समाज

दुई गाविसका भूकम्पपीडितले आवास अनुदान पाउने

काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने भुम्लुटार र फलाँटे गाविसका भूकम्पपीडितले पनि आवास अनुदान पाउने भएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

आइजिपी निुयुक्ति विवादको बहस मंगलबारलाई सर्यो

जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपीमा नियुक्त गर्ने निर्णय रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई मंगलबारसम्मलाई सरेको छ।

उप-महानगरपालिकाले लगायो तरकारी बजारमा डोजर

लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उप-महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरा डोजर लगाइ उपमहानगरपालिकाले आइतबार बिहान भत्काएको छ।

लिफ्टिङको पानीले मानुङेको प्यास मेटायो

हेरेरै पानीको प्यास मिटिने भए मानुङवासीको प्यास पहिल्यै मेटिन्थ्यो। तल दमौली बजारसँगै मादी–सेती सलल बगेको हेरेर रमाउने मानुङवासीको मन पानी पिउन घन्टौं हिँड्नुपर्दा अमिलो हुन्थ्यो। प्यासीप्यासी बनेरै जीवन बाँचेका दमौली बजारमाथिको मानुङवासीले अब भने...

‘जयमती–कर्णबहादुर पत्रकारिता पुरस्कार’ काफ्लेलाई

यस वर्षको ‘जयमती–कर्णबहादुर पत्रकारिता पुरस्कार’ ताप्लेजुङका सञ्चारकर्मी मनमणि काफ्लेलाई शनिबार प्रदान गरिएको छ।

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ। गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले...

द्वन्द्वकालमा क्षतिग्रस्त भएका प्रहरी चौकी पुनःनिर्माण हुँदै

दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन्। नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय...

हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा

चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन्। फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए। दार्चुलाको...

काँकरभिट्टा उत्सवमा चित्र, मूर्ति र फोटो प्रदर्शनीको सङ्गम

झापामा हुन लागेको कला साहित्य उत्सवमा चित्र, मूर्ति र फोटोको विशेष प्रदर्शनी पनि हुने भएको छ। फागुन १२ देखि १४ सम्म चल्ने उत्सवमा मूर्तिकारहरुले प्रत्यक्ष मूर्ति निर्माण गरेर प्रदर्शन गर्ने आयोजक संस्था रिडर्स झापाले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक घाइते

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शनिबार एक महिलाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएकी छन्। दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका...

आधुनिक प्रविधिद्वारा च्याउ उत्पादन गर्दै स्कुले विद्यार्थी

महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन्।

वीरगन्ज नाकाबाट इन्धन आयातमा बृद्धि

वीरगन्ज नाका भएर रु. साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको...

खैरो हेरोइनसहित राई पक्राउ

लागुऔषध खैरो हेरोइनसहित प्रहरीले सिरहाको कसहाबाट शनिबार एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कसहाबाट खैरो हेरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई...

पर्खालमा च्यापिएर एक मजदुरको मृत्यु, तीन गम्भीर घाइते

वीरगन्जको आदर्शनगरमा शनिबार बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ। वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का...

प्रजातन्त्र दिवसका अवसरमा प्रभातफेरी

राष्ट्रिय प्रजातन्त्र दिवस एवम् प्रथम निर्वाचन दिवसका अवसरमा शनिबार पोखरामा प्रभातफेरी गरिएको छ। पोखरास्थित सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समिति कास्कीको सभाहलमा गएर सम्पन्न भएको थियो।

धूलो नियन्त्रणका लागि मेलम्ची आयोजनाले ल्यायो योजना

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले पाइप विस्तारको क्रममा धूलो फैलिन नदिने योजना अघि सारेको छ। धूलो नियन्त्रणको लागि हरियो जाली (नेट) प्रयोग गरिने र पाइप विस्तार, मर्मतसम्भारको काम राति गरिने भएको छ।

बिहानै ४ रेक्टरको भूकम्प

धादिङलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्पको कम्पन धादिङ, काठमाडौं, नुवाकोट र गोरखामा महसुस गरिएको थियो।

