हङकङ सरकारसँग अल्पसंख्यक विद्यार्थीका १४ माग

अघिल्लो वर्ष झैं यसपालि पनि हङकङका अल्पसंख्यक समुदायका विद्यार्थीहरुको सरोकार समूहले सरकारलाई ‘विभेदकारी शिक्षा नीति’ सुधार गर्न १४ बुँदे माग राखि हस्ताक्षर अभियान चलाएका छन्। हङकङमै जन्मिएर यतै हुर्किएका र यहिँ भविष्य खोजिरहेका अल्पसंख्यक समुदायका नयाँ पुस्ताले शिक्षा प्रणालीमा सुधार ल्याउन माग गरेका हुन्।

सरोकार समूहले हङकङको शिक्षा नीतिले हङकङ जस्तो बहुसांस्कृतिक समाजका आकांक्षा सम्बोधन गर्न नसकेको भन्दै सन् २०१४ देखि हस्ताक्षर अभियान सञ्चालन गरि हङकङ सरकार, कार्यकारी प्रमुखको कार्यालयमा बुझाउँदै आएको छ।

सरकार समक्ष पेश गरिएको माग पत्रले अल्पसंख्यक विद्यार्थीका समस्या बुझ्न र नीति बनाउन संसदमाथि पनि दबाब पर्ने हुनाले यो अभियान थालिएको अभियानमा संलग्न जेफरी ऐन्ड्रूले बताए। हङकङमै जन्मेर हुर्किएका भारतीय मूलका जेफरी भन्छन्, ‘यसपटक १४ जनवरी शनिबारको दिन हस्ताक्षर बुझाउने कार्यक्रम राखिएको छ, त्यसभन्दा अघि सरोकारवाला समुदायका सबैले हस्ताक्षर गरेर आफ्ना बालबच्चाको भबवष्यप्रति चनाखो बनौँ।’

‘अल्पसंख्यक समुदायका अघिल्लो पुस्ताले यहाँको शैक्षिक समस्या बुझ्न सकेनन्, नबुझेपछि सरकारसँग माग राख्न सकेनन्, माग नराखेपछि सरकारले पनि सबै ठिकै होला भन्दै हरेक वर्षको बजेटमा हाम्रा सरोकारलाई सम्बोधन गर्ने आवश्यकता ठानेन,’ हस्ताक्षर अभियान संचालन गर्ने सरोकार समूहका नेपाली सदस्य बसन्त आङ्बुहाङ भन्छन्, ‘त्यसैले हङकङको शिक्षा प्रणाली र त्यसको व्यवहारिक पाटा बुझेका नयाँ पुस्ताका विद्यार्थीहरु संगठित भई सरकारलाई अल्पसंख्यक विद्यार्थीका समस्या अवगत गराउँदै नीति नियम बनाउन हस्ताक्षर अभियान थालिएको हो।’

यो सरोकार समूहमा नेपाली, भारतीय, फिलिपिना, पाकिस्तानी विद्यार्थीहरु संलग्न छन्।

यस्ता छन् सरोकार समूहका माग

प्रकाशित 2017-01-11 10:23:28