अमेरिकामा तामाङ सोसाइटी गठन

अध्यक्षमा टेक लामा तामाङ

अमेरिकाको लस एन्जल्समा टेक लामा तामाङको अध्यक्षतामा तामाङ सोसाइटी अफ लस एन्जल्स गठन भएको छ। लस एन्जल्सवासी तामाङहरुको हालै सम्पन्न भेलाले सोसाइटीको गठन गरेको हो। तामाङ धर्म, संस्कृति र मौलिक रितिरिवाजको जगेर्ना गर्दै कला तथा संस्कृतिको प्रवद्र्धन एवम् संरक्षण गर्ने अभिप्रायले तामाङ सोसाईटी अफ लस एन्जल्सको गठन गरेको हो।

भेलाले ११ सदस्यीय कार्य समितिको गठन गरेको छ। नव गठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राम तामाङ, द्वितीय उपाध्यक्षमा बलराम तामाङ महासचिवमा डोल्मा लामा, सचिवमा जीवन तामाङ, कोषाध्यक्षमा विन्दु तामाङ र सदस्यहरुमा कमल थिङ ,दीपक लामा, तीर्थ घिसिङ र सुमिधा तामाङ रहेका छन्। एक सदस्य पछि थप गरेर कार्यसमितिलाई पूर्णता दिईनेछ।

लस एन्जल्समा रहेका तामाङहरुलाई एकताबद्ध गर्दै आपसी सहयोगमा जोड दिने र विश्वभरका समस्त तामाङ समुदायको विकासमा टेवा दिन सोसाईटी लाग्ने अध्यक्ष लामाले बताए। लस एन्जल्समा रहेका अन्य संघ संस्थाहरुसँग सहकार्य गरी सोसाईटीलाई अगाडि बढाउने योजना रहेको महासचिव डोल्मा लामाले बताइन्।

प्रकाशित 2017-01-11 15:22:09