अब सरकारी अस्पतालमा पाठेघर क्यान्सरको सित्तैमा परीक्षण



महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन्। स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ।

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिएको छ।
मन्त्रिपरिषद्को गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताए।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सृष्टि प्रजापतिका अनुसार यस सङ्क्रमणलाई प्रि क्यान्सर भनिन्छ। यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ। समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ÷दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ। ‘सङ्क्रमण भए—नभएको प्याप स्मेयर टेस्ट (गर्भाशय स्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ’, प्रजापतिले भने।

परिक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ। प्याप स्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन। साथै सो परीक्षण महिनावारी भएका बेला गर्न मिल्दैन। परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन। परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ। परीक्षणले भविष्यमा ठूलो धनजनको क्षति हुनबाट बचाउँछ।

चिकित्सकका अनुसार सो परीक्षण पहिला छ महिनाको फरकमा तीनपटक गर्नुपर्छ। तीनैपटक परीक्षणमा नकारात्मक देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ। यसमा पनि नकारात्मक देखिएमा तीन वर्षपछि परीक्षण गराउनुपर्छ। यसमा पनि नकारात्मक देखिएमा पाँच वर्षपछि परीक्षण गर्नुपर्छ। यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ। तर परीक्षण गर्न छाड्न नहुने डा. प्रजापतिले बताए। क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत हुन उनको भनाइ छ।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 08:37:32

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...

  •  गोरखाको प्रोकभ्यालीमा गरिएको गहुँ खेती। यहाँ बर्षदिनमा एक खेतीमात्रै उत्पादन हुन्छ।

    उत्तरी गोरखाका यी भोकमरी-स्थान जहाँ राज्यको लगानी शून्य छ

    उत्पादन भएको अन्नले दुई-तीन महिना मात्रै खान पुग्ने, थप उत्पादन बृद्धि गर्न खेतीयोग्य जमिन पनि नभएको र सदरमुकामलगायत क्षेत्रबाट खाद्यान्न ढुवानी...