भारत सरकारले ५०० र एक हजारको नोट प्रतिबन्ध लगायो



भारत सरकारले पाँच सय र एक हजारको नोट प्रतिबन्ध लगाएको छ। जाली नोटको कारोवार रोक्न भन्दै भारत सरकारले यी नोटहरु प्रतिबन्ध लगाएको जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आज रातिबाट पाँच सय र एक हजारको नोटले कानूनी मान्यता नपाएने घोषणा गरे। चरमपन्थी समूहसँग रहेको धनराशी निस्कृय बनाउन प्रधानमन्त्री मोदीले यस्तो घोषणा गरेका हुन्।

मोदीले भारतमा भ्रष्टाचार रोक्न यसले ठूलो सहयोग पुग्ने आशा गरेका छन्। उनले भनेका छन्, 'भ्रष्टाचारविरुद्धको लडाईमा यो ठूलो कदम हो।' यो अभियानमा भारतीय जनताले सहयोग गर्ने उनले आशा गरेका छन्।

भारत सरकारको यो निर्णयले नेपाल पनि प्रभावित बन्नेछ। भारतमा काम गर्ने र व्यापारिक कारोबारमार्फत् नेपालमा ५०० र १००० का नोट भित्रिने गरेको छ। 

प्रकाशित २३ कार्तिक २०७३, मंगलबार | 2016-11-08 21:23:06

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत

    केन्द्रिय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६ दशमवल ९४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर सबैभन्दा बढी...

  • राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने पाँच दलको निर्णय

    पाँच राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राजनीतिक संवादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ। मंगलबार बेलुका प्रधानमन्त्री निवास...

  • यस्तो छ कांग्रेसले सार्वजनिक गरेको 'स्थानीय तह निर्वाचनको घोषणापत्र'

    स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तयार पारेको चुनावी घोषणापत्र आज मंगलबार सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    ओबरमा भारतको हरियो बत्तीको खाँचो

    चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै...