blog

हङकङको भविष्य बताउने ती ज्योतिषलाई सम्झँदा

सायद ज्योतिषहरूकै भविष्यवाणीको प्रभावले हुन सक्छ, हङकङका धेरै मानिस अमेरिका, क्यानाडा, अष्ट्रेलिया, बेलायततिर बसाइ सरे। तर ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनले परराष्ट्र र रक्षा नीति बाहेक अन्य क्षेत्रमा धेरै हस्तक्षेप नगरेपछि ती मानिस फेरि हङकङ फर्केका छन्।

नेपाल र दार्जिलिङको कुटुम्बेली नाता टुट्न नदिउँ

सयौँ वर्षदेखी आफ्नै भूमिमा दोस्रो दर्जाको नागरिक सरह गुज्रिन परिराखेको नमिठो अवस्थाबाट उन्मुक्ति खोज्दै भारतीय नेपाली ज्यानलाई बाजिमा राखेर आन्दोलन गरिरहेका छन्। यस्तो संवेदनशील समयमा अनेक राम्रा नराम्रा कुराहरु आउनु स्वाभाविक हो। राजनीतिक स्वार्थको फाइदा लिन कति तत्वहरु आन्दोलन तुहाउन पनि लागेका होलान्।

के हुँदैछ दार्जिलिङमा?

मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा छ। यो ‘चिकेन नेक’ का रुपमा परिचित २० किलोमिटर चौडा करिडोरको छेवैमा छ। जसको सीमाना चीन, म्यानमार र बंगलादेशसँग जोडिन्छ र त्यहाँ पृथकतावादी आन्दोलन पनि चलिसकेको छ।

हिरोइनसँग डिनर पैसाका लागि मात्र थिएन

हाइकिङ र च्यारिटी डिनर दुई भिन्दाभिन्दै कार्यक्रमको कुल आय करिब ३७ लाख रुपैयाँ र व्यय करिब २७ लाख ११ हजार थियो। उठेको रकमको ठूलो हिस्सा होटल सेराटानमा आयोजित ‘च्यारिटी डिनर‘ मा खर्च भएको छ। यसै शिर्षकमाथि टिप्पणी गर्दै कतिपयले पाँचतारे होटलमा किन कार्यक्रम गरिएको होला भनि प्रश्न उठाउनु भएको छ।

Fixing the Heart of a Heartless man

Both of these young doctors decided to resign last month. And they postponed for only one reason. To witness the surgery. Surgery to fix Charles Sobhraj’s heart.

हङकङमा ईश्वर गुरुङको नक्कली फेशबुक पेजबाट यस्तो धन्दा

ईश्वर गुरुङको फेशबुक आईडीबाट आफ्ना ‘प्रतिद्वन्द्वी’ र मन नपरेका ब्यक्तिहरुमाथि प्रहार गरिरहेका छद्यभेषीहरुले पर्दा पछाडिबाट एउटा गोलीले दुइ वटा शिकार गर्न खोजिरहेका छन्।

गाउँको चुनावमा म

हजुरबुवा काङ्ग्रेस पार्टीबाटै वडा अध्यक्षमा विजयी हुनुभएको मलाई याद छ। बाबा, कान्छाबाबाहरु काङ्ग्रेसको सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो त्यतिबेला। गाउँमा राजनीति यतिसम्म लाग्यो कि चुनावको बेला आफन्त पर्ने जोकोही भएपनि बेग्लाबेग्लै पार्टी छ भने बोलचाल बन्द हुन्थ्यो।

मेरी बोजु जस्ती लिलियान

लिलियानको एउटा अनौठो बानी छ। किनमेलको सामान झोलामा थन्क्याई सकेपछि ब्यागबाट एउटा किट्क्याट चकलेट निकालेर मलाई दिन्छिन्। यो क्रम मैले उनलाई चिने देखिकै हो।

हङकङकी मुन मुन र चिनियाँ पर्यटक

होजिए चेङ र मुन मुनजस्तै अन्य चिनियाँहरुका लागि नेपाल यात्रा त्यति सजिलो छैन। जो चिनियाँहरु अंग्रेजी भाषा बोल्न सक्दैनन्, उनीहरुको लागि नेपाल यात्रा अन्धकारमय हुन्छ। किनकि ठमेलतिरका एकाध व्यापारीबाहेक बाँकी नेपालीहरुले चिनियाँ भाषा बोल्न जान्दैनन्।

के सबै पुरुष खराब हुन्छन्?

