मिस्टर ओलम्पियामा रामहरिले राखे नेपालको नाम



बडिबिल्डर रामहरी खनालले मिस्टर ओलम्पियामा पदक जितेका छन्। डिसेम्बर ५ र ७ तारिकमा सम्पन्न बडिबिल्डिङका सर्वाधिक प्रतिष्ठित प्रतियोगिता मानिने मिस्टर ओलम्पिया अमेच्योर एशियामा नेपालबाट आएका खनालले मिन्स बडिबिल्डिङ ७० किलोग्राम समूह तर्फ अन्तिम चरणको प्रतिस्पर्धामा पाँचौ स्थान प्राप्त गरि पदक जितेका हुन्।

खनाल १३ जनाबीच भएको प्रतिस्पर्धीबाट शीर्ष ६ मा पर्न सफल भएका थिए। बडिबिल्डिङमा दुई तथा मिन्स फिजिकतर्फ दुई जना गरी कूल चार जना नेपाली खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए।

पदक जित्न सफल खनालले खुशी व्यक्त गर्दै भने, ‘मिस्टर ओलम्पिया जस्तो प्रतिष्ठित प्रतियोगिताको स्टेजमा उत्रनु मात्रै पनि ठुलो अवसर हो र खुशीको कुरा हो, पदक थाप्दा कसलाई खुशी नलाग्ला र? त्यसमाथी स्टेजमा देशको नाम पुकारेर बोलाउँदाको क्षण त अझ बयान गरिनसक्नु छ।’ उनले धेरै कुराहरु सिक्ने अवसर मिलेको बताए।

अनुशासित र दृढ सङ्कल्प गरेर मेहनत गरियो भने यस क्षेत्रमा नेपालले उल्लेख्य सफलता हासिल गर्न सकिने विश्वास उनले व्यक्त गरे। पदक विजेता खनालले प्रतियोगितामा भाग लिन अवसर जुराईदिने ‘हिमालयन किङ्डम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिट्नेस’का अन्तर्राष्ट्रिय प्रेसिडेन्ट लोकेन्द्र परियारप्रति आभार प्रकट गरे।

ईन्टरनेशनल फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस तथा हङकङ फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसको संयुक्त आयोजनामा काउलुन बेस्थित ट्रेड एन्ड एक्सिबिसन स्टार हलमा आयोजित उक्त प्रतियोगितामा मिन्स बडिबिल्डिङ, मिन्स फिजिक, वुमन फिजिक, वुमन बिकिनी वुमन बडिफिट्नेस, मिन्स क्लासिक बडिबिल्डिङ बिधामा एशिया, अफ्रिका, युरोप लगायतमा ३५० को हाराहारीमा प्रतियोगीहरु सहभागी भएका थिए। बडिबिल्डिङ तर्फको सुपर फाईनलमा कोरियाका क्यिओङ यान नामले ओभर अल च्याम्पियन बनि मिस्टर ओलम्पिया अमेच्योर एशियाको उपाधी उचाले।

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 10:11:22

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बारपाकमा उद्यान बन्न लागेको बस्ती

    बारपाकको दलित बस्तीमा भूकम्प स्मृति उद्यान

    ‘गोरखा भूकम्प’को केन्द्र गोरखाको बारपाक वडा नं. ५ स्थित बस्तीलाई भूकम्प स्मृति उद्यानमा रुपान्तरण गर्ने तयारी अघि बढेको छ। ४० घरधुरी झुरुप्प परेको...

  • उद्योग दर्तामा एकद्वार नीति अपनाउँदै सरकार

    नयाँ उद्योग खोल्न उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका ठाउँमा उद्योगी आफै डकुमेन्ट लिएर पुग्नुपर्ने बाध्यतालाई हटाउँदै एकद्वार नीति...

  • ओस्कार राजनीतिः सिनेकर्मीको निशानामा ट्रम्प

    ओस्कार धेरै पटक राजनीतिक कारणले विवादित बन्ने गरेको इतिहास छ। कहिले जातीय भेदभाव त कहिले लैंगिक विभेदको आरोप ओस्कारले खेप्दै आएको छ। ओस्कारको...

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...