चित्रा गुरुङ फेला परे हङकङ प्रहरीलाई खबर गर्नु



नेपाली युवती चित्र गुरुङ हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता भएकी छन्। १७ वर्षीय चित्रा दुई साताअघि हङकङ विमानस्थल उत्रिए लगत्तै बेपत्ता भएको परिवारलाई उद्धृत गर्दै हङकङ प्रहरीले जनाएको छ।

२५ कात्तिकमा विमानस्थलमा उत्रिए लगत्तै उनी बेपत्ता भएको भन्दै परिवारका सदस्यले खोजीका लागि दिएको निवेदनको आधारमा हङकङ प्रहरीले मंगलबार सार्वजनकि सूचना जारी गरेको हो।

परिवारका सदस्यले चित्रा हराएको चार दिनपछि २९ कात्तिकमा मात्र प्रहरीमा निवेदन दिएका थिए। १.५७ मिटर अग्ली, ५३ किलोकी खैरो कपाल भएकी चित्रा सामान्य अवस्थामा रहेको जनाइएको छ।

चित्रा कहाँ यात्रा गर्ने क्रममा हङकङ विमानस्थलबाट हराएको भन्ने थाहा हुन नसकेको जनाउँदै प्रहरीले उनी कुन देशकी नागरिक हुन भन्ने पनि उल्लेख गरेको छैन।

फोटो सहित जारी सूचनामा प्रहरीले कसैले चित्रालाई फेला पारे वा देखे फोन नं. (८५२) ३६६१३०८५ र ६२७३५७८७ वा rmpu-ntn-1@police.gov.hk मा इमेल गरी खबर गर्न अपील गरेको छ।

प्रकाशित ८ मंसिर २०७३, बुधबार | 2016-11-23 15:55:51

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...