केहि समययता अनलाइन र प्रिन्ट मिडियामा केही उग्र नारीवादीहरुको जुलुस नै निस्किएको देखिन थालेको छ।उनीहरुको कुरा मान्ने हो भने यो संसारमा भएका सबै पुरुषहरु खराब हुन् र महिलाहरुको सबै दु:खका कारण पुरुषहरु नै हुन्।

जात र भातलाई सरल भाषामा बुझाउने सिनेमा 'घामपानी'

अन्तरजातीय विवाह नेपाली समाजमा स्वीकार्य छैन।कथा परम्परागत भए पनि प्रस्तुति नौलो छ। फिल्मका दृश्य अनि पटकथामा नेपाली समाज भरिएको छ। घामपानीले दुई फरक समुदायलाई जोडेको छ।

चौकीदारीदेखि हङकङको कन्स्ट्रक्सनसम्म

कहिलेकाहीँ म नेपाली रजतपटले ‘ट्रेन्ड चेन्ज’ गर्ने कालखण्डका दुई प्रतिस्पर्धी पात्र, जसले एकै खालको सौन्दर्यचेत बोकेका छन्, सुवास र दयाहाङबीच तुलना गरी हेर्छु। सुन्दरताको मापन चलनचल्तीकै तरिकाले गरिहेर्दा पनि सुवास निर्माताले हतारमा छिनो चलाएजस्तो भ्यात्त भुँडी बाहिर निस्केका दयाहाङभन्दा बढी आकर्षक लाग्छन्।

चिनियाँ भाषा सिक, पेशा नछाड

अहिले गरिएको निर्णयले भविष्यमा मलाई झैं पछुताउनु नपरोस्। मैले छोरीलाई यही दिक्षा दिइरहेकी छु। मोडलिङ र हङकङ सरकारको एउटा परियोजनाको सद्भावना दूत उनले मेरो सुझावलाई मनन् गरे जस्तो लाग्छ।

We Nepali Students: Bridge Between EM and Local Chinese

The new generation will be the one to raise the voices of Nepali Hong Kongers in Hong Kong - youths driven with creativity, passion and ambition to make a mark in the city they grew up in.

हो, त्यसैले मैले भ्रुणहत्या गरेँ!

हिमाल अँगालो मारेर रोयो। हो, यतिबेला मैले संसारभरको सुख प्राप्त भएको महसुस गरेँ। सन्तान मोह कस्तो हुने रहेछ, मेरो हिमाललाई देखेर थाहा भो। मेरो आँसु पुछिदिँदै ‘मलाई बाबा बन्ने सौभाग्य दिएकोमा आभारी छु’ भन्दै उसले मेरो निधारमा चुम्बन गर्दा म सम्हालिनै सकिन।

विदेशका नेपालीसँग माग्दै, रोग निको पार्दै

डाक्टरहरुले उनको बोनम्यारो ट्रान्स्प्लान्टमा १४ लाख लाग्ने बताए। तर चकरघट्टीमा खेती किसानी गर्ने उनको परिवारसँग छोरीको उपचारका लागि १४ लाख रुपैयाँ जुटाउन सक्ने हैसियत थिएन। रोग लागेको झण्डै ३ वर्ष समय बितेपछि मृत्युसँग जुझिरहेकी कल्पनालाई हामीले भेट्यौं। त्यसपछि सुरु भयो उनलाई बचाउन आर्थिक सहयोग जुटाउने अभियान।

हङकङसँग कांग्रेसको राजनीतिक कनेक्सन

काँग्रेसका नेता प्रकाशमान सिंह जहिले हङकङ आउनुहुन्छ हामी कार्यकर्तालाई गज्जबको उर्जा भरेर फर्कनुहुन्छ। एकताबद्ध गराउन हरसम्भव प्रयत्न गर्नुहुन्छ। उहाँको प्रशिक्षणमा यस्तो स्पिरिट छ, जसले सुस्ताएको शरीरलाई तरोताजा बनाउने क्षमता राख्दछ।

हङकङमा प्रकाशमानलाई ३ दिनमा ३ टेन्सन

सबै एक ठाउँमा जम्मा भएको बखत जाँदाजाँदै नेता सिंहले पनि तिनलाई एउटा होमवर्क छाडेर गएका छन्– अबको ३ वर्षपछि जनसम्पर्क समिति हङकङको रजत जयन्ती भव्य मनाउन अहिल्यैदेखि तयारी गर्नुहोला। तर तपाईंहरु सबै एक नभई त्यसको तयारी पुग्दैन है!

लोकेले हङकङमा टोपी फुकालेको दिन

वर्षौं कुरेपछि बल्लबल्ल लोकेको हङकङ आईडी कन्फर्म भो। उल्लाई ऐलेसम्म देखेको सपना एकमुष्ठ पूरा भएको महसुस भो। मनमनै सोच्यो, तल्लाघरे काईंलीलाई नदेखाई कहाँ छोड्छु र!

सखी, हङकङले तिम्लाई घर न घाटको बनायो है!

कोही भाँडा माझ्दामाझ्दै, कोही हलो जोत्दाजोत्दै त कसैले डोकोनाम्लो मिल्काएर यस मायावी सहरका लागि जहाज चढे। १९९७ पछि हङकङ धाउन सुरु गरेका हूलका हूल गोर्खाली सन्तानको यो आगमन अझै रोकिएको छैन। यसै लर्कोमा नब्बेको दशकमा म पनि यो सहरको दैलो टेक्न आइपुगेँ।

चिनियाँ सागरमा ‘कार्ल भिन्सोन’ प्रवेश गरेपछि

‘कार्ल भिन्सोन’ नामको विमानवाहक पानीजहाज दक्षिण चिनियाँ सागरमा केही साताअघि प्रवेश गरेपछि हालसम्म तीनवटा अमेरिकी विमानवाहक पानीजहाजले एशियामा अड्डा जमाइसकेका छन्। ‘युद्धरत क्षेत्रको उच्च प्रतिरक्षा प्रणाली’ अर्थात् थाडको प्रक्षेपण तख्ता दक्षिण कोरियामा पुर्‍याएर अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको सिराबाट पुनः कोरियाली प्रायद्बीपको परिस्थितिलाई जटिल पारिएको छ।

आधुनिक देवबाट कसरी जोगिने कुमारी?

