News

लाप्राक पुनर्निर्माणमा हङकङका गुरुङले दिए दुई लाखको सहयोग

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यमकुमार (त्रिलोक) गुरुङले लाप्राक पुनर्निर्माणका निम्ति फेरि दुई लाख रुपैयाँ बराबरको स्लिपिङ ब्याग र काम गर्दा लगाउने पन्जा सहयोग गरेका छन्।

तेक्वान्दोको हङकङ प्रतियोगितामा नेपाल टिमबाट १५ जना भिड्दै

हङकङ तेक्वान्दो एसोसियनको आयोजनामा शनिबार शुरु हुने एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा भिड्न नेपालबाट ७ जना राष्ट्रिय खेलाडी हङकङ आइपुगेका छन्।

हङकङमा ‘नेपाल डे’, सबै निःशुल्क

हङकङमा पहिलो पटक नेपाली महावाणिज्य दूताबास र सबैभन्दा ठूलो राजनीतिक पार्टी डिएबिको प्रत्यक्ष संलग्नतामा ‘नेपाल डे’ आयोजना हुँदैछ। हङकङमा नेपाल सम्बन्धी विभिन्न कार्यक्रमहरू हुँदै आएपनि दूताबास आफै आयोजक रहेर पहिलो पटक यस्तो कार्यक्रम हुन लागेको हो।

बालबालिकाको सहयोगमा हाइकिङबाट जुट्यो एक लाख

नेपालका अभिभावक बिहिन बालबालिकाको पालन–पोषणमा सहयोग गर्न हङकङमा हाइकिङबाट एक लाख बढी संकलन गरिएको छ। नेपालमा जुनु पुनले सञ्चालन गरेको एकीकृत सृजनशील समाजमा आश्रीत बालबालिकालाई सहयोग गर्न हङकङकी ब्लगर जुनु रानाको पहलमा गत आइतबार हाइकिङ आयोजना...

धरानको गोधुली क्लबलाई हङकङबाट १९ लाख सहयोग

धरानमा गोधुली क्लब घरका लागि जग्गा किन्न हङकङमा १९ लाख रुपैयाँ जम्मा गरिएको छ। हङकङमा बसोबास गर्ने धरान वडा–१७ का बासिन्दाले आफ्नो वडामा रहेको गोधुली क्लबलाई सो रक़म उठाइदिएका हुन्।

हङकङकी कविकी छोरीको दार्जिलिङमा रहस्यमय मृत्यु

हङकङकी कवि आयुशी पौडेलकी १८ वर्षीय छोरी आशी क्षेत्री शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी छिन्। आशी दार्जिलिङस्थित आफ्नै घरको शौचालयमा सोमबार बिहान मृत अवस्थामा भेटिएकी थिइन।

महँगो टिकट किनेर हङकङमा ‘द बङ्ग लाइभ कन्सर्ट’ हेर्न नेपाली

हङकङमा महँगो टिकट किनेर ‘द बङ्ग द टुर लाईभ कन्सर्ट’ हेर्न नेपाली सहभागी भएका छन्। आयोजकका अनुसार हङकङ डलर चार सय ९९ देखि तीन हजार नौ सय ९९ सम्मका टिकट ‘सोल्ड आउट’ भएका थिए।

तेक्वान्दो प्रतियोगितामा हङकङकी घरेलु कामदारको प्रवेश

हङकङ तेक्वान्दो एसोसिएसनले आयोजना गर्न लागेको एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा हङकङकी फिलिपिना घरेलु कामदार योलेन्दा तबोएनाले प्रवेश पाएकी छिन्।

हङकङकी नम्रता गुरुङ मिस नेपाल– २०१७ मा छनौट

हङकङको मोडलिङ प्रतियोगिता ‘हन्ट फर फेशन शो–२०१६’ मा सुपर मोडेलको उपाधि जितेकी नम्रता गुरुङ मिस नेपाल–२०१७ को लागि छनौट भएकी छन्। हङकङबाट यसरी मिस नेपाल प्रतियोगितामा भाग लिन पाउने उनी पहिलो प्रतियोगी बनेकी हुन्।

चौकीदारीदेखि हङकङको कन्स्ट्रक्सनसम्म

कहिलेकाहीँ म नेपाली रजतपटले ‘ट्रेन्ड चेन्ज’ गर्ने कालखण्डका दुई प्रतिस्पर्धी पात्र, जसले एकै खालको सौन्दर्यचेत बोकेका छन्, सुवास र दयाहाङबीच तुलना गरी हेर्छु। सुन्दरताको मापन चलनचल्तीकै तरिकाले गरिहेर्दा पनि सुवास निर्माताले हतारमा छिनो चलाएजस्तो...

