आमसञ्चार नीति कार्यान्वयन गर्न उच्च स्तरीय समिति गठन

सञ्चार मन्त्रालय
सञ्चार मन्त्रालय
आमसञ्चार नीति–२०७३, कार्यान्वयन गर्न सरकारले उच्च स्तरीय समिति गठन गरेको छ। उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहालको संयोजकत्वमा समिति गठन गरिएको छ।

समितिमा सञ्चार सचिव, अर्थ सचिव, कानून सचिव र मन्त्रिपरिषदका एक सचिव पदेन रहने व्यवस्था गरिएको छ। थप सदस्यहरु सञ्चारमन्त्रीका प्रेस सल्लाहकार राजेन्द्र किराँती तथा सञ्चारविज्ञका रुपमा टीकाराम राई र बबिता बस्नेत छन्।

यो समितिले आमसञ्चार नीति कार्यान्वयनका लागि आवश्यक नियम तथा खाका तयार पार्नेछ। शेरधन राई सञ्चारमन्त्री रहेका बेला यो नीति आएको थियो।

क्लिनफिटलगायत व्यवस्थाका कारण यो नीतिलाई महत्वपूर्ण मानिएको छ।

 

प्रकाशित 2017-01-11 17:56:49