ट्रकको ठक्करबाट बालाजुमा २ महिलाको मृत्यु

काठमाडौंको बालाजु स्थित माछापोखरीमा ट्रकको ठक्करबाट दुई जना महिलाको मृत्यु भएको छ। ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले बा ७७ प ३२०८ नम्बरको स्कुटरमा सवार सोनिया थापा र रिना कुमारी राईलाई ठक्कर दिएर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

समुद्रमुनि लुकेको यस्तो अर्को महादेश

जिल्याण्डियाको क्षेत्रफल लगभग ५० लाख वर्ग किलोमिटर रहेको छ, जसको ९४ प्रतिशत भूभाग पानीमुनि छ। बाँकी ६ प्रतिशत बाहिर देखिएको जमिनमा न्युजिल्याण्ड मात्र होइन, न्यु क्यालेडोनिया, नरफोक आइल्याण्ड, लर्ड हो आइल्याण्ड समूह तथा एलिजाबेथ र मिडलटन चट्टान...

सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

पुनःनिर्माणमा उत्कृष्ट गैसस सम्मानित

भूकपले क्षति पु¥याएको स्वास्थ्य चौकी तोकिएको समयभित्रै पुनःनिर्माण गरी हस्तान्तरण गरेकोमा असल छिमेकी नेपाल पोखरा नामक गैरसरकारी संस्थालाई सम्मान गरेको छ।

पुँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वयमा जोडदिनुपर्छः उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विकास बजेटको खर्च बढाउन अन्तर मन्त्रालयगत समन्वयमा जोड दिनुपर्ने बताएका छन्। म्याग्दीको बेनीमा शुक्रबार आयोजित अन्तक्र्रिया कार्यक्रममा बाेल्दै उनले मन्त्रालयबीच समन्वयको अभाव, अनुगमनको...

दुईबुँदे सहमतिपछि पत्रकार महासंघमा लगाइएको ताला खुल्यो

नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। महासङ्घ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो।

जाजरकोट र रुकुमका ग्रामीण बस्ती महिनौंदेखि अन्धकारमा

यहाँको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ हुँदा भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन्।

स्वास्थ्यकर्मी आन्दोलनले बालबालिका खोपबाट वञ्चित

ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन्। आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन्।

स्थानीय निकाय कर्मचारीको आन्दोलन फिर्ता

चार दिनदेखि ठप्प स्थानीय निकाय शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी सङ्घ, सङ्गठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि...

समाधीस्थलमा आत्मघाती बम हमला

पाकिस्तानको प्रसिद्ध सूफी धार्मिकस्थलमध्ये एक सहवानस्थित सन्त लाल शाहबाज कलन्दरको समाधीस्थलमा आत्मघाती बम हमला हुँदा ७० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। बिहीबार बेलुका समाधीस्थलमा भक्तजनहरुको भीड लागेका बेला सो हमला गरिएको प्रत्यक्षदर्शीले जनाएका...

राँगोबाटै वार्षिक साढे तीन लाख कमाइ

भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला। तर यहाँका केही किसानले भने राँगो पालेरै भैँसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन्। बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने किसानले भैँसीलाई राँगो लगाएरै...

पत्रकार धर्मेन्द्र झा सम्मानित

नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झालाई विकास पत्रकारिता सम्मान प्रदान गरिएको छ। विकास पत्रकार मञ्च नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा नेपालको विकास पत्रकारिताका अभियन्ता एवम् नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झालाई...

चितुवाको आक्रमणबाट वन कर्मचारीसहित चार घाइते

मोरङ राजघाटमा बिहीबार बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन्।

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...

  • चुनाव व्यवस्थापनका लागि आयोगले दियो यस्तो निर्देशन

    निर्वाचन आयोगले वैशाख ३१ गते गरिने स्थानीय चुनाव व्यवस्थापनको लागि सरकारलाई १९ बुँदे निर्देशन दिएको छ। बुधबार नै चुनाव कार्यतालिका घोषणासँगै आयोगले...