Alpha Travel

हङकङमा बढ्दैछ वृत्तचित्रको मोह



कलाकार ल्याई ‘लाईभ परफर्मेन्स’ हेर्ने बानी परेका हङकङका नेपाली विस्तारै वृत्तचित्र, नाटक र साहित्यिक गतिविधितर्फ पनि सक्रिय हुन थालेका छन्। गत साता एक दर्जन कलाकार आएर मन्चन गरेको मुनामदन नाटकको रन्को नसेलाउँदै शनिबार साँझ अर्थात ३१ डिसेम्बरमा हिमाल एसोसियसनले ‘काठमान्डु इन्टरनेशल माउन्टेन फिल्म फेस्टिवल’ किम्फको घुम्ति प्रदर्शन गरेको छ।

स्थानीय एभरेष्ट मीडिया सह–आयोजक रहेको कार्यक्रममा प्रख्यात मानवशास्त्री डोरबहादुर विष्ट माथि बनाईएको वृत्तचित्र ‘कास्टअवे मेन’, सिन्जा उपत्यकाको कथा ‘कमारो’ , त्रिवेणी राईको यथावत, बेलायती नेपालीमाथि बनाईएको ‘आन्टि गंगा’ र हङकङका बक्सर सुरेश गुरुङमाथि बनेको बृत्तचित्र ‘सेकेन्ड राउन्ड’ देखाईएको थियो।

यूमातेई कम्युनिटी हलमा भएको प्रदर्शनीमा डेढ सय जति दर्शक १०० र १५० मूल्यका टिकट काटेर हेर्न भेला भएका थिए। २०१५ बाट शुरु भएको किम्फको हङकङमा यो दोश्रो प्रस्तुति हो। मकाउ र न्यूयोर्कमा पनि किम्फको प्रदर्शनी २–२ चोटी भैसकेको छ।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 12:39:26

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets