमा परी खोला किनारामा अस्थायी छाप्रो बनाएर बस्न विवश धनबहादुरको कथा छ। धनबहादुर भरिया हो। प्रत्येक वर्ष खोलाले झुपडी बगाउँछ। त्यसकारण हरेक वर्ष नयाँ नयाँ घर बनाउनु पर्छ धनबहादुरले। भारी बोकेरै छोरालाई बिएसम्म पढाएको छ। तर, छोराले जागिर पाउँदैन। बुहारी गर्भवती भएकी छे। जागिर खोज्दाखोज्दै नपाएपछि धनबहादुरको छोरा लोकेन्द्र (लोके) रक्स्याहा भएको छ। बाल्यकालका साथीहरुमध्ये शिवराजले लोकेलाई गरिबीबाट निस्कन गाँजा व्यापारमा लाग्न सुझाव दिन्छ। लोके स्वाभिमान बन्धकी राखेर बाँच्न चाहँदैन।

अन्तिममा भारी बोक्दाबोक्दै धनबहादुरको मृत्यु हुन्छ। मृत्युपछि विक्षिप्त भई लोकेन्द्रले श्रीमतीको खोकमा भएको बच्चालाई मार्न खोज्छ। लोकेन्द्र आफूभन्दा पछिको पुस्ता सुकुम्बासी भएर बाँच्न नपरोस् भन्ने चाहान्छ। यी नै परिवेश र कथावस्तुमा खहरेघाट घुमेको छ।

पात्रहरुको अभिनय जीवन्त छ। सामान्य तर गम्भीर भाव र अर्थ बोक्ने सम्वादहरुले दर्शकहरुको मन भारी बनाउँछ। शिक्षित बेरोजगारको भूमिकामा रहेका लोकेन्द्रको अभिनय, बुबाको भुमिकामा रहेका धनबहादुरको अभिनय प्रशंसनीय छ। लोकेकी श्रीमती र भट्टीवाल्नीको भूमिका पनि कम छैन।

मूलतः ‘खहरेघाट’ भूमिहीन गरिबहरुको कथा हो। एउटा मानिसले जन्मिने वित्तिकै बाँच्न पाउने मानव अधिकार र एउटा सार्वभौम राज्यको नागरिकले पाउनुपर्ने गाँस बाँस कपास जस्ता आधारभूत समस्याबाट तड्पिएरहेका यो देशका घोषित करिब ५ लाख र अघोषित लाखौं अधिकारविहीनहरुको व्यथा बनेको छ खहरेघाट।

खहरेघाटलाई विभेदकारी राज्य संयन्त्रको उपज र झन् झन् मौलाउँदै गएको विश्व पुँजीवादको उपहारका रुपमा लिन सकिन्छ।

आज मानिसहरु दिनानुदिन सुकुम्बासी बन्दै गएका छन्। हिजोभन्दा आज झन् झन् बढी मानिस सुकुम्बासीकरण भइरहेका छन्। त्यसमा प्राकृतिक प्रकोपले झनै पीडा थपिदिएको छ। सुकुम्बासीलाई कसरी परिभाषित गर्ने भन्ने विषयमा बहस चलिनै रहेको छ। तर सोलोडोलो रुपमा देशभर कतैपनि आफ्नो नाममा जमिन नभएका मानिसलाई सुकुम्बासी भन्ने गरिएको पाइन्छ। आज सुकुम्बासी भनेर भूमिहीनलाई मात्रै बुझिनु मुलतः गलत हुन जान्छ। नवउदारवादको मनोमानी हैकम, भूमिको खण्डिकरण र समग्रमा देश दलाल पुँजीवादीकरणले आज जमिनसहित उत्पादनका उर्जाशील क्षेत्रहरु निश्चित वर्ग र पुँजीवादी दलालहरुको हातमा पुग्ने क्रम बढ्दो छ। यसले दिनानुदिन लाखौं सुकुम्बासीहरु जन्माउने क्रम बढेको छ।

आजसम्म नेपाल सरकार र कुनैपनि निकायको ध्यान नपुगेको नयाँ सुकुम्बासीहरु नेपालमा थपिएका छन्। घरबारी बन्दकी राखेर खाडीमा पसिना बनाइरहेका युवाहरु सुकुम्बासी हुन्। किस्तावन्दीमा मोटर चढेर बहुर्राष्ट्रिय कम्पनीको लोगो गाउँ गाउँ हल्लाउँदै हिँड्नेहरु सुकुम्बासी हुन्। सिद्धान्तलाई रच्छ्यानमा मिल्काएर सत्ताको भर्याङ ढुकीरहेका कार्यकर्ताहरु सुकुम्बासी हुन्। समाज, राष्ट्र, इतिहासप्रति बेखबर भएर डिभी भर्न लाम लागेका शिक्षित युवाहरु सुकुम्बासी हुन्। विश्वविद्यालयको कुर्सीमा बसी राज्य र व्यवस्थाअनूकुल शिक्षित दासहरु उत्पादन गर्ने प्राध्यापकहरु बौद्धिक सुकुम्बासी हुन्। यी सम्पूर्ण सामाजिक इकाईहरु कुनै न कुनै विन्दुमा पुगेर अवश्य सुकुम्बासी हुनेछन्। सुकुम्बासी भएनन् भने बुझ्नु पर्ने हुन्छ, ऊ विश्व पुँजीवादी व्यवस्थाको दुनियाँ अनुकूलित भइसक्यो।

