समाज

दमकमा उम्मेदवारको घरनजिकै बम

नेकपा (माओवादी केन्द्र)को तर्फबाट दमक नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदवार बनेका रेवतराज पुरी ‘गगन’को घर नजिकै र अर्को एक ठाउँमा पनि बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।

शुल्क फिर्ताको माग गर्दै राजधानीका निजी विद्यालयमा हडताल

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज मंगलबार राजधानीका निजी विद्यालयमा हड्ताल गरेको छ।

तिव्र गति र ‘ओभरटेक’ ले लग्यो ज्यान

तिव्र गति र असुरक्षित ‘ओभरटेक’ गर्दा एकजना स्कुटर चालकको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सोमबार अपराह्न शिव सताक्षी नगरपालिका सडकखण्डको माइपुलमा दुर्घटना हुँदा शिवगञ्ज–७ निवासी ३२ वर्षीय विजय लावतीको मृत्यु भएको हो।

सूचना विभागको पासले समाचार सङ्कलन गर्न सकिने

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा सञ्चारकर्मीलाई निर्वाचनको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको छ। यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा मतदान र मतगणनाको समाचार सङ्कलनका लागि...

बालिकाको बलत्कारपछि हत्या गरेर फरार अभियुक्त पक्राउ

चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी फरार भएका रामेछापका श्याम राउतलाई करिब ५ वर्षपछि प्रहरीले भारतको निकोबार टापुबाट पक्राउ गरेको छ। राउत यसअघि पनि यही घटनामा एकपटक पक्राउ परेर छुटेपछि फरार भएका थिए।

देशलाई कदापि बिखण्डन हुन दिँदैनौँः प्रधानसेनापति

पृथ्वीनारायण शाहको तस्बिर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुर्याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालाई आज सम्मान गरिएको छ। रुक्माङ्गत कटवाल ट्रस्टले यस वर्षको वसन्त ऋतुमा पृथ्वीनारायणको तस्बिर, राष्ट्रिय झन्डा तथा नेपाली सेनाको झन्डा...

दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको...

थिमिमा दुईमहिने रञ्जना लिपिको प्रशिक्षण सुरु

मध्यपुरथिमिमा दुईमहिने नेपाल भाषा प्रचलित लिपि र रञ्जना लिपिको प्रशिक्षण सुरु भएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ, मध्यपुरथिमि नगर समन्वय परिषद्ले लिपिको संरक्षणका लागि प्रशिक्षण सुरु गरेको हो।

क्यान्सरपीडित चिनियाँ नोबेल विजेता स्याओबो जेलमुक्त

चीनका नोबेल शान्ति पुरस्कार विजेता ल्यु स्याओबोलाई जेलमुक्त गरिएको छ। कलेजोको क्यान्सरका बिरामी स्याबोलाई गम्भीर बिरामी भएका कारण मुक्त गरिएको जनाइएको छ।

जब मोहनालाई आउँछ ‘हेप्पी इद’ सन्देश

उनी परिवारका साथमा लामो समयपछि शनिबार घर (माइत) नेपालगञ्ज पुगेर इद मनाउन चाहन्थिन्। तर नारायणघाट मुग्लिन सडक अवरुद्ध हुँदा उनको चाहनामा पहिरो गयो। दुःखका साथ भनिन्, ‘६ वर्षदेखि आमाबुबा र घरका मान्छेहरुसँग इद मनाउन पाएको थिइनँ। यस पटक जाने भनेर...

मतदानको सम्पूर्ण तयारी भएको आयोगको जानकारी, सुरक्षा व्यवस्था अझै कडा

१४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पुरा भएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नयाँ नेतृत्व चयनका गर्नेछ।

आठ दिनदेखि अन्धकार माडी

दक्षिण चितवनको माडीका बासिन्दा विगत आठ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएकाले गत असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन्।

बनेपा र पनौतीमा धमिलो लेदोयुक्त खानेपानी पिउन बाध्य छन् स्थानीय

वर्षायाम सुरुवातसँगै काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदोयुक्त खानेपानी पिउन बाध्य भएका छन्। खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदोयुक्त खानेपानी...

इद उल फित्र उल्लासका साथ मनाइँदै

इस्लाम धर्मावलम्बीले महान् पर्व इद उल फित्र सोमबार बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन्। पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि सोमबार बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो...

