सुन काण्डमा भन्सारका दुई अधिकृत पक्राउ



त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन काण्डमा संलग्न रहेको आशंकामा विमानस्थल भन्सारका दुई अधिकृत पक्राउ परेका छन्। उनीहरुलाई केन्द्रीय अुनसन्धान ब्युरो (सिआइबी)ले बिहिबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा अधिकृतद्वय राजकुमार ढकाल र श्रीनारायण यादव रहेका छन्। उनीहरुलाई सुन तस्करीमा सम्लग्न भरियाले दिएको बयानका आधारमा पक्राउ गरिएको हो।

त्यस्तै ३३ किलो अवैध सुन बरामत भएपछि भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ। साथै सुनकाण्डको छानबिन गर्न विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरिएको छ।

गत शुक्रबार बाँकेका गोपालबहादुर शाहीको लगेजबाट ३३ किलो सुन बरामत भएको थियो। उनी दुवईबाट आएका थिए। ठूलो परिमाणमा सुन तस्करी भएको पाइएपछि एसपी मिरा चौधरीको नेतृत्वमा प्रहरी टोली परिचालन भइरहेको बताइएको छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 12:16:52

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...