जापानबाट नेपाल फर्किएकी महिलाको बाटैमा निधन



जापानबाट नेपाल फर्किने क्रममा एक नेपाली महिलाको बाटैमा निधन भएको छ। जापानमा सपरिवार बस्दै आएकी चितवन जिल्लाकी स्थायी बासिन्दा ४२ बर्षीया मथुरादेवी भण्डारीको बाटैमा निधन भएको हो। उनका श्रीमान इन्द्र भण्डारीले दिएको जानकारीअनुसार विमान उड्न ढिलाइ (डिले) भएपछि उनी पुनः टोकियो फर्किदै थिइन्। फर्किदै गर्दा बाटैमा उनको निधन भएको थियो।

उनको पोष्टमार्टम भोलि केवो हस्पिटलमा गरिने ताकानाजा प्रहरी चौकीले जनाएको छ। पारिवारिक स्रोतका अनुसार मृतक भण्डारीलाई करिब ६ महिनाअघि फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। जापानमा उपचाररत भएपनि उनले नेपालमै बसेर उपचार गर्ने इच्छासहित स्वदेश फर्किँदै थिइन्।

कुक भिषामा करिव ८ वर्षअघि मृतकका श्रीमान् इन्द्र भण्डारी जापान आएका हुन्। उनले श्रीमतिको शव शदगतको लागि आवश्यक सहयोग गरिदिन जापानबासी नेपालीसमक्ष अनुरोध गरेका छन्।

प्रकाशित २८ मंसिर २०७३, मंगलबार | 2016-12-13 08:38:38

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दलहरुबीच सहमति जुट्न नसक्दा संसद बैठक भोलीसम्मलाई स्थगित

    एकपछि अर्को गर्दै मंगलबार तेस्रोपटक सारिएको व्यवस्थापिका–संसद्को बैठक भोलीसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे हुँदै...

  • घरदैलो कार्यक्रममा निरुपमा यादव

    काठमाडौं मधेसलाई माया गर्छः निरुपमा यादव

    नेवार समुदायको बाहुल्य रहेको काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिँदा निरुपमा यादव केही हच्किएकी थिइन्। उनी संलग्न साझा पार्टी पनि नयाँ...

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...