सालीनदीमा २०३ जना एक महिने श्री स्वस्थानी व्रतमा



फाइल तस्बिर
फाइल तस्बिर

उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित सालीनदीमा ५०० वर्ष पुरानो श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेला सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने यो मेलामा महिला पुरुष गरी २०३ जना एक महिने व्रत बसेको श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ। १८८ महिला र १५ पुरुष यस वर्ष सालीनदीमा व्रत बसेको समिति अध्यक्ष राजुभाइ मानन्धरले जानकारी दिए।

‘चारदिनसम्म आउने व्रतालुलाई समावेश गराइने परम्परा रहेकाले व्रतालु थपिन सक्ने सम्भावना छ, यहाँ बस्ने ६० प्रतिशत व्रतालु बाहिरका छन्, व्रतालुले साँखुमै कोठा लिएर बस्नुपर्ने चलन छ, भूकम्पले घर भत्किएका कारण व्रतालुलाई राख्ने ठाउँको अभाव भए पनि व्रत बस्न चाहनेलाई मिलाएर राख्ने व्यवस्था गरेका छौँ’ उनले भने।

व्रत बस्नेले बिहान नियमित स्नान, मध्याह्नकालमा श्रीमहादेवको पूजा गरी एक छाक सात्विक भोजन गर्नुपर्नेजस्ता विधि अपनाउनुपर्छ। मेलाका लागि आजैदेखि साँखु बस व्यवसायी सङ्घले थप बसको व्यवस्था गरेको छ। साँखुबाट रत्नपार्क, नयाँबानेश्वर र सातदोबाटो मार्गमा सवारी सञ्चालन हुँदै आएको छ। यस वर्ष २० लाख धार्मिक पर्यटक साँखुमा भित्र्याउने गरी सवारी साधन चलाउन सङ्घलाई अनुरोध गरिएको समितिले जनाएको छ।

मेलाका क्रममा भक्तजनसँग पसल चलाउनेले बढी मूल्य लिएको गुनासो बढेपछि यसवर्षदेखि प्रत्येक पसलमा मूल्यसूची टाँस गर्न अनिवार्य गरिएको छ। यहाँस्थित इलाका प्रशासन कार्यालय, महानगरीय प्रहरी प्रभाग र समितिमा बढी मूल्य लिनेविरुद्ध उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ। बढी मूल्य लिएको पाइएमा कारबाही गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा हालै बसेको बैठकले निर्णय गरेको अध्यक्ष मानन्धरले बताए।

मेलाका लागि आजै बिहानैदेखि सालीनदी आउनेको सङ्ख्या बढ्न थालेको छ। माघ महिनामा सालीनदीमा आई स्नान गरे पाप नास भइ पुण्य मिल्ने धार्मिक विश्वास छ। रासस

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 13:53:33

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • ‘केरुङ–काठमाडौ जोडिने चिनियाँ रेल भारतले चाहेर पनि रोकिन्न’

    चीनले अघि सारेको ओबीओआरबाट नेपालले भारतसँग रहेको ६५ प्रतिशत व्यापारमा निर्भरता आगामी १० वर्षपछि सन्तुलनमा आउनसक्ने अनुमान सुनाउँदै छिमेकीका सबल र...

  • मुसहर बस्तीका एक्ला प्लस टु विद्यार्थी मञ्जय सदा

    धुर्मुस–सुन्तलीसँग काँध मिलाउँदै यी मुसहर युवा

    पुस अन्तिम साता महोत्तरी बर्दिबास नगरपालिका वडा नं २ मा रहेको एकीकृत नमुना मुसहर बस्ती शिलान्यासमा एक जना फुर्तिला युवा जोसिँदै मुसहर बस्तीका...

  • यसै साता काठमाडौँ ओर्लंदै छ नयाँ जहाज ‘एमए ६०’

    नेपाली टोलीसँग चीन पुगेका नेपाली क्याप्टेनले उडाएर एमए ६० जहाज ल्याउने तयारी भएको निगम स्रोतले जानकारी दिएको छ। ‘पहिलो चरणमा एमए ६० मात्रै आउँछ,’...

  • दुई पटक अनमेल विवाह दुई पटक अनमेल विवाह गरेका सखी–६ टुनिबोट रोल्पाका ७५ वर्षीय भीमबहादुर खत्री परिवारका साथमा।

    'कसैले पनि अनमेल बिहे नगरोस्, दु:ख मात्र पाइन्छ'

    खत्रीको भनाइ छ “अहिले म ७५ वर्षको भएँ। अब कति बाँचुला र ? कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै। तर श्रीमती पो के गर्लिन् ? कहाँ जालिन् ? उनको अझ...