लेखेर दिनुस्, २४ घन्टाभित्र औषधि आपूर्ति हुन्छः स्वास्थ्यमन्त्री थापा



स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीय स्वास्थ्य केन्द्र, अस्पतालहरुमा औषधि अभाव भएको सूचना आए २४ घन्टाभित्र आपूर्ति गरिने बताएका छन्। उनले स्थानीयबासी र कर्मचारीहरुलाई भने, ‘गुनासो गर्नुस्, तत्काल आपूर्ति हुन्छ।’

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सोमबार धुलिखेलमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा उनले काभ्रेपलाञ्चोक जिल्लाबाट औषधिसम्बन्धी सबैभन्दा बढी उजुरी आएकाले त्यसको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताए। उनले जिल्लाको कुनै पनि स्वास्थ्य चौकीमा औषधिका बारेमा उजुरी आउन नहुनेमा जोड दिँदै भने, ‘कुन स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो लेखेर दिनुहोस्, २४ घन्टामा नै औषधिको आपूर्ति गरिने छ।’ साथै, सोही कार्यक्रममा सहभागी स्वास्थ्य कर्मचारीहरुलाई औषधिको अभाव हुन नदिन निर्देशन समेत दिए।

मन्त्री थापाले नेपालमा एक शिशुका लागि रु पाँच हजार बराबरको खोप खर्च भएको बताउँदै अझै थप खोप दिन सकिने जानकारी दिए। सो अवसरमा मन्त्री थापाले पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला र जिल्ला स्वास्थ्य प्रमुख अर्जुन सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। रासस

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 09:14:21

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै प्रदर्शनकारी

    के हुँदैछ दार्जिलिङमा?

    मात्र ३१५० वर्गकिमी क्षेत्रफल र २० लाखभन्दा कम जनसंख्या भएको दार्जिलिङ उपमहाद्वीपमा एक थोप्लो मात्रै हो। तर यसको रणनीतिक महत्व भौगोलिक अवस्थितिमा...

  • क्रान्तिका तीन उद्गम–थलोमा चुनावी दौड

    हरेक इतिहाससँग तिथिमिति हुन्छन् तर तिथिमिति मात्रै हुँदैनन्। त्यसमा पात्र र भू–क्षेत्रले बनाएको बिम्ब पनि हुन्छ। राजनीतिक दलहरूको इतिहाससँग पनि...

  • खेलराज पाण्डे

    बुटवलको चुनावी खेलमा खेलराजले गोल हान्लान्?

    आसपासका अरू नगरमा पार्टीका जिल्ला सचिव, पूर्वजिल्ला उपसभापति र क्षेत्रीय सभापति मेयरका उम्मेदवार छन्। उनीहरूभन्दा पदीय हिसाबले जुनियर खेलराज पाण्डे...

  • फाइल

    दबाबमा कांग्रेसका शीर्ष नेता, को कहाँ छन् सक्रिय?

    कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव भने काठमाडौंमै आराम गरिरहेकी छिन्। अस्वस्थ रहेकी यादव असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका...