आउनुस् एकताको स्वर चर्काऔं: अमृत गुरुङ


RockyPrajapati

चर्चित ब्याण्ड नेपथ्यले शनिबार नयाँ वर्ष २०१७ को आगमनको अवसर पारेर साङ्गीतिक प्रस्तुति दिएको छ। कार्यक्रमममा नेपथ्यका नयाँ पुराना गीतहरु गुञ्जिदा हजारौँ स्रोता-दर्शकले पुसको चिसो भगाउन बहाना पाए। ‘यो टुँडिखेल मुलुकको धेरै परिवर्तनको साक्षी बनेको छ,’ हजारौं तन्नेरीलाई झुमाउँदै नेपथ्यका मुख्य गायक अमृत गुरुङले आव्हान गरे, ‘आउनुस् अब नेपालीहरुको मुहार उज्यालो पार्ने परिवर्तनको संकल्प यही मैदानबाट गरौं।’

उनले टुँडिखेलमा नेपथ्यको कन्सर्ट गर्ने लामो समयदेखिको धोको बल्ल पुरा भएकोमा खुशीसमेत प्रकट गरेका थिए। बजाज पल्सरकवे ‘डेयर भेन्चर’ अभियानअन्तर्गत आयोजना गरेको नेपथ्य कन्सर्टमा ब्यान्डका एकपछि अर्का नयाँ गीतहरु गुञ्जिए।

 

काठमाडौंका दर्शकसामु पहिलो गीत नै नेपथ्यले नयाँ गीतबाट सुरु गरेको थियो। नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले तन्नेरीवयमा लेखेको ‘कुरुप अनुहार हो–यहाँ कोहि साथी छैन, बेरुप अनुहार हो– यहाँ कोही साथी छैन’बाट सुरु गरेपछि यस गीतका बारेमा अमृतले दर्शकलाई बिस्तारमा बताएका थिए।

‘तपाईंहरुमध्ये धेरै त जन्मिनु पनि भएको थिएन होला,’ उनले भने, ‘नेपथ्य जन्मिनुभन्दा पहिल्यै लेखिएको गीत हो यो।’

त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नका निम्ति पोखराबाट २०३९ सालमा कीर्तिपुर आएकै बेला दुई तन्नेरी सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत दिएको गीत थियो यो। ‘यो गीतको यति राम्रोसँग पुनर्जागरण गराइदिएकोमा नेपथ्यलाई धन्यवाद दिन चाहन्छु,’ कन्सर्टमा उपस्थित गीतकार सरुभक्तले भने, ‘यसमा विशेष गरेर कोरसका रुपमा प्रयोग भएको आवाजले मलाई बढी प्रभावित पारेको छ।’

पछिल्लो समय धुलो र धुँवाले अस्तव्यस्त भएको काठमाडौंको छटपटीलाई पनि गायक अमृतले उल्लेख गरेका थिए। हजारौं दर्शक नाचिरहँदा रंगीचंगीबत्तीले भ्याएसम्मका आकाश धुलोले ढाकिएको तर्फ संकेत गर्दै उनले भने, ‘म पोखराबाट काठमाडौं आएको बेला यो सहर यस्तो थिएन’ उनले फेरि काठमाडौंलाई पहिलेजस्तै सफा पार्न युवा पुस्तासँग आव्हान गर्दै भने, ‘म सफा काठमाडौं हुँदाताकाकै गीतहरु सुनाउँछु।’

त्यसै क्रममा एकपछि अर्को गर्दै ‘छेक्यो छेक्यो’, ‘चरी मर्यो’, ‘जोमसोमे बजारमा’, ‘हिमाल चुचुरे’ र ‘खान्नँ म त लामपाते सुरती’ सुनाइएको थियो । अघिल्ला कार्यक्रममा जस्तै पर्यटनको महत्व वर्णन गर्दै ‘भेँडाको ऊनजस्तो’ र ‘लाग्यो कुहिरो दिनभरि’ जस्ता गीतहरु पनि कार्यक्रममा गाइए।

राजनीतिक अस्थिरताले गर्दा नेपालीहरुले धेरै दुःख पाइरहेको सन्दर्भ उप्काएर गायक अमृतले सबैको साझा पीडालाई आवाज दिएका थिए। पुसको चिसो ठिहीमा पनि गीत मात्र होइन गायकले आफूहरुको मनको कुरा पनि बोलिरहेको सुनेपछि दर्शकहरुले चर्को तालीबाट स्वागत गरे। 

‘यतिबेला कुरा बुझ्ने नबुझ्ने सबैले जात, धर्म र सम्प्रदायको नारा लगाएर विखण्डनको अवस्थामा मुलुकलाई जबर्जस्ती धकेल्न खोजिरहेका छन्,’ अमृतले भने, ‘आउनुस् हामी विविधताका बीचमा एकताको स्वरलाई चर्काऔं।’