यसरी आज सुकुम्बासीको परिभाषा बदलिएको छ। सन् २०१० मा दुनियाँको आधा मानिसको सम्पति ४ सय जनामा केन्द्रीत थियो। त्यसको ६ वर्षपछि त्यो ६२ जनामा झर्यो। यही क्रम बढ्ने हो भने आगामी सन् २०२० सम्ममा विश्वको कुल पुँजी केवल ६ जना व्यक्तिमा केन्द्रीत हुने निश्चित छ। उसैको हातमा हुनेछ दुनियाँ सञ्चालनको तालाचाबी। उनैको हातमा हुनेछ विश्व व्यवस्थाको स्टेरिङ। त्यसभन्दा अरु हुनेछन् फगत आँखामा पट्टी बाँधिदिएका टम्टम् घोडा।

त्यसकारण सुकुम्बासी परिभाषालाई समायानुकुल पुर्नपरिभाषित गरिनु पर्दछ। यस अर्थमा सुकुम्बासी समस्यासँग सम्बन्धित नाटक खहरेघाटले सुकुम्बासी समस्या झन् नयाँ भएर समाजमा जरा गाड्दैछ भन्ने सन्देश दिन खोजको छ। नेपालमा सुकुम्बासी समस्या एक ऐंजेरु नभई खराब व्यवस्थाले जन्माएका आजको नयाँ सिमान्त समुदाय हुन्। 'खहरे घाट'ले उक्त सीमान्त समुदायको आवाज वकालत गरेको छ।

अन्तमा, नाटक आलोचनात्मक यथार्थवादमा आधारित छ। आलोचनात्मक यथार्थवादले समाजमा भए गरेका यथार्थहरुको विरोध गर्ने गर्छ। ‘खहरे घाट’ले त्यही कार्य गरेको छ। तर, गरिबलाई गरिब छौ भनेर भनिदिनु नौलो कुरा होइन। आजको आवश्यकता त्यसबाट छुटकारा कसरी पाउन सकिन्छ भन्ने नयाँ बाटोको हो। 

प्रकाशित १४ असोज २०७३, शुक्रबार | 2016-09-30 16:06:46

प्रतिकृया दिनुहोस

  • मर्दीको मनमौजी

    बादल डाँडादेखि हाइ क्याम्पसम्मको बाटो मेरो लागि यात्राकै सबैभन्दा रोमाञ्चक बन्यो। मनै सिरिंग हुने भिरालोमा हिँड्दा लागिरहेको थियो, बाटोले...

  • चिनियाँ ग्रिन‍कार्ड देखाउँदै प्रधानमन्त्री लि खछियाङ

    नेपालीका लागि गाह्रो छ, चिनियाँ ग्रिनकार्ड

    झण्डै ३० वर्षदेखि तिब्बतमा हस्तकला व्यवसाय गर्दै आएका रत्नकुमार तुलाधर होउन् वा ६० वर्षदेखि बसोबास गर्दै आएका किन्चोक दर्जी होउन्, झण्डै ११८ जना...

  • साहित्यकार अभि सुवेदी

    ‘नारायणगोपालका रद्दी गीत सुनेर पनि म आनन्द लिन्छु’

    अभि सुवेदी त्रिविका सेवानिवृत्त प्राध्यापक, साहित्यकार, समालोचक तथा सङ्गीत–चिन्तक समेत हुन्। उनले नेपाली रङ्गक्षेत्र र सङ्गीतबारे पनि थुप्रै लेखहरु...

  • कवि कुन्ता शर्मा

    पोथी बास्नु हुँदैन

    मार्च २१ लाई संसारभरि विश्व कविता दिवसका रुपमा मनाउने गरिएको छ। विश्व कविता दिवसकै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो। मार्च महिना महिला...

  • मायामा कुपोषण

    मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त...

  • तौल घटाउने तीन सजिलो तरिका

    तौल घटाउन नसकेर धेरै मानिस चिन्तित देखिन्छन्। स्वस्थ रहनका लागि उचित तौल मुख्य शर्त हो। तर धेरैलाई तौल घटाउन के गर्ने भन्ने थाहा हुँदैन। तौल घटाउने...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • हङकङ–मकाउ पुलबाट खसेका एक नेपाली पौडेर निस्के, एक समुद्रमा बेपत्ता

    हङकङ–जुहाइ–मकाउ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने क्रममा समुद्रमा खसेका एक नेपाली पौडेर निस्कन सफल भएका छन् भने अर्का एक जना समुद्रमै हराइरहेका...

  • अर्थ मन्त्रालय

    पुरानै संरचनाअनुसार धमाधम बजेट बनाउँदै मन्त्रालयहरु

    नयाँ संविधान अनुसार देश सङ्घीयतामा गएको र सोही अनुसार बजेट निर्माण गर्नुपर्ने भए पनि धेरै जसो मन्त्रालयले पुरानै संरचनामा बजेट बनाइरहेका छन्।...

  • रेल कुदाऊ तर निकुञ्ज जोगाऊ

    रेलमार्गको कारण राष्ट्रिय निकुञ्ज मानिसहरुको प्रवेश सहज हुने देखिन्छ, जसले गर्दा लोपोन्मुख प्रजातिको संरक्षणमा अझ चुनौती थपिनेछ। निर्माणको बेला...

  • नेपालको योजना चीन र भारतको आर्थिक पुल बन्नु होः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा अघि सारिएको ‘एक पेटी एक मार्ग’बाट नेपालले लाभ लिने चाहना राखेको बताएका छन्। साथै उनले चीन र...