शरिर नै कुनै यौनाकांक्षा जगाउने गरि विकसित भैनसकेका बालिकामाथि जाइलागेर स्खलित हुन खोज्नेहरुका परपीडन जब पढ्छु, आँखा अगाडी मेरा दुई प्रिय नावालिग छोरीका निश्चल मुहार आइहाल्छन्। दूरदराज़मा हवसका शिकार भएका नानीहरु मेरो आफ्नै खुन जस्ता लाग्छन्!

भाषा मर्दा राज्यलाई पक्षघात हुन्छ

प्रदेशहरुका भाषिक नीति यसरी बनाउन सकिन्छ, जुन नीतिले भाषालाई अवसरसँग प्रत्यक्ष जोड्ने काम गरोस्। राज्यमा भएका मातृभाषालाई अवसरसँग जोडिदिने हो भने राज्यले विशेष नीति बनाउनै पर्दैन। भाषा सिके अवसर प्राप्त हुने भएपछि कमजोर र सीमान्त भाषा पनि उन्नत र समृद्ध हुँदै फक्रने निश्चित छ।

हङकङमा ब्यापार थाल्नु पहिले

हङकङका नेपाली यसअघि ब्यापारमा संलग्न नै नभएका होइनन्। करिब एक दशकदेखि नै किराना पसल, रेष्टुरेन्ट तथा बारदेखि रियलस्टेट, आयात–निर्यात, ट्राभल–टुर्स, निर्माण कम्पनी जस्ता ब्यापारमा नेपाली संलग्न छन्। तर ब्यापारिक कानुनी पक्षबारे जानकारी नहुँदा कतिपय नेपालीले पछि गएर कानुनी अप्ठेरो सामना गर्नु परेको समेत पाइएको छ।

काललाई जितेर फर्केका नेत्रसँग हाइकिङ अन्तरंग

६ घण्टा लामो हाइकिङमा पहराईको आत्मविश्वासले भरिएका प्रतिबद्धता र जीवन जिउँने कला सुनेपछि मैले जोर्डनतिर ओरोलो लाग्ने बाटो समाएँ, नेत्र पहराई तुङचुङतिर फर्किए। फर्किनुअघि एकटक उनलाई हेरिरहें। मगज मन्थन गरिरहेथ्यो– ‘मान्छेलाई दुर्घटनाले पनि बोधिसत्व पथमा लैजाँदो रहेछ।’

विदेशमा हाम्रो पहिचान नै नेपाली

नेल्सन मण्डेलाले भनेका छन्, ‘यदि तपाईं कुनै व्यक्तिसँग एउटा भाषामा कुरा गर्नुहुन्छ भने त्यो उसको दिमागमा जान्छ, यदि तपाईं त्यो व्यक्तिसँग उसकै भाषामा कुरा गर्नुहुन्छ भने त्यो उसको हृदयमा जान्छ।’

हङकङमा स्कुलदेखि चर्चसम्म नेपाली भाषा अभियान

शिक्षा, अस्पताल, श्रम, गृहमामिला विभाग तथा समानअवसर आयोग, हङकङ प्रहरी र अदालत लगायतका सरकारी निकायले नेपाली सहित अल्पसंख्यक समुदायका भाषामा समेत सूचना, जानकारीहरु प्रकाशित गरिरहेका छन्। यसले सरकारका नीति नियम बुझ्न ती समुदायका मानिसलाई सजिलो बनाइदिएको छ।

हङकङमा पक्राउ पर्नुभो? मौन बस्न सक्नुहुन्छ

पक्राउ गर्ने क्रममा पनि प्रहरीले यसरी सावधान गराउनु पर्छ– ‘यदि तपाईं भन्न चाहनु हुन्न भने कुनै पनि कुरा भन्न बाध्य पारिने छैन। तर तपाईं जे भन्नुहुन्छ त्यो लेखेर वा रेकर्ड गरेर राखिनेछ र प्रमाणका रुपमा दिन सकिनेछ।’

भिक्टोरिया पिकमा यसरी जन्मियो हङकङको पहिलो नेपाली संस्था

राजा नै सेनाका परमाधिपति र सेनामा दरबारकै पकड भएकाले नेपालका बहुदलवादी नेताहरू हङकङ आउँदा यहाँको सेनोको अफिसले खासै वास्ता गर्दैनथ्यो। राजा, राजपरिवार र शाही नातेदारहरू आउँदा भने सुरक्षा र अन्य व्यवस्था चुस्त हुन्थ्यो।

Blog

Special

NepalKhabar Tweets