१३ सय टिम सहभागी हङकङ ट्रैलवाकमा ‘टिम नेपाल’ विजयी



अक्सफाम हङकङले आयोजना गरेको एक सय किलोमिटरको म्याकलेहोज ट्रैलवाकमा टिम नेपाल विजयी भएको छ। नेपाली ट्रैल धावाकहरु तिर्थ तामाङ, पूर्ण तामाङ, वेद सुनुवार र भिम गुरुङ सम्मिलित ‘टिम नेपाल’ ले शुक्रबार १३ सय टिम सहभागी भएको ट्रैलवाकमा सबैलाई उछिनेका हुन्।

शुक्रबार भएको ट्रैलवाकमा ५२ सय धावकले प्रतिस्पर्धा गरेका थिए। टिम नेपालले ११ घण्टा १ मिनेटमा निर्धारित दूरी पार गरेको थियो। गत वर्ष हङकङको स्थानीय टिम 'टुएक्सयू युएफओ' निर्धारित दूरी ११ घण्टा ५८ मिनेटमा पार गर्दै प्रथम भएको थियो। सन् २०१३ मा नेपाली खेलाडी सम्मिलित 'टिम कोलम्बिया' ले १० घण्टा ५८ मिनेटमा दुरी पार्दै कीर्तिमान बनाएको थियो।

टिम नेपालले दौडको सुरुबाटै हरेक 'चेक प्वाइन्ट' मा अग्रता लिन थालेपछि कुनै टिमलाई उछिन्न दिएन। २० वटाभन्दा बढी डाँडा छिचोलेर पो ल्येङ कुकमा पुगेका नेपाली धावकले अरुलाई पच्छ्याउने भन्दा पनि आफूले अग्रता लिने मनस्थितिमा अगाडि बढेको बताए।

सन् १९८१ मा ब्रिगेडियर मार्भिन लीले क्विन गोर्खा सिग्नल पल्टनलाई अभ्यास गराउन सुरु गरेको यो ट्रैलवाकलाई अहिलेसम्म निरन्तरता दिइएको छ। सन् १९८६ देखि अक्सफामसँग संयुक्त रुपमा आयोजना हुन थालेपछि म्याकलेहोज ट्रैलवाकको लोकप्रियता बढ्न थालेको हो। हङकङका मिडियाले यो ट्रैलवाकलाई निकै प्राथमिकताका साथ कमभरेज गरेका छन्।

सन् १९९७ मा ब्रिटिसले हङकङ छोडेर गए पनि यो प्रतियोगितालाई भने निरन्तरता दिइयो। एसिया र अफ्रिकी मुलुकहरुमा मानवीय सहायताका लागि कोष स्थापना गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिन्छ। यो ट्रैलवाकमा अहिले सम्म ९३ हजारले भाग लिइसकेका छन्। ३५औँ संस्करणसम्म आइपुग्दा ट्रैलवाकबाट करिब ५० करोड अमेरिकी डलर कोषमा जम्मा भइसकेको आयोजकको भनाइ छ।

टिम नेपाललाई हङकङमा रहेको एडब्ल्युओओ नामक कम्पनीले प्रायोजन तथा व्यवस्थापन गरेको थियो।

प्रकाशित ३ मंसिर २०७३, शुक्रबार | 2016-11-18 18:59:46

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निर्वाचन आयोग

    मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

    १४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश...

  • दोस्रो चरणः यी हुन् आकर्षणका आठ इकाई

    असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका ३ सय ३४ इकाई निर्वाचनमा सहभागी दल र उम्मेदवारका निम्ति त्यत्तिकै महत्वूर्ण छन्। तर,...

  • विराटनगरमा भीमको बाचाः भोटको बदलामा समृद्धि

    शुक्रबार एकाबिहानै विराटनगर महानगरपालिका–३ को राजवंशी चोकमा रहेको पिपलको रुखमुनि उभिएर भीम पराजुली करिब सयको संख्यामा उपस्थित स्थानीय मतदातालाई...

  • गोठाले मन्त्रदेखि तालमेल भत्काउने प्रयत्नसम्म

    ‘कांग्रेसको एक्लौटी नेतृत्व भएको ठाउँमा मेरो इन्चार्जसिपमा बुटवल नगरपालिका हामीले जित्यौ, अहिले त म आफैं छु’ उनले सुनाए ‘तालमेलले केही फरक पार्दैन,...