त्यसपछि पत्रकार रविन्द्र मिश्रले तयार पारेको गीत ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ सुनाइएको थियो। स्टेजमा रहेका कलाकारहरुको परिचय गराउँदै फरक जातजातिका मानिस एक भएर सारा दर्शकलाई रमाइलो पारिरहेको बताउने अमृतले यस्तै अवस्थामा सिंगो मुलुकलाई पुर्याउनु जरुरी रहेको औंल्याए।
कार्यक्रममा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ पनि सुनाइएको थियो। 
नेपथ्यका सर्वाधिक हिट ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ले दर्शकलाई उफ्रेर जाडो भगाउने उर्जा दिएको थियो। उनका नयाँ गीतहरु ‘कोशीको पानी यो जिन्दगानी’, ‘हो रामा रामा’ हुँदै संवेदनाले भरिएको ‘जीवन हो घाम छायाँ’ गीतमा पनि स्रोतागण मजाले झुमिरहेका थिए।

कार्यक्रमको मध्यमा बजाज पल्सर कम्पनीको ‘पल्सर डेयर भेन्चर, सिजन टु’ का सहभागी एवम् विजेताहरुलाई कम्पनीका प्रमुख शेखर गोल्छाले पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरेका थिए। ’पल्सर डेयर भेन्चर’मा रामविक्रम थापाले दस लाख नगदसहित नेपालको ’बेस्ट राइडर’ उपाधि जिते। त्यसैगरि दोश्रो स्थानमा विक्रमकेसीले आफ्नो पकड जमाउँदै नगद पाच लाख प्राप्त गरे। ’मोस्ट पपुलर राइडर’को उपाधि भने सुदिप श्रेष्ठले जितेका थिए। यी तीनैजना विजेताले एक एकवटा पल्सरको एनएस मोटरसाइकलसमेत आयोजक बजाजका गोल्छा मार्फत उपहार पाए।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 18:07:06

प्रतिकृया दिनुहोस

  • यस्तो छ 'तुइन'को ट्रेलर (भिडियो)

    तुइन वारीबाट पारी जाने माध्यम मात्रै होइन, नेपाली दुःखको विम्ब पनि हो। भौगोलिक जटिलताका कारण तुइनमा यात्रा गर्नु पर्ने बाध्यताका कारण धेरै नेपाली...

  • दारी ग्याङको गीत ‘के म पनि त मान्छे हैन र!’ (भिडियो)

    निस्किन्छु बाटोमा जब फर्कि हेर्छ मान्छे किन नचाहिने नानाथरी कुराहरु गर्छ किन के म पनि त मान्छे हैन र समाजलाई हाम्रो खाँचो छैन र... यी शब्दहरु...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...

  • लेखक-डाक्टरको समीरको 'भूकम्पमा मलहमपट्टी'

    महाभूकम्पको दोस्रो वार्षिक उत्सवको अवसर पारेर लेखक तथा डाक्टर रवीन्द्र समीरको एघारौं कृति 'भूकम्पमा मल्हमपट्टी' बजारमा आएको छ। २०७२ वैशाख १२ गतेको...

  • तीन वर्षे विश्रामपछि फेरि ‘पलेटी'

    आधुनिक नेपाली संगीतको विकासक्रम सम्झाउने र यसको स्वर्णीमकालको उपासना गर्ने मञ्च ‘पलेटी श्रृंखला’ सुचारु हुने भएको छ। पुराना सर्जकहरुको सम्मानमा... साङ्गीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५ औं वर्ष मनाउने क्रममा पलेटी श्रृंखलाको व्ययभार बेहोर्ने घोषणा गरेपछि फेरि सुचारु हुन लागेको हो।

  • सस्पेन्स थ्रिलर 'पर्व'को ट्रेलरमा हेर्नुस् नम्रताको छटपटी (भिडियो)

    नम्रता श्रेष्ठ र कोशिस क्षेत्रीको मुख्य भूमिका भएको फिल्म 'पर्व' सार्वजनिक भएको छ। राजधानीमा आइतबार सम्पन्न कार्यक्रममा आयोजना गरी निर्माण युनिटले...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत

    केन्द्रिय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ६ दशमवल ९४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। दुई दशकपछि नेपालको आर्थिक वृद्धिदर सबैभन्दा बढी...

  • राजनीतिक संवाद जारी राखेर अगाडि बढ्ने पाँच दलको निर्णय

    पाँच राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राजनीतिक संवादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ। मंगलबार बेलुका प्रधानमन्त्री निवास...

  • यस्तो छ कांग्रेसले सार्वजनिक गरेको 'स्थानीय तह निर्वाचनको घोषणापत्र'

    स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तयार पारेको चुनावी घोषणापत्र आज मंगलबार सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको लागि तयार पारिएको घोषणापत्र...

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    ओबरमा भारतको हरियो बत्तीको खाँचो

    चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै...