स्कटल्याण्डमा नेपालीबीच चुङ्गी र क्यारमबोर्ड प्रतियोगिता



स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू)को आयोजनामा स्कटिस विन्टर फेस्टिवल कार्यक्रम एबर्डिन सहरमा आयोजना गरिएको छ। कार्यक्रम अन्तर्गत नेपाली साँस्कृतिक कार्यक्रमको साथै चुंगी र क्यारम बोर्ड प्रतियोगिता आयोजना गरिएको थियो।

नेपालमा निकै लोकप्रिय भएपनि विदेशमा पहिलो पटक यस्तो प्रतियोगितमा भाग लिँदा सहभागीहरु निकै उत्साहित भएका थिए। १२ जना सहभागी चुङ्गी प्रतियोगितामा डा. बिभु पौड्याल र १७ जना सहभागी क्यारम बोर्ड प्रतियोगितामा अमृत बोहरा प्रथम भएका थिए। विजेताहरुलाई जेष्ठ नागरिक श्रीमती सोमा घिमिरेले पुरस्कार प्रदान गरेकी थिइन्।

यस्तै साँस्कृतिक कार्यक्रममा चार वर्षदेखि ७६ वर्ष सम्मका नेपालीहरु सहभागी भएका थिए। साँस्कृतिक कार्यक्रममा डा. सोहन घिमिरे, रेनुका ढकाल, पावना शर्मा, सोमा घिमिरे, मेलिसा रेग्मी, सोफी रेग्मी, मुकुल दाहाल, नबिन छेत्री, दिपेश रेग्मी, डा विभु पौड्याल, सुहार्जन भट्टराईले गायन प्रस्तुति दिएका थिए भने अनुष्या बोहोरा, अंशु भण्डारी, आरजब पौडेल, सरल दाहाल लगायतले नृत्य र वाद्यवादन प्रस्तुत गरेका थिए।

अर्गनाईजेसन फर नेप्लिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू)ले विगत चार वर्षदेखि साप्ताहिक रुपमा नेपाली समुदाय माझ स्वस्थ हिडाई(हेल्थ वाक) आयोजना गर्दै आएको छ भने स्कटल्याण्ड सरकार र अन्य निकायको सहयोगमा नेपाली समुदाय केन्द्रीत विभिन्न क्रियाकलापहरु गर्दै आएको छ।

संस्थाका अध्यक्ष दिपेश रेग्मीले नेपाली समुदायमा केन्द्रीत रहेर धेरै कार्यक्रमहरु गर्न संस्था निकै सफल रहेको बताए। स्कटिस विन्टर फेस्टिवलको लागि स्कटल्याण्ड सरकार र स्कटल्याण्ड को अल्पसङ्ख्य समुदायमा कार्य गर्ने बीइएमआइसले सहयोग गरेको थियो।

प्रकाशित ७ मंसिर २०७३, मंगलबार | 2016-11-22 13:25:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दलहरुबीच सहमति जुट्न नसक्दा संसद बैठक भोलीसम्मलाई स्थगित

    एकपछि अर्को गर्दै मंगलबार तेस्रोपटक सारिएको व्यवस्थापिका–संसद्को बैठक भोलीसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे हुँदै...

  • घरदैलो कार्यक्रममा निरुपमा यादव

    काठमाडौं मधेसलाई माया गर्छः निरुपमा यादव

    नेवार समुदायको बाहुल्य रहेको काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिँदा निरुपमा यादव केही हच्किएकी थिइन्। उनी संलग्न साझा पार्टी पनि नयाँ...

  • विराटनगर र वीरगन्ज अब महानगर, मधेसमा थपिए २२ स्थानीय तह

    मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको छ। स्थानीय तहको संख्या र सीमानामा हेरफेर गर्दै सरकारले तराईका २ उपमहानगरलाई महानगर र...

  • नयाँ मेयरलाई २० बर्ष पुरानो गाडी

    पोखरा आउने विशिष्ट पाहुना र नगरपालिकाका कार्यकारीले यो गाडी प्रयोग गर्थे। ‘निसान कम्पनीको जापानी प्याट्रो गाडी नयाँ मेयरका लागि व्यवस्था गरेका...