हङकङकी कवि मनुलाई पारिजात पुरस्कार

हङकङकि कवि मनु कन्दङ्वालाई पारिजात साहित्यकार पुरस्कार प्रदान गरिएको छ। हङकङ नेपाली फाउण्डेसनले मनुलाई गतसाल प्रकाशित उनको कविता संग्रह ‘बलिहाङ तङनाम’ का लागि आइतबार उक्त पुरस्कार दिएको हो।

भूकम्प पीडितका लागि ‘साहारा साँझ’

दुई वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङको माध्यमिक विद्यालय भवन निर्माण तथा विपन्न वर्गको बालबालिकहरुको सहयोगार्थ हङकङमा ‘साहारा साँझ तेस्रो’ हुने भएको छ। साहारा क्लब हङकङले शनिबार कार्यक्रमबारे जानकारी गराएको छ।

नमो बुद्ध आमा समुह र नेपाली कन्सुलेटको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाइने

हङ्कङ नेपाली महावाणिज्यदूताबास र हङकङ नेपाली महिला संघको संयुक्त अयोजनामा २५६१औ बुद्ध जयन्ती मनाइने भएको छ। बिहिबार एक जानकारी भेलाको आयोजना गर्दै कार्यक्रम सार्वजनिक गरिएको हो।

चिनियाँ भाषा सिक, पेशा नछाड

अहिले गरिएको निर्णयले भविष्यमा मलाई झैं पछुताउनु नपरोस्। मैले छोरीलाई यही दिक्षा दिइरहेकी छु। मोडलिङ र हङकङ सरकारको एउटा परियोजनाको सद्भावना दूत उनले मेरो सुझावलाई मनन् गरे जस्तो लाग्छ।

धमाधम हङकङका अस्पताल छिर्दै नेपाली नर्स

‘शैक्षिक योग्यता अनुरुप काम नपाइने’ भनिने हङकङमा १० अप्रिल, बुधबारदेखि फेरि अर्की नेपाली नर्सले स्थानीय अस्पतालमा ड्युटी शुरु गरिन। पोखराकी प्रमिला गुरुङले माटिल्डा इन्टरनेशल हस्पिटलको मेडिकल सर्जिकल वार्डमा हेल्थ केयर असिस्टेन्टको रुपमा काम सुरु...

हङकङमा हाइकिङ गर्दै सहयोग जुटाउँदै

पछिल्लो समय हङकङमा विभिन्न सहयोगका लागि रकम संकलन गर्न हाइकिङ आयोजना गर्ने क्रम बढ्न थालेको छ। नेपाली समुदायमा निःशुल्क स्वास्थ्य सेवा दिइरहेको ‘एथ्निक मायनोरिटिज हेल्थ एण्ड एजुकेसन सर्भिस’ ले फेरि च्यारिटी हाइकिङ आयोजना गरेको छ।

रोजगार तालिम चलाउन हङकङ नेपाली महासंघलाई ५ लाख डलर

हङकङ नेपाली महासंघले दोश्रो चोटी हङकङ सरकारको गृह मामिला बिभागबाट ५ लाख हङकङ डलर बराबरको परियोजना पाएको छ। उसले १ अप्रिल २०१७ देखि ३१ मार्च २०१८ सम्मका लागि यो परियोजना पाएको हो।

ताइवानमा अनुसन्धानरत एक नेपालीको मृत्यु

ताइवानमा एक नेपाली मृत अवस्थामा फेला परेका छन्। विद्यावारिधिका लागि अनुसन्धानरत ३१ वर्षीय सन्तोष पौडेल नेसनल ताइवान युनिभर्सिटीमा शनिबार मृत फेला परेका हुन्।

चीनको ग्वान्झाओ आइपुगे महावाणिज्यदूत भट्टराई

दक्षिण चीनको ग्वान्झाओका लागि महावाणिज्यदूतमा नियुक्त भएका रवी भट्टराई सोमबार बिहानै ग्वान्झाओ उत्रिएका छन्। ग्वान्झाओ उत्रिए लगत्तै भट्टराईले केही सातामै महावाणिज्य दूताबास सञ्चालनमा आउने बताए।

महाबीरलाई सहयोग गर्न हङकङमा ‘गोर्खा साँझ’

भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङले २८ मेमा ‘भारतीय गोर्खा भूपू साँझ २०१७’ आयोजना गर्ने भएको छ। साँझ ७ बजे युनलोङ थिएटरमा हुने कार्यक्रमबाट संकलित केही रकम महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने संघले जनाएको छ।

