मिरा राईलाई जिताउन हङकङमा अभियान



मगेन्द्र राई

अल्ट्रा धावक मिरा राईलाई नेशनल जियोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ अवार्ड जिताउन हङकङमा अभियान चलिरहेको छ। अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय उपाधी विजेता २६ वर्षीय राईलाई नेशनल जियोग्राफिक च्यानलले २०१७ का दश साहसिक व्यक्तिको सूचीमा छनोट गरेपछि अहिले अनलाइन भोटिङ भइरहेको छ।

सूचीमा परेका दशमध्ये अनलाइन भोटिङका आधारमा सर्वाधिक साहसिक व्यक्ति छनोट गरी अवार्ड प्रदान गरिने छ। अहिलेसम्मको भोटिङमा अग्रता लिइरहेकी मिरा राईलाई जिताउन हङकङदेखि धरान र काठमाडौँमा समेत अभियान चलाएको छ। भोटिङ गर्ने समय अब केही दिनमात्र बाँकी छ।

हङकङमा खेल पत्रकार मगेन्द्र राईको संयोजकत्वमा ‘मिरा राई जिताउ अभियान हङकङ’ सञ्चालन गरिएको छ, जस अन्र्तगत व्यक्तिगत सहयोगमा कोष खडा गरी साइबर अभियान चलाइएको छ। ‘मिराले जित्ने त अब लगभग निश्चित देखिएको छ, उनको अवस्था अझै बलियो रुपमा सुनिश्चित गर्न हामीले यो अभियान चलाएका हौँ।’

मगेन्द्र राईका अनुसार गायिका मिना राईको संयोजकत्वमा काठमाडौँको महाराजगञ्जमा मिरा राईलाई अनलाइन भोटिङ गर्ने अभियान शुक्रबारसम्म रहने छ। त्यस्तै नेपाल स्पोर्टस् काउन्सिलका उप निर्देशक महेन्द्र राईको पहलमा किरात राई खेलकुद संघ काठमाडौँले बुधबार एक जमघट गरी अनलाइन भोटिङ गर्र्दैछ। महेन्द्र राईकै पहलमा किरात राई खेलकुद संघ धरानले पनि मिरालाई भोट दिने अभियान सञ्चालन गरेको छ।

प्रकाशित २८ मंसिर २०७३, मंगलबार | 2016-12-13 10:26:35

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...