Alpha Travel

बगैँचा पुरस्कार कलाकार दिपेन्द्र राईलाई



हङकङको बगैँचा सञ्चारले चित्रकलामा योगदान दिएका दिपेन्द्र राईलाई पुरस्कार दिने निर्णय गरेको छ। २०१४ मा जम्मा गरिएको अक्षयकोषबाट आएको ब्याजबाट यसपालिको पुरस्कार राईलाई दिने निर्णय भएको आइतबार पत्रकार सम्मेलन कार्यक्रममा संयोजक सुवास राईले जानकारी दिए।

ललितकला क्याम्पसबाट २०५१ सालमा चित्रकला विधामा ग्रयाजुएट गरेका दिपेन्द्र राई त्यसयता निरन्तर यस क्षेत्रमा सक्रिय छन्। ललित कला क्याम्पसका बर्तमान प्रमुख विपिन घिमिरेको रेनासा इन्स्टिच्युट अफ फाईन आर्टमा ४ वर्ष अध्ययन गरेका राईको बलपेन आर्टमा विशेष दक्षता छ। नेपालमा बलपेन आर्ट भित्र्याउने राई पहिलो कलाकार हुन्।

दिपेन्द्रले बलपेनले बनाएको स्वंयको चित्र

उनले आफुले गरेका बलपेन आर्टको प्रदर्शनी नेपाल र हङकङमा गरेका छन्। सन् २००७ मा हङकङ आएयता उनले स्थानीय कलाकारहरुसँग मिलेर नेपाली कला र संस्कृतिलाई टेवा पुर्याइरहेका छन्।

बलपेन आर्टमा उत्कृष्ट भएबापत नेपालभरका कलाकारलाई उछिन्दै राईले सन् २००५ मै ‘वर्ष पुरुष कलाकार’ को सम्मान पाइसकेका छन्।

बगैँचा नाईट हुने
हङकङको बगैंचा संचार प्रालिले अक्षयकोषका लागि नेपाली कलाकारहरु ल्याएर सांगितिक कार्यक्रम पनि गर्ने भएको छ। ५ फेब्रुअरीमा वरिष्ठ गायिका तारा थापादेखि पछिल्लो पुस्ताका चर्चित कलाकार आस्था राउतलाई मन्चमा उतारिने छ। बगैंचा नाईटमा हाँस्य कलाकार महेन्द्र बगदास, गायक विनोद राई, पुष्कर सुनुवार, सुनिता थेगिम र डान्सर सुरेश राईलाई हङकङ झिकाइँदैछ।

शिक्षा, साहित्य, गरिबी निवारण र कला क्षेत्रमा योगदान दिनेलाई पुरस्कार दिन बगैंचा संचारले सन् २०१४ मा पहिलो सांगितिक कार्यक्रम गरी अक्षयकोष स्थापना गरेको थियो। पहिलो कार्यक्रममा उठेको रकमबाट बचेको पैसाबाट ४० हजार डलर बराबरको अक्षयकोष खडा गरिएको संचारका अध्यक्ष नरेश सुनुवारले बताए।

सामाजिक सेवाभावले बगैंचाको कार्यक्रम हुन गइरहेको बताउँदै संयोजक सुवास राईले अघिल्लो पटक झैं यसपालि पनि सबैबाट सहयोगको आशा राखिएको बताए। बगैँचा नाइटका लागि २०० र ३०० दरका टिकट बिक्रि गरिने राइले बताए।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 09:44:08

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets