सेक्स पास, राजनीति फेल


बलिउडमा २०१७ को पहिलो सार्वजनिक हुने फिल्म ‘ओके जानू’मा सेन्सर बोर्डले कैची चलाएको छ। तर फिल्ममा भएको चुम्बन वा ग्लामर दृश्यका लागि नभइ महात्मा गान्धीसँग जोडिएको राजनीतिक दृश्यमा कैची चल्यो।

यस हिसाबले भन्दा ‘ओके जानू’का 'सेक्स सिन'मा पास र राजनीतिक दृश्यमा फेल खाएको छ। सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीले भने, ‘हामीले यस फिल्मका निर्मातासँग फिल्मबाट केही संवाद हटाउन भनेका छौँ र यो संवाद राष्ट्रपिता महात्मा गान्धीसँग जोडिएको थियो।’

निहलानीले भने, ‘कुनै पनि आइकन या प्रसिद्ध नामलाई गलत तरिकाबाट प्रस्तु गरेको अवस्थामा हामीले पनि आफ्नो काम गर्नु पर्ने हुन्छ। यदि तपाईं कुनै प्रसिद्ध मान्छेको नाम लिइरहनुभएको छ र त्यो गलत तरिकाले प्रस्तुत गरिएको छ भने पहिला त्यो मान्छेबाट नो अब्जेक्सन सर्टिफिकेट लिएर आउनुस्।’

जनवरी १३ शुक्रबारदेखि प्रदर्शनीमा आउने ‘ओके जानू’मा आदित्य राय कपूर र श्रद्धा कपूरको मुख्य भूमिका छ। संवाद गुलजारले लेखेका हुन् भने फिल्मको निर्देशन शाद अलिले गरेका छन्।

 

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 11:54:47

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरामा एमालेको विजय–सभा: मख्ख मुद्रामा ओली

    पोखरा–लेखनाथ महानगरसहित कास्कीका चार स्थानीय तहमा विजय हासिल गरेको पार्टी नेकपा एमालेले आज पोखरामा विजय–सभा आयोजना गरेको छ। विजय–सभामा हँसिलो...

  • मञ्जु गुरुङ

    राष्ट्रपतिकी मितिनी पोखराकी उपमेयर

    पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा एमालेबाट विजयी बनेकी मञ्जु गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी र आफ्नै साइँला बाबुको बुहारी सरस्वती...

  • दुर्घटनाग्रस्त गोमा एयरका घाइते चालक पारस रार्इको निधन

    सोलखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेर घाइते गोमा एयरका विमान चालक पारस रार्इको उपचारको क्रममा निधन भएको छ। विमान दुर्घटनामा परेर...