श्रीमतीमाथि चिरपट प्रहार



घाइते सरिता मोते
घाइते सरिता मोते

महिलामाथि हुने हिंसा नियन्त्रणका लागि सरकारी र गैरसरकारी संस्थाहरुले विभिन्न अभियानहरु संचालन गरिरहेपनि हिंसाका घटनामा कमी आएको छैन। लाखौं डलर खर्च गरेर समाजमा महिला हिसा हटाउन लागिपरे पनि यस्ता घटनामा कुनै कमी आएको छैन। समाजमा महिलाहरुमाथि जघन्य अपराधका घटनाहरु बढिरहेका छन्।

उदयपुरको भलायडाँडा ३ विजनबारीका जीवन मोतेले ४ महिनाको दुधे बालिकाको आमा सरिता मोतेलाई चिरपट प्रहार गरि गम्भीर घाइते बनाएका छन्।

आफ्नै श्रीमानको कुटाइवाट गम्भीर घाइते भएकी २३ वर्षीया सरिता मोतेको विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ। लागु औषधको दुर्व्यसमा फसेका जीवनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरकी प्रहरी सहायक निरिक्षक उमा गुरुङले जानकारी दिइन्।
आर्थिक अवस्था कमजोर भएकी सरिताको उपचार गर्न उनको घर जग्गा बेचेर गरिएको सरितालाई सहयोग गर्दै आएका भेषराज खतिवडाले जानकारी दिए।

खतिवडाले थप उपचारका लागि पैसाको अभाव भएकोले प्रभु बैंकमा खाता खोलेर सबैलाई सहयोगका लागि आग्रह गरिएको उनले जानकारी दिए। सरितालाई सहयोग गर्न चाहनेले प्रभु बैंकमा ००८००१००२९८६७१०००००७ नम्वरको खातामा रकम संकलन गर्न सकिने उनले बताए।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 14:14:05

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...

  • शान्ति मण्डला निर्माणको बाटो खुल्यो

    सवैभन्दा माथिल्लो भागमा ५४ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिनेछ। मण्डलाको प्रत्येक कुनामा हिन्दूधर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र...

  • 'पृथ्वीनारायणको एकीकरणलाई हामी पूर्णता दिन्छौं'

    केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा एमालेले स्वयम् सेवक प्रशिक्षण कार्यक्रम सोमबारदेखि शुरु गरेको छ। आगामी २१ फागुनदेखि शुरु गर्न लागेको...

  • ला ला ल्याण्डका निर्माता जोर्डन होरोविट्ज वास्तविक विजेता मुनलाइट भएको बताउँदै

    मुनलाइट र ला ला ल्यान्डमय ओस्कार

    ८९ औँ ओस्कारमा उत्कृष्ट फिल्म घोषित हुँदै मुनलाइटले इतिहास रचेको छ। गल्तीवश केही समयका लागि ला ला ल्याण्डलाई उत्कृष्ट फिल्म घोषित गरिएपछि मञ्चमा...