गायन–रहर

अभि सुवेदीको स्वरमा धर्मराजका गीत


अभि सुवेदीलाई कुनै एकै पदले परिचय दिन सजिलो छैन। उनी गन्यमान्य प्राध्यापक हुन्। ख्याती कमाएका समालोचक हुन्। जसरी साहित्य क्षेत्रमा उनको प्रतिष्ठित नाम छ, त्यसरी नै रङ्गकर्ममा पनि उनको स्थान प्रभावी छ। तर, धेरै कमलाई थाहा छ– उनी सङ्गीत जगतका पनि एकजना ‘स्वीट–हार्ट’ हुन्।

धेरैअघि सङ्गीतकार अम्बर गुरुङले उनलाई भनेका रहेछन्– ‘अभि भाइ, तपाईं सङ्गीतको समीक्षक मात्रै होइन, सङ्गीतकार नै हो।’

‘म कसरी सङ्गीतकार, अम्बर दाजु?’ उनले सोधे।

‘सङ्गीतकार भनेको बाजा बजाउने वा धुन बनाउने मान्छे मात्रै होइन, सङ्गीतमा गम्भीर चिन्तन गर्ने मान्छे पनि सङ्गीतकारै हो । तपाईंले सङ्गीतमा जसरी लेख्नुभएको छ, त्यो एउटा सङ्गीतकारले मात्रै लेख्न सक्छ।’

सङ्गीतबारे अभिसरले थुप्रै चिन्तन–मनन गरेका छन् । बोलेका छन्, लेखेका छन् । सार्वजनिक मञ्चहरुमा विचार राखेका छन् । तर धेरैलाई थाहा छैन– अभिसर गीत पनि निकै मीठो स्वरमा गाउँछन् (हेर्नुहोस् भिडियो)

‘म त एकान्तमा गीत गाउने मान्छे हुँ,’ भन्छन्, ‘जब दिक्क लाग्छ, अनि गाउँछु। गीत गाएपछि भने मन भरिएर आउँछ।’

नेपाली लोक, आधुनिक, शास्त्रीय र पाश्चात्य शैलीका गीत उनी रुचिपूर्वक सुन्छन्। 

मनदेखि रुचाएर सबैभन्दा धेरै चाहिँ उनले धर्मराज थापाका लोकभाका गाए।

बाल्यकालमा कम्युनिस्ट अभियानका गीत गाउँदै सभाहरुमा हिंडेका अभि सुवेदीले नेपाली सङ्गीतको मूलधारका ठूल्ठूला नामसँग सङ्गत गर्ने मौका पाए । गोपाल योन्जन, अम्बर गुरुङ, नारायणगोपालसँग उनको भेटघाट भइरहन्थ्यो। नारायणगोपालले त उनलाई गीत रेकर्ड गर्न आग्रह नै गरेका रहेछन्।

‘तर, म लजालु थिएँ, रेकर्डमा गाइनँ,’ भन्छन्, ‘अहिले पनि सलिल (छोरा)हरु गीत रेकर्ड गराउनुपर्यो भन्छन्, म भाग्दै हिंडेको छु । एकान्तमै गाउन मलाई मजा आउँछ।’

प्रकाशित ४ साउन २०७३, मंगलबार | 2016-07-19 13:57:16

प्रतिकृया दिनुहोस

  • शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी बनाउँदैन

    बलिउड अभिनेता शाहरुख खानले 'द फ्युचर यु' थिममा क्यानडाको भ्यानकुभरमा आयोजित यस वर्षको टेड कन्फेरेन्समा दिएको मन्तव्यको भावानुवाद। त्यहाँ उनले...

  • साहित्यकार श्यामप्रसाद शर्मा

    देवकोटाले भन्थेः श्यामप्रसादसँग जोगिऔँ है!

    साहित्यकार श्यामप्रसाद शर्मा (१९८६-२०७४)को आइतबार निधन भएको छ। प्रगतिशील लेखक संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका शर्माका साहित्य, विचार र... मनमोहन अधिकारीका बाबु रामचन्द्र अधिकारी नै मेरो घरमा वीरगन्जमा डेरा गरेर बसेका थिए। उहाँहरू चाहिँ अघिदेखि नै राजनीतिमा लागेका मान्छेहरू...

  • अभिनेत्री श्वेता खड्का

    समाजसेवातिर श्वेता

    माघको अन्तिम सातासम्म सिन्धुपाल्चोक, ठूलो सिरुबारीको माझी गाउँको अवस्था निकै दर्दनाक थियो। माझीहरुको ६२ घरको झुन्ड रहेको त्यहाँ भूकम्पपछि एउटा घर...

  • कवि तथा निबन्धकार भूपिन

    'म जीवन शर्माका गीतको ठूलो प्रशंसक हुँ'

    कवि भूपिन अहिले उपन्यास लेख्ने एकान्तमा छन्। कविता र निबन्ध गरेर उनका पाँच पुस्तक प्रकाशित छन्। उनको पछिल्लो कविता-पुस्तक ‘सुप्लाको हवाइजहाज’ हो।...

  • रङ्गमञ्चमा जयमायाको दुःखमय सङ्गीत

    ‘जयमाया आफूमात्र लिखेपानी आइपुगी’ दोस्रो विश्वयुद्धमा जापानले बर्मामाथि हमला गरेपछि त्यहाँबाट भारतको असामतर्फ विस्थापित बर्मेली नेपालीहरूको कथा हो।...

  • 'वर्ल्ड अर्डर' नामक पुस्तकका लेखक तथा कूटनीतिज्ञ हेनरी किसिन्जरका साथ सी जिनपिङ

    गोथे, सुजेङ, हेमिङवे, तोल्स्तोय पढ्छन् चिनियाँ राष्ट्रपति

    चिनियाँ सरकारी सञ्चारमाध्यमहरु सिन्ह्वा तथा चाइना डेलीका अनुसार राष्ट्रपति सी एक उत्सुक पाठक हुन्। आफ्ना भाषणमा पटकपटक कन्फ्युसियसको भनाइलाई उधृत...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरामा एमालेको विजय–सभा: मख्ख मुद्रामा ओली

    पोखरा–लेखनाथ महानगरसहित कास्कीका चार स्थानीय तहमा विजय हासिल गरेको पार्टी नेकपा एमालेले आज पोखरामा विजय–सभा आयोजना गरेको छ। विजय–सभामा हँसिलो...

  • मञ्जु गुरुङ

    राष्ट्रपतिकी मितिनी पोखराकी उपमेयर

    पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेबाट विजयी बनेकी मञ्जु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी र आफ्नै साइँला बाबुको बुहारी सरस्वती...

  • दुर्घटनाग्रस्त गोमा एयरका घाइते चालक पारस रार्इको निधन

    सोलखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेर घाइते गोमा एयरका विमान चालक पारस रार्इको उपचारको क्रममा निधन भएको छ। विमान दुर्घटनामा परेर...