Alpha Travel

गुरुङ फिल्म हेरेर पैंचो तिरातिर



घान्द्रुक समाज हङकङका अध्यक्ष मिलन गुरुङले आइतबार साँझ ६ बजे फेशबुक स्टाटस अपडेट गरी ‘साथीभाई पालो–पैंचो नबिर्सनु होला’ भन्नासाथ जोर्डन वरिपरी आइतबारे बिदा मनाईरहेका सामाजिक नेताहरु दौडेर यूमातेई कम्यूनिटी हलमा पुगे। समाजले हलमा ७ बजेदेखि गुरुङ फिल्म समीङ्ही (दम्पति) को शो शुरु गर्न गैरहेको थियो।

सातामा कम्तिमा एउटा सांस्कृतिक कार्यक्रम वा फिल्म शो हुने हङकङमा सामाजिक कर्ममा सक्रिय मिलन जस्ता अगुवाहरुले भिआईपी र भिभिआईपी टिकटका नामममा हरेक महिना ५ देखि १० हजार डलर दान दिनुपर्ने चलन नै बसिसकेको छ। मिलनले अन्य आयोजकहरुलाई त्यहि स्मरण गराईदिएका थिए।

भाषा नबुझे पनि करिब ४ सय जना दर्शकले नेपाली परिवेश झेलिरहेका दम्पति माथि बनेको कथालाई पर्दामा हेरे। श्रम गर्न विदेश गएका श्रीमान्को अनुपस्थितीमा नेपालमा श्रीमतीले परपुरुषसँग राख्ने सम्बन्ध र त्यसको प्रभाव र असरमाथि फिल्मको कथा लेखिएको छ।

घान्द्रुकबासी सुनिल गुरुङको कथा तथा निर्माणमा बनेको यो फिल्मलाई गुन्ज बहादुर गुरुङले निर्देशन गरेका हुन्। यसअघि २०१४ मा समाजले अर्का घान्द्रुके युवाले बनाएको फिल्म भ्रें (पाहुना) देखाएको थियो।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 12:18:39

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets