पचास लाख डलर लगानीमा हङकङमा खुल्यो नेपाली बगैंचा



५० जना नेपालीको लगानीमा ५० लाख हङकङ डलर लगानीमा खोलिएको बगैंचा रेष्टुरेन्ट एन्ड पार्टी प्यालेसको आइतबार विधिवत सार्वजनिक शुभारम्भ गरिएको छ। नेपालीको बाक्लो बसोबास रहेको हङकङको जोर्डनमा खोलिएको बगैँचा रेष्टुरेन्ट यहाँ नेपालद्वारा संचालित सबैभन्दा ठूलो रेष्टुरेन्टको रुपमा प्रचार गरिएको छ।

बगैँचा लिमिटेड प्रालिद्वारा संचालित १०८ सीट क्षमताको बगैंचामा १६ जना कामदार छन्। बगैंचालाई विशेषगरी पार्टी प्यालेसको रुपमा डिजाईन गरिएको छ। प्रबन्ध निर्देशक हरिचन्द्र राईको भनाईमा अन्य नेपाली रेष्टुरेन्ट भन्दा पृथक बगैंचामा बनाईने खानाको परिकार पनि नेपाली स्वादमा पाईनेछ।

उद्घाटन समारोहमा नेपाली महावाणिज्यदूत कोमलप्रसाद भट्टराईसहित हङकङस्थित नेपाली व्यावसायी सहभागी भएका थिए। 

‘नेपाली रेष्टुरेन्टका नाममा हामीले अहिलेसम्म खाली भारतीय खाना बेचिरहेका छौं। बगैंचामा हामी विश्वका परिकार त बेच्छौँ तर नेपाली स्वादमा। हामीले पहिलोचोटी विदेशीलाई नेपाली स्वाद चखाउँदैछौं। हरिचन्द्र भन्छन्, “त्यतिमात्र होईन हामीले परिकारलाई स्वस्थ बनाउन भान्सामा विशेष ध्यान दिईरहेका छौं।’

खानामा तेल र मरमसला कम प्रयोग गर्ने, बाँसको भाँडा प्रयोग गर्ने, भान्सा र रेष्टुरेन्ट छिनछिनमा सरसफाई गरेर हाईजेनिक खाना पस्कन ध्यान दिएको राई बताउँछन्। त्यसका लागि पाँचतारे होटेलमा लामो समय काम गरेका नेपाली सेफलाई भान्सा परामर्शदाताको रुपमा राखिएको छ। बगैंचामा पार्टीका लागि नेपाली समुदाय र खानाका लागि स्थानीय चिनियाँ समुदायलाई आकर्षित गर्ने रणनीति बनाईएको छ। अप्रेशनल म्यानेजर अनुभवी स्थानीय चिनियाँ युवती र कामदारहरु पनि बहुराष्ट्रिय राखिएको छ। स्थानीयलाई आकर्षित चिनियाँ भाषामा बिज्ञापन समेत बनाईएको छ।

मासिक १ लाख २५ हजार हङकङ डलर भाडा तिर्ने यस थलोमा ईन्टेरियर डिजाईनका लागि मात्र ४ मिलियन डलर जति खर्च लागेको बताईएको छ। स्थानीयबाट सकारात्मक टिप्पणी पाईरहेको बताउने बगैंचा लिमिटेड प्रालिका अध्यक्ष नरेश सुनुवार भन्छन्, ‘अब नोकरी मात्रै गरेर हुँदैन भनेर कन्स्ट्रक्सन र सेक्युरिटी गरेर जोडेका पैसा यसमा लगाएका हौं। यो ब्यावसायले हामीलाई ब्यावसाय गर्न सिकाउला न सिकाउला तर नयाँ पुस्तालाई यसले केहि बाटो चाहिं पक्का देखाउनेछ।’

बगैंचा लिमिटेड प्रालिले सामुदायिक समाचार पोर्टल बगैंचा डटकम पनि संचालन गरिरहेको छ। बगैंचाका लगानीकर्ता मध्ये केहि चाहिं नेपाली समुदायद्वारा संचालित हङकङको पहिलो बैंकिङ सेवा नेपाल फाईनान्समा लगानी गर्ने ब्यक्तिहरु पनि छन् ।

प्रकाशित २७ मंसिर २०७३, सोमबार | 2016-12-12 13:40:36

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दलहरुबीच सहमति जुट्न नसक्दा संसद बैठक भोलीसम्मलाई स्थगित

    एकपछि अर्को गर्दै मंगलबार तेस्रोपटक सारिएको व्यवस्थापिका–संसद्को बैठक भोलीसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे हुँदै...

  • घरदैलो कार्यक्रममा निरुपमा यादव

    काठमाडौं मधेसलाई माया गर्छः निरुपमा यादव

    नेवार समुदायको बाहुल्य रहेको काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिँदा निरुपमा यादव केही हच्किएकी थिइन्। उनी संलग्न साझा पार्टी पनि नयाँ...

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...