छोराछोरीलाई व्यावसायमा टिकाउन हङकङबाट अनलाईन कारोबार



तस्बिर : तुलसीराज राना

हङकङमा १५ वर्षअघि खोलिएको फिसटेल ट्राभल एन्ड टुर्स मार्फत ब्यावसायिक छवि बनाएका कृष्ण पाण्डेले आफ्नो ब्रान्डलाई वेव संसारमा प्रविष्ट गराएका छन्। फिसटेलले बिटूबिट्राभलबजार डटकम डोमेन लगईन गरी विश्वका ३५० वटा हवाईसेवाका टिकट र ३ लाख ५० हजार होटेल बुक गर्न सकिने अनलाईन व्यावसाय सुरु गरेको छ।

पाण्डेको भनाईमा होटेल, टूर, प्याकेज, ट्रान्सफर र फ्लाईट गरि पाँच ओटा क्षेत्रमा सेवा दिने यस पोर्टलमार्फत लाखौं पर्यटन ब्यावसायीहरुलाई जोड्ने प्रयत्न गरिएको छ।

यो पेज मार्फत नेपाली ध्वजाबाहक नेपाल एयरलाईन्स समेत पहिलोचोटी आरबिडी प्रविधि मार्फत अनलाईन टिकटिङमा प्रविष्ट गरेकोछ। अब नेपाल एयरलाईन्सको टिकट पनि अनलाईनबाटै किन्न सकिनेछ।

अनलाईन टिकटिङ प्रणालीमा छिरेपछि ग्राहक आफैले छानीछानी सुलभ दरका टिकट र टूर प्याकेजको फइदा उठाउने सक्नेछन्। नेपाल एयरलाईन्स हङकङका म्यानेजर सुप्रिया तुलाधरको भनाईमा नेपाल एयरलाईन्स आफै पनि आरबिडी प्रविधिमा जान गृहकार्य गरिरहेको बखत फिसटेलको बिटूबिले यस प्रविधिमा अभ्यास गर्न सहयोग पुर्याउनेछ ।

फिसटेलका प्रवन्ध निर्देशक पाण्डेले यो पोर्टल नेपाली र स्थानीय चिनियाँलाई ध्यानमा राखि डिजाईन गरिएपनि अनलाईन ब्यावसाय र छनौटको सुविधा रहने हुनाले यसले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने बिश्वास गरेको बताए। यो अनलाइन कारोबार अँग्रेजी, चिनियाँ, कोरियाली र रसियन भाषामा उपलब्ध हुनेछ।

पाण्डे भन्छन्, ‘हङकङका १५०० ट्राभल ऐजेन्सी र विश्वभरका २००० ट्राभल ऐजेन्सीहरुसंग सहकार्य गरी ति सबैका उत्पादन पोर्टलमा लग–ईन गरि बेच्न गैरहेका छौं। अब ग्राहकले घर बसेरै सस्तो दरमा उत्पादन खरिद गर्न पाउनेछन्।’

नेपाली समाज अझै अनलाईन सपिङमा अभ्यस्त भैसकेको छैन। त्यस्ता ग्राहकलाई ध्यानमा राखि फिसटेलले आफ्ना शाखा मार्फत सेवा उपलब्ध गराउने जनाएको छ। ग्राहकले अनलाईनमा आफुले चाहेको उत्पादन बुक गराई फिसटेलमा सम्पर्क गरि अफलाईन सेवा पनि लिन सक्नेछन्।

अनलाइन कारोबार सार्वजनिक भएपछि चिनियाँ र भारतीयहरुबाट राम्रो प्रतिक्रिया अईरहेको बताउने पाण्डेले यो अनलाईन ब्यावसायको माध्यमबाट नेपाललाई जोड्न देशभित्रका सस्ता होटेल र गेस्ट हाउस ब्यावसायीहरुसंग सम्पर्क गरिरहेको बताए। उनले भने, ‘हामीले मलेसिया र मध्य पूर्वका नेपाली श्रमिक घर फर्कँदा तिनलाई कुनै झन्झट नब्योहोरिकन सुलभ दरमा छानीछानी गेस्ट हाउस र सवारी साधन उपलब्ध गराउने गरि यसको डिजाईन गरेका छौं।’

विश्वभर नै अनलाइन टिकेटिङ र बुकिङ चलेको बेला पाण्डेले नेपाली समुदाय अभ्यस्त नभए पनि आफ्ना छोराछोरीका लागि यस्तो कारोबार सुरु गरेको बताए। ‘मैले गर्दै आएको पर्यटन ब्यावसाय टिकाउन पनि अनलाईन बिजनेसमा नगई धर थिएन, छोछोरीलाई यो व्यावसायमा तान्नु पर्ने बाध्यता र आवश्यकता पनि थियो, त्यसैले अनलाइन कारोबार सुरु गरिएको हो।’

एनआरएन हङकङका संस्थापक अध्यक्ष तथा हाल एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सह–संयोजक पाण्डेले नेपालमा बैंक र हाईड्रोमा समेत लगानी गरेका छन्।

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 16:55:46

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दलहरुबीच सहमति जुट्न नसक्दा संसद बैठक भोलीसम्मलाई स्थगित

    एकपछि अर्को गर्दै मंगलबार तेस्रोपटक सारिएको व्यवस्थापिका–संसद्को बैठक भोलीसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे हुँदै...

  • घरदैलो कार्यक्रममा निरुपमा यादव

    काठमाडौं मधेसलाई माया गर्छः निरुपमा यादव

    नेवार समुदायको बाहुल्य रहेको काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिँदा निरुपमा यादव केही हच्किएकी थिइन्। उनी संलग्न साझा पार्टी पनि नयाँ...

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...