प्रवासी नेपाली मञ्च यूकेको १२ औं स्थापना दिवस सम्पन्न



नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च यूकेले मंगलबार लन्डनमा एक विशेष कार्यक्रमको आयोजना गरी १२ औं स्थापना दिवस मनाएको छ। कार्यक्रममा नेपाल र बेलायत दुवै देशका सांसदहरुको उपस्थिति रहेको थियो। बेलायती सांसदहरु पनि कार्यक्रममा नेपाली ढाका टोपी लगाएर बसेका थिए।

कार्यक्रममा बोल्दै बेलायतको लेवर पार्टीका सांसद वीरेन्द्र शर्माले बेलायतमा नेपालीहरुको जनसंख्या बढ्दै गएको हुनाले नेपालीहरुले बेलायतमा भोगीरहेका समस्यालाई उठाउन पनि नेपालीहरु बेलायती राजनीतिको मूल प्रवाहमा सक्रिय हुन पर्ने सुझाव दिए। यस्तै बे लेवर पार्टीका सांसदहरु ब्यारी गार्डनर र ग्यारेथ थोमसले बेलायत र नेपालबीचको कुटनैतिक सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिए।

नेपाली राजदूत सुवेदीले विदेशमा बसोबास गर्ने नेपालीहरु जुनसुकै आस्थाका रुपमा भएपनि नेपाल र नेपालीको हितमा सदैव क्रियाशिल रहनुपर्ने धारणा व्यक्त गरे। एनआरएनए युरोपका संयोजक आचार्यले नेपाली मञ्च युकेले सामाजिक क्षेत्रमा उदाहरणीय कामहरु गरेको चर्चा गरे।

कार्यक्रममा प्रमुख अतिथी सांसद कृष्णभक्त पोखरेलले नेपालको विकासमा मञ्चले आगामी दिनहरुमा धेरै भूमिका खेल्न सुझाव दिए। समारोहमा लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसिएट डिन डा पदम सिंखडालाई विशेष सम्मान गरिएको थियो।
नेपाली मञ्चका अध्यक्ष रामशरण सिमखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्था तथा राजनैतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

प्रकाशित ७ पुस २०७३, बिहिबार | 2016-12-22 13:50:01
author photo

प्रजय शुक्ल लण्डनस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

@prajayas


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...