अरनोललाई हङकङबाट अन्तिम बिदाई

हङकङमा अरनोल गुरुङको श्रद्धान्जलि सभामा चलेको रुवाबासीले शोकसभामा भेला भएका सबैको मन पग्लियोे। शनिबार बिहान हङकङको हुमहाम शवदाहगृहमा भएको रुवाबासीमा मन थाम्नै नसकिने वातावरण थियो।

हङकङमा न्याउली रोयो

हेमन्तको साईंली र न्याउली रोयो को प्लट एउटै छ। तर कथाले भन्न खोजेको कुरा अलिकति भिन्न छ। साईंलीमा अरबमा कमाउन गएका एउटा श्रमिक र घर स्याहारेर बसिरहेकी अर्धागिंनीको विरह कथा छ। जुन परम्परागत लाग्छ। न्याउलीमा चाहिँ प्रेमिका विदेशिएपछि गाँउमा...

हङकङमा दुर्घटनाबाट मर्ने नेपाली बढे

२९ मार्चका दिन सुत्यासुत्यै भएका ७४ वर्षीय रक्ष गुरुङको शव आज नेपाल एयरलाईन्सबाट नेपाल लगिदैछ। नाईट ड्यूटीबाट फर्किएर खाना खाईवरी सुतेका रक्षलाई श्रीमतीले बेलुकी ६ बजे चिया तयार पारी उठाउँदा नउठेपछि उनको मृत्यु भएको खुलेको थियो ।

विश्वयुद्ध लडेका पूर्खाको सम्झना

हरेक ५ अप्रिलका दिन सातिन क्यासिनो लाइनस्थित समाधिस्थलमा पुग्ने नेपालीका हातका फूल र मस्तिष्कमा अघिल्ला पुस्ताको तस्बिर हुन्छ नै। यसपटक पनि उनीहरुले त्यहाँ पुगेर पुर्खाका स्मारकहरुमा फूल चढाए। त्यहाँ लेखिएका स्मृती–अक्षरहरु पढे। र, केही बेर...

We Nepali Students: Bridge Between EM and Local Chinese

The new generation will be the one to raise the voices of Nepali Hong Kongers in Hong Kong - youths driven with creativity, passion and ambition to make a mark in the city they grew up in.

मोडल ऐजेन्सीले खोल्यो नेपाली फेशन हाउस

हङकङमा फेशन शो गराउँदै आइरहेको एक्लो नेपाली मोडलिङ ऐजेन्सी ‘सेन्स अफ क्लिक’ ले जोर्डनमा फेशन हाउस शुभारम्भ गरेको छ। क्लिकका पवन सुब्बा र मौसम श्रेष्ठले संयुक्त लगानीमा खोलेको ’सेन्स अफ क्लिक फेशन हाउस’ को सन २००० कि मिस हङकङ नेपालकी विजेता ममिता...

त्रिजा र सुजनलाई नेपाल आउनजान क्याथे एयरलान्सको फ्रि टिकट

भर्खर नेपाल गएर फर्किएकी त्रिजा गुरुङले आइतबार भएको भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि हात पार्दै नेपाल आतेजाते टिकट जितेकी छिन्। पुन मगर समाज हङकङले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा त्रिजाको क्लब ‘घान्द्रुक महिला भलिबल टिम’ ले...

नेपालमा शिक्षा र स्वास्थ्य सेवाका लागि 'भेडी गोठाले' प्रदर्शन हुँदै

स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष स्थापनार्थ चलचित्र ‘भेडी गोठाले’लाई ७ मे २०१७ का दिन हङ्कङस्थित याउमा तेई कम्युनिटीहलमा प्रर्दशन गरिने भएको छ। शनिबार पत्रकार सम्मेलन आयोजना गरी मिलन डिजी ईन्टरनेसनल प्रालिका अध्यक्ष एवंमचलचित्रका लगानीकर्ता...

हङकङ युनिभर्सिटिमा जब विद्यार्थीले उचाले नेपाली झण्डा

हङकङस्थित एसियाको प्रसिद्ध युनिभर्सिटीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले साँस्कृतिक महोत्सव सम्पन्न गरेका छन्। नेपाली झन्डा उचालेका विद्यार्थी आफैले नाचेर, गाएर दर्शकलाई नेपाली संस्कृति बुझाउने प्रयास गरेका थिए।

गुरुङ सिनेमा 'सुनको फूल' फेरि प्रदर्शन हुने

यूमातेई कम्यूनिटी हलमा गुरुङ भाषाको चलचित्र मारय-ट (सुनको फूल) को प्रिमियर शो भव्य रुपमा सफल भएकोले अर्को शो पनि गरिने भएको छ। दर्शकको मागका कारण छिटै अर्को शो हुन गैरहेको फिल्मका निर्माता राम गुरुङ जानकारी दिए।

Blog

Special

NepalKhabar Tweets