डेढ वर्षमा दोस्रो पटक सीईओमा नियुक्त हुने पोखरेल, को हुन्?



फाइल फोटो
फाइल फोटो

९ हजार हाराहारीको ज्यान लिनेगरी १२ वैशाख २०७२ मा गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा डा.गोविन्द पोखरेल दोस्रो पटक नियुक्त भएका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ।

यसअघि पनि उनलाई सीईओमा नियुक्त गरिएको थियो। प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री नै रहने व्यवस्थाअनुसार सुशील कोइरालाले पोखरेललाई २८ साउन २०७२ मा सीईओ नियुक्त गरे।

त्यसबेला पोखरेलले कानूनको अभावमा कुनै भूमिका पाउन नसकेको अवस्थामा सरकार परिवर्तन भयो। नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनको सरकार बन्यो, नेपाली कांग्रेस पतिपक्षमा बस्यो। यसै अबधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुस २०७२ मा सुशील ज्ञवालीलाई सीईओ नियुक्त गरे।

ज्ञवालीको नियुक्तिबारे त्यसबेला एमालेभित्रै असन्तुष्टि देखिएको थियो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू निकटका ज्ञवालीलाई सीईओ बनाएको भनेर पार्टीभित्र आलोचना भयो।

ओलीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने। यसपछि उनले ज्ञवाली हटाएर पोखरेल ल्याउने कसरत शुरु गरे। प्राधिकरणको काम प्रभावकारी नभएको भन्दै दाहालले प्रधानमन्त्री बनेको पाँच महिनापछि ज्ञवालीलाई स्पष्टीकरण लिए।

भदौ तेस्रो साता भूकम्प पीडितलाई एक मुष्ठ तीन लाख दिने निर्णय गरेको सरकारले असोज पहिलो सातादेखि नै ज्ञवाली हटाउने तरखर शुरु गरेको थियो। तर, यसको तीन महिनापछि १४ पुसमा ज्ञवालीलाई १२ पन्ने स्पष्टीकरण लिए। र, ज्ञवालीलाई बर्खास्त गर्दै पोखरेल नियुक्त गरिए।

को हुन् पोखरेल?

२२ लाख प्रभावित बन्नेगरी भूकम्प गएको बेला पोखरेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। उनले सोही पदमा रहेर दाताहरुको सम्मेलनमा अर्थमन्त्री रामशरण महतलाई सहयोग पुर्‌याए।

यसपछि ओली सरकारले सीईओ नबनाएपछि उनले फागुन २०७२ मा सकिएको नेपाली कांग्रेसको १३औं महाअधिवेशनमा उम्मेद्वारी दिए। खुल्लातर्फबाट उम्मेद्वारी दिएका पोखरेल १०९६ मत ल्याएर ३३औं स्थानमा परे। २५ जनाभित्र पर्नुपर्ने व्यवस्थाअनुसार उनी केन्द्रीय सदस्य हुन सकेनन्।

सरकारले उनलाई कांग्रेसकै सिफारिसमा सीईओ नियुक्त गरेको छ।

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 14:29:00

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै प्रदर्शनकारी

    के हुँदैछ दार्जिलिङमा?

    मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा...

  • क्रान्तिका तीन उद्गम–थलोमा चुनावी दौड

    हरेक इतिहाससँग तिथिमिति हुन्छन् तर तिथिमिति मात्रै हुँदैनन्। त्यसमा पात्र र भू–क्षेत्रले बनाएको बिम्ब पनि हुन्छ। राजनीतिक दलहरूको इतिहाससँग पनि...

  • खेलराज पाण्डे

    बुटवलको चुनावी खेलमा खेलराजले गोल हान्लान्?

    आसपासका अरू नगरमा पार्टीका जिल्ला सचिव, पूर्वजिल्ला उपसभापति र क्षेत्रीय सभापति मेयरका उम्मेदवार छन्। उनीहरूभन्दा पदीय हिसाबले जुनियर खेलराज पाण्डे...

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...