नेपालमा लगानी भित्र्याउन इन्डोनेसियामा छलफल



‘नेपालको विकासका लागि’ भन्ने अवधारणामा आधारित भएर इन्डोनेसियाको बालीमा विदेशमा रहेका नेपालीको लगानी भित्र्याउनेबारे अन्तरक्रिया सम्पन्न भएको छ। एशिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीद्वारा आयोजित बाली समिटमा विभिन्न मुलुकमा रहेर व्यवसाय गर्दै आएका नेपालीहरु सहभागी भएका हुन्।

बैंकिङ, लगानी र उद्यमशीलता शीर्षकमा प्यानल छलफल भएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका निर्देशक भीष्मराज ढुंगाना प्रमुख अतिथिका रुपमा सहभागी थिए। 

कार्यक्रममा सहभागी हुँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा जर्मनी केन्द्रित व्यवसायी कुमार पन्तले विश्वभरि छरिएर रहेका नेपालीले लगानी नेपाल लगानी लान सक्ने औंल्याए।

एनआरएनएको उद्देश्य सुरुदेखि नै लगानी नेपाल भित्र्याउने रहेको उल्लेख गर्दै उनले भूकम्पका कारण लगानीको विषय छायाँमा परेको उल्लेख गरे। ‘भूकम्पका कारण हामी राहात र पुनःनिर्माण केन्द्रित भएपनि अब फेरि लगानी केन्द्रित छौं’, उनले भने, ‘विदेशमा रहेका साना नेपाली लगानीकर्ता समेट्दै हामी नेपाल लगानी लैजाने योजना बनाइरहेका छौं।’

कार्यक्रममा एनआरएनएका विभिन्न पदमा रहेका नेपाली व्यवसायीले आ आफ्नो अनुभवका आधारमा बैंकिङ र उद्यमशीलता विषयमा धारणा राखेका थिए।

प्रकाशित ९ मंसिर २०७३, बिहिबार | 2016-11-24 20:34:52

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...