जापानमा मृत्यु भएका केसीको परिवारलाई नेपालीले जुटाए ९ लाख



रोजगारीको सिलसिलामा जापानमा मृत्यु भएका स्याङ्जा, अर्जुनचौपारीका दीपक केसीको परिवारको लागि स्थानीय नेपाली नागरिकले करिब ९ लाख रुपैंयाँ संकलन गरी परिवारलाई पठाएका छन् । उनको राति सुतेकै अवस्थामा मृत्यु भएको थियो । उनी राति खाना खाएर सामान्य अवस्थामा सुतेका थिए।

आएको १० महिनामै ज्यान गुमाएका उनी कुक भिसामा काम गर्थे। सँगै सुतेका साथीले विहान उठाउन खोज्दा नउठेपछि तत्काल अस्पताल लगिएको थियो । तर अस्पतालले लग्ने बित्तिक्कै मृत्यु घोषणा गरिदियो।

केसीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि स्याङ्ग्जा समाज जापानले जापानबासी नेपालीमाझ सहयोग जुटाएको थियो । उनको परिवारमा आमा र बहिनीमात्र छन् । संकलित ८ लाख ९० हजार नेपाली रुपैंयाँ हालै परिवारको सहयोगार्थ पठाइएको छ । उक्त सहयोग रकम यसै साता केसीको परिवारलाई हस्तान्तरण गरिने भएको छ । सो रकम बैंकको मुद्धति खातामा जम्मा गरिने बताइएको छ ।

‘यस्तो दुःखद घडीमा सहयोग गर्ने जापानवासी नेपालीहरुमा समाजका अध्यक्ष जिवन न्यौपानेले कृतज्ञता व्यक्त गरेका छन्। उनको दाहसंस्कार भने जापानमै गरिएको छ । लास पठाउन कठिनाइ भएकोले परिवारसँगको सल्लाहमा उनको अन्तिम संस्कार जापानमै गरिएको समाजका कोषाध्यक्ष सुरेश रेग्मीले बताए । तर केसीको मृत्युमा जापानस्थित नेपाली दूतावासले सहयोगको पहल नगरेको उनको गुनासो छ।

प्रकाशित २१ मंसिर २०७३, मंगलबार | 2016-12-06 09:47:18

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत

    केन्द्रिय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६ दशमवल ९४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर सबैभन्दा बढी...

  • राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने पाँच दलको निर्णय

    पाँच राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राजनीतिक संवादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ। मंगलबार बेलुका प्रधानमन्त्री निवास...

  • यस्तो छ कांग्रेसले सार्वजनिक गरेको 'स्थानीय तह निर्वाचनको घोषणापत्र'

    स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तयार पारेको चुनावी घोषणापत्र आज मंगलबार सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    ओबरमा भारतको हरियो बत्तीको खाँचो

    चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै...