Alpha Travel

महिला दिवस मनाउन ‘जात्रा’ प्रदर्शन



महिला संघ हङकङले यस वर्षको महिला दिवस मनाउन आर्थिक जोहोका लागि ‘जात्रा’ चलचित्र प्रदर्शन गर्ने भएको छ। ९ जनवरी सोमबारर नमोबुद्ध आमा समूहको सभाकक्षमा दिइएको जानकारी अनुसार, सदा झैं यसपालिको महिला दिवस पनि विशेष हुनेछ।

संघले यसअघि नेपालमा राम्रो काम गरिरहेका प्रेरक महिलालाई हङकङ निम्त्याएर सम्मान सहित प्रवचन कार्यक्रम राख्दै आएको छ। २०१४ देखि यस्तो कार्यक्रम गर्दै आएको संघले यसअघि डा. रेणुका गुरुङ, इन्दिरा राना र चरीमाया तामाङलाई ल्याएर सम्मान गरी र तिनका अनुभव सुनेको छ। संघकी अध्यक्ष टीका गुरुङ अनुसार यो वर्ष ४ जना विशेष महिलालाई मनोनयन गरी हङकङ निम्त्याउन छनौटका निम्ति छलफल शुरु भएको छ।

जात्रा फिल्म प्रदर्शन ५ फेब्रुअरीका दिन याउमातेई कम्यूनिटी हलमा हुनेछ।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 14:07:02

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets