अक्सफोर्ड पुगेर बाबुरामले भने, ‘माओवाद अब असान्दर्भिक’



नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले माओवाद अब असान्दर्भिक भएको बताएका छन्। बेलायतको अक्सफोर्डस्थित विश्कै पुरानो एवम् प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा मंगलबार साँझ बोल्दै भट्टराईले माओवादको सान्दर्भिकता समाप्त भएको घोषणा गरेका हुन्। ‘गणतन्त्र ल्याउन छापामार युद्धको लागि हामीले माओवाद मान्यौं, तर अब आर्थिक परिवर्तनको दिशामा अघि बढ्न पुरानै विचार बोकेर सम्भव हुँदैन’, भट्टराईले भने, ‘नयाँ काम गर्न नयाँ विचारको आवश्यकता छ, आर्थिक क्रान्तिका लागि नयाँ विचार सहित अघि बढ्नु पर्छ।’

अक्सफोर्ड विश्वविद्यालमा भट्टराईको सम्बोधन सुन्न नेपाली र विदेशीहरुको बाक्लो उपस्थिति थियो।‘समावेशी लोकतन्त्र, दिगो विकास र सामाजिक न्यायका लगि आर्थिक विकास र नयाँ विचार’ विषयक कार्यक्रममा भट्टराईले अंग्रेजीमा सम्बोधन गरेका थिए।

पुँजीवाद र परम्परावादी समाजवाद दुवैले मुलुकलाई सही दिशा दिन नसकेको तर्क गर्दै भट्टराईले नेपालको आर्थिक क्रान्तिका लागि समाजवादी पुँजीवाद नयाँ शक्तिको नयाँ अवधारणा भएको बताए। ‘आर्थिक क्रान्ति गरेर हामीले मानवतावादी समुन्नत समाज बनाउने छौं’, भट्टराईले भने, ‘राजनीतिक परिवर्तनको जगमा अब आर्थिक परिवर्तन हुन्छ, २५ वर्षमा नेपालको आर्थिक अवस्था विश्वका धनी राष्ट्रहरुको जस्तो हुनेछ।’

देशको शासकीय प्रणालीमा परिवर्तन गर्नुपर्ने तर्क गर्दै भट्टराईले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गए मात्र देशमा स्थिर शासन हुने बताए। ‘प्रत्येक ६ महिनामा सरकार परिवर्तन हुने घृणित खेल बन्द गर्नु पर्छ। भट्टराईले भने, ‘स्थिर शासन विना आर्थिक विकास सम्भव छैन।’

जमिनमाथिको स्वामित्व अन्त्य गर्नुपर्ने धारणा राख्दै भट्टराईले जबसम्म जमिनमाथि राज्यको पकड हुँदैन तबसम्म विकास निमार्णका लागि सँधै वाधा उत्पन्न हुने बताए।
विदेशमा रहेका दक्ष जनशक्तिलाई देशमा फर्केर आफ्नै व्यवसाय थाल्न आह्वान गर्दै आफ्नो पार्टीले चुनाव जितेमा स्वदेश फर्कनेहरुलाई काम गर्ने उचित वातावरण सिर्जना गर्ने बताए।

श्रमले नै धन प्राप्त हुने तर्क गदै भट्टराईले भने, ‘कुनै पनि काम ठूलो सानो हुँदैन, श्रमप्रतिको भेदभाव अन्त्य हुनुपर्छ। हामी सबैले श्रमप्रति सम्मान गरौं।’

कार्यक्रम शुरु हुनभन्दा अगाडि भट्टराईले अक्सफोर्ड विश्वविद्यालकी प्रथम महिला उपकुलपति प्रोफेसर लुईस रिचार्डसनसँग पनि छुट्टै भेटवार्ता गरेका थिए।

 

प्रकाशित १ मंसिर २०७३, बुधबार | 2016-11-16 08:53:48
author photo

प्रजय शुक्ल लण्डनस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

@prajayas

प्रजय शुक्लबाट थप


प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत

    केन्द्रिय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६ दशमवल ९४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर सबैभन्दा बढी...

  • राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने पाँच दलको निर्णय

    पाँच राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राजनीतिक संवादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ। मंगलबार बेलुका प्रधानमन्त्री निवास...

  • यस्तो छ कांग्रेसले सार्वजनिक गरेको 'स्थानीय तह निर्वाचनको घोषणापत्र'

    स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तयार पारेको चुनावी घोषणापत्र आज मंगलबार सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    ओबरमा भारतको हरियो बत्तीको खाँचो

    चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै...