बाबुराम उपस्थित च्यारिटी डिनरले लण्डनमा उठायो एक करोड



गोरखाका भूकम्प प्रभावित अनाथ तथा गरिब बालबालिकाको सहयोगार्थ गोर्खाली समाज युकेले शनिबार राति गरेको च्यारिटीबाट एकै रातमा एक करोड भन्दा बढी रकम संकलन भएको छ। गत वर्ष गएको भूकम्पबाट गोरखामा सयौं विद्यालय क्षतिग्रस्त भएको थियो, भने कयौं बालबालिका अनाथ भएका थिए। ती भूकम्प प्रभावित गोरखाका अनाथ तथा गरिब बालबालिकाको सहयोगार्थ सयौं मानिसहरुले च्यारिटीमार्फत डिनरमा दिल खुलेर सहगोग गरेका थिए।

नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कार्यक्रमको प्रमुख आतिथिका रुपमा रहेका थिए। लण्डनको अल्डरसटस्थित इम्पायर हलमा आयोजित कार्यक्रममा बेलालतबासी गोरखाली गुरुङहरुको बाक्लो उपस्थिति थियो। उनीहरु बाबुरामलाई साथमा पाउँदा ज्यादै हर्षित देखिएका थिए।
कार्यक्रममा राउण्ड टेबलको व्यवस्था गरेको थियो। जब बाबुराम राउण्ड टेबल वरिपरि बस्दै गरेकाहरुलाई एकएक गरी भेट्दै कुराकानी गर्न थाले, उपस्थित गोर्खालीहरु र अरु थुप्रै व्यवसायीहरुले दिलखुलेर बढी भन्दा बढी रकम दान गरे।
च्यारिटीमा जापानबाट आएका एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्टले २० लाख रुपैयाँ र बेलायतका व्यवसायी रविचन्द लामिछानेले १० लाख रुपैयाँ बालबालिकाको शिक्षाका लागि सहयोग गरे।


कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गोरखाबाटै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको इतिहासबारे चर्चा गर्दै नयाँ समृद्धि र विकासका लागि अब आउ“ने दिनमा पनि गोर्खालीहरुले महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे। ‘तपाईहरुले आज सहयोगको भावना देखाई यत्रो रकम उठाउनुभयो। म ज्यादै खुशी छु।’ भट्टराईले भने, ‘तपाईहरुको यस्तै सेवा भावले देश बन्छ।’
आर्थिक विकास र समृद्धिको जग हाल्न गोर्खालीलाई आह्वान गर्दै भट्टराईले भने, ‘अब तपाईहरुले गोरखामा एउटा नयाँ प्रोजेक्टमा लगानी गर्नुस्। फाइभ स्टार होटल खोल्नुस्, जसले गर्दा गोरखाको पर्यटन विकास हुन्छ।’ भट्टराईले भने, ‘विदेशमा लिएको ज्ञान, सीप र धन देशभित्र लगानी गर्नुस्।’


गोर्खाली समाज युकेका अध्यक्ष जयप्रकाश गुरुङले सहयोग गर्ने सबैलाई धन्यवाद दिए। कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्ट, अमेरिकाबाट आएकी महिला समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीई), डा. विष्णु माया परियार लगायतका व्यक्तिहरुको उपस्थिति थियो।

प्रकाशित २८ कार्तिक २०७३, आइतबार | 2016-11-13 14:22:22

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपा महाधिवेशनमा सहभागी अभिनेत्री रेखा थापा

    राप्रपाको केन्द्रीय सदस्यमा कसको कति मत?

    राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतगणना बुधबार राति सकिएको छ। महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य निर्वाचित...

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    चुनाव घोषणाको ‘साइड इफेक्ट’

    स्थानीय तहको चुनावका लागि सरकारले ३१ बैशाखको मिति घोषणा गरेपछि फेरि एक पटक राजनीतिक सरगर्मी बढ्ने र त्यसको आलोकमा विभिन्न मत–मतान्तर सतहमा देखिने...

  • चिनियाँ दृष्टिकोणमा नेपाल दक्षिण एसियाको प्रवेशद्वार

    सडक विभागको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग आयोजना निर्देशनालयका निर्देशक गोपाल सिग्देलका अनुसार प्राथमिकतामा परेका सडक पाँच वर्षभित्र दुई लेनको...

  • दोस्रो विश्वयुद्धमा सहभागी ललितपुरका खड्गबहादुर कार्की

    जो बर्माको जङ्गलमा दोस्रो विश्वयुद्ध लडे

    उनी सिधै राणा प्रधानमन्त्री भएको ठाउँमा गए। विश्वयुद्ध लडेर आएको भनेपछि उनलाई प्रधानमन्त्रीले सिधै पुलिसमा भर्ना गरिदिए। ‘अहिलेको कुरा हो र यो।...