पत्नी हत्याको आरोपमा पक्राउ

पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

हराएका तीन बालबालिका भोजपुरमा मृत भेटिए

भोजपुरमा तीन बालबालिका मृत भेटिएका छन्। मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए। उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन्।

डेढ वर्षदेखि पर्यटन परिषद् बैठक किन बस्न सकेन?

समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत मार्गदर्शन गर्ने ‘राष्ट्रिय पर्यटन परिषद्’ को वैठक डेढ वर्षदेखि बस्न सकेको छैन। मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकास किन प्रभावकारी भएको छैन भन्ने दृष्टान्त परिषद्को अवस्थाले...

बिद्यालय पुनर्निर्माणलाई फेशबुकबाटै जुट्यो ३ लाख

भूकम्प गएको डेढ बर्ष भइसक्दा पनि भूकम्पबाट क्षतिग्रस्त बिद्यालयको पुनर्निर्माण सुरु नभएपछि गोरखाको सहिद लखन गाउँपालिका ८ बुंकोटका एक युवाले फेशबुक अभियानमार्फत् बिद्यालय पुनर्निर्माणमा सघाएका छन्।

रोकिएको नारायणगढ मुग्लिन सडकखण्डको आवागमन सुचारु

सडक विस्तारका लागि भित्तो काट्न भन्दै आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ।

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई मुआब्जा दिन बैंक काउन्टर

जीएमआरले नोभेम्बर तेस्रो साता प्रभावित क्षेत्रका जग्गाधनीसँग अप्रिल महिनासम्म अधिग्रहण गरिसक्ने सम्झौता गरेको थियो। आयोजनाले ४८ हेक्टर निजी जग्गा अधिग्रहण गर्दै छ। प्रतिरोपनी रु आठ लाख ९५ हजारका दरले मुआब्जा वितरण गर्दैछ। पुनःस्थापना तथा...

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्च अदालत पठाइने

भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन्।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक थापा जेल चलान

सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा जेल चलान भएका छन्।

पाँचथरको माझीटारका २ सय माझिमध्ये ३९ जनाले मात्रै भोट हाल्न पाउने

फोटोसहितको मतदातानामाबलीमा नामदर्ता नहुदा पाँचथर जिल्लाको फिदिम नगरपालिका ५ र सिमावर्ती हिलिहाङ गाउँपालिका ७ मा पर्ने माझिटारमा करिव २ सयको संख्यामा रहेका माझिहरु मतदानबाट बञ्चीत हुने भएका भएका छन्।

सोमबार र्इदको सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा सरकारले सोमबार नेपाल भर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

धुर्मस सुन्तलीले बनाएको एकीकृत बस्तीमा अब अत्याधुनिक पुस्तकालय

सिन्धुपाल्चोकको गिरानचौरस्थित धुर्मस सुन्तली फाउन्डेशनद्वारा निर्माण गरिएको एकीकृत बस्तीमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएको छ। गोकर्णेश्वर नगरपालिका– ८ निवासी समाजसेवी दीपकसिंह भण्डारी तथा उहाँकी श्रीमती शकुन्तला भण्डारीले स्व पिता टुन्नरसिंह...

प्रदेश नम्बर ५ का मात्रै ३ सय ४६ मतदान केन्द्र अतिसंवेदनशील

दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर ५ का ३ सय ४६ केन्द्र अतिसंवेदनशील रहेको प्रहरीले बताएको छ। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लामा हुने निर्वाचनको लागि सुरक्षा...

पौडी खेल्दा वेपत्ता भएका युवकको शव फेला

शनिबार दिउँसो पौडी खेल्न गोरखाको दरौंदी नदी पुगेका गोरखा नगरपालिका हरमटारीका २१ बर्षे सबिन ढकालको शव आज फेला परेको छ। शनिबारदेखि बेपत्ता ढकालको शवलाई माझीहरुले लामाबगरमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

छतबाट खसेको बच्चा बचाउने सशस्त्र प्रहरी पुरस्कृत

बाँकेको नेपालगञ्जमा घरको छतबाट अचानक खसेको बच्चालार्इ समातेर सकुशल उद्धार गर्ने प्रहरी नायव निरीक्षक भीमबहादुर कठायत पुरस्कृत भएका छन्। कठायतले गत जेठ ३० गते बाँके जिल्लाको नेपालगञ्ज १२ स्थित विपिचोकमा दुई तले घरको छतबाट खसेकी नफिज करिवालकी तीन...

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आइतबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार...

अख्तियारले बन्द गरेको फाइलमा भेटियो ७६ करोड अनियमितता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड रुपैयाँ अनियमितता भएको पाएको छ। नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...