गोर्खा भूपू सैनिक संघमा हेम प्रताप अध्यक्ष



बृटिश गोर्खा पूतपूर्व सैनिक संघ हङकङको अध्यक्षमा हेमप्रताप गुरुङ सर्वसम्मत चयन भएका छन्। आइतबार जोर्डनमा भएको नवौँ अधिवेशनले गुरुङलाई अध्यक्ष चयन गरेको हो।

एघार सदस्सीय नयाँ कार्य समितिमा खड्गबहादुर राई, इश्वरप्रसाद गुरुङ, उत्रसेर राई, कमान सिंह राना, पासाङ शेर्पा क्रमशः उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा नेत्र थापा, देशराज राई, गणेश राई, कृष्णकुमार गुरुङ र होमबहादुर गुरुङ रहेका छन्।

हङकङमा सन् १९९५ मा स्थापित यो जेठो संस्थाले गोर्खा सैनिक सम्बन्धि क्लब स्थापना गर्ने, हङकङमा गोर्खा सैनिकहरुका योगदानबारे बिभिन्न माध्यमद्वारा स्थानिय नेपाली तथा चिनियाँ युवा जगतमा चर्चा गर्ने, गोर्खा सैनिक सम्बन्धि प्रदर्शनी गर्ने, गोर्खा स्मारकको संरक्षण सम्बर्द्धन गर्ने प्रमुख लक्ष्य राखेको नवनिर्वाचित अध्यक्ष हेमप्रताप गुरुङले बताए।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 12:29:21

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets