हिउँ चितुवा पाइने १२ देशको मन्त्रीस्तरीय बैठक नेपालमा



सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयासः प्रगति र आगामी कदम बारे हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ।

‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलईपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यस सम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको हो। 

विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ। 

बैठकमा आगामी योजनाको लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने, हिउँ चितुवाको अवैध चोरी सिकार तथा व्यापार विरुद्ध जुध्न साझा विचार विकास गर्ने र हिउँ चितुवा सम्बन्धी अध्ययन अनुसन्धानमा पहलकदमी लिनेलगायत मुख्य विषयमा छलफल हुने बताइएको छ।
हिउँ चितुवा नेपालमा करिब तीन देखि पाँच सयको हाराहारीमा रहेको अनुमान छ। विश्वमा करिब तीन हजार पाँच सय देखि सात हजारको सङ्ख्यामा रहेको हुनसक्ने बताइन्छ। रासस

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 20:48:45

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...