हङकङमा आनन्द कार्कीको दोस्रो अध्याय



केहि समय सांगितिक आकाशबाट हराएका सुगम संगीतका ‘बादशाह’ आनन्द कार्कीले आफ्नो पुनरागमन यात्रा हङकङबाट प्रारम्भ गरेका छन्। उनको नयाँ एलबम ‘लभ यू फरइभर’ निस्किएको केहि अन्तरालमै उनले हङकङमा लाईभ प्रस्तुति दिए।

उनलाई हिन्दु संघ हङकङले निम्त्याएको थियो। हङकङमा एकल साँझ गर्न आइपुगेका उनलाई यहाँका दर्शकले उनकै शब्दमा ‘नसोचेको माया’ दिए। कार्कीले यसलाई सांगितिक यात्राको दोश्रो अध्यायको रुपमा लिएका छन्।

यूमातेई कम्युनिटी हलमा भएको कार्यक्रमबाट धीत नमरेपछि हङकङ महिला अगुवा संघले कंगन रेष्टुरेन्टमा अर्को एकल साँझको आयोजना गर्यो। आफ्ना चर्चित गीत ‘यी हल्लाहरू हुन्’, ‘सुनसान रातमा’, ‘गए जाला ज्यान’ जस्ता दर्जन गीतमा श्रोता झुमाईरहेका कार्कीलाई मध्यरातमा आयोजक महिलाले जन्मदिनको शुभकामना दिई चकित पारे। आयोजकले केक काटेर उनको जन्मदिन नै कार्यक्रम स्थलमा मनाईदिए।

नेपाली सांगितिक रजतपटमा किन हराएको भनि गरिएको प्रश्नमा उनको जवाफ थियो, ‘म काठमाडौँमा नदेखिएको मात्र हो, बाहिर रहेका नेपालीबीच सक्रिय भैरहेको छु।’

३३ वर्षदेखि संगीत क्षेत्रमा लागिरहेका कार्कीका ३ हजार भन्दा बढी गीत रेकर्ड छन्। नेपालमा गजल क्षेत्रका ‘पंकज उदास’ को उपमा पाएका कार्कीलाई गजल सम्राटको रुपमा पनि दिईने गरिन्छ।

जहिल्यै हंसमुख र स्वस्थ देखिने कार्की आफु सकारात्मक सोच राखेर हिंड्ने हुनाले फिट रहेको बताउँछन्। २ साता हङकङ बसेर काठमाडौँ फर्केका कार्की भन्छन्, ‘हङकङका दर्शकहरुबाट पाएको मायाले मलाई अझै नेपाली संगीतमा निरन्तर लाग्ने प्रेरणा मिलेको छ।’

कार्कीका चर्चित गीतहरु

यी हल्लाहरु हुन् (आधुनिक)
लाग्छ मन हेरिरहुँ तिमीलाई (आधुनिक)
भरे आउँछ सपनीमा पर्खिराख है (म तिमी बिना मरिहाल्छु)
जनम जनम जिउँला सँगै भाकेर बरपिपलु (बरपीपल)
सुन सुन मायालु जोडी हो (कसम)
म तिमी बिना मरिहाल्छु (म तिमी बिना मरिहाल्छु)

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 18:21:26

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets