धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको शिलान्यास, चैतभित्र ५० घर बन्ने



तस्बिरः मनोज गजुरेलको ट्‌वीटबाट

महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको सोमबार शिलान्यास भएको छ। हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले चार करोड ७८ लाख रुपैयाँ लागतमा बनाउन लागेको सो बस्तीको महजोडीले शिलान्यास गरेको हो।

सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, गरिब र आपतबिपतमा परेका नेपालीको सेवामा लागेर अनुकरणीय काम गरेको बताए।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माण आगामी चैत मसान्तभित्रै सम्पन्न गरिने जानकारी दिए। २०७४ सालको पहिलो दिनमै मुसहर बस्तीका ५० परिवारलाई नवनिर्मित पक्की घर हस्तान्तरण गरिने उनले दाबी गरे।

सो अवसरमा विभिन्न सङ्घसंस्था, कार्यालय र व्यक्तिले बस्ती निर्माणका लागि १८ लाख र निर्माण सामग्री फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गरे। फाउन्डेसनले यसअघि काभ्रेपलाञ्चोकको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौर बस्ती निर्माण गरिसकेको छ। रासस

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 20:56:12

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...

  • शान्ति मण्डला निर्माणको बाटो खुल्यो

    सवैभन्दा माथिल्लो भागमा ५४ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिनेछ। मण्डलाको प्रत्येक कुनामा हिन्दूधर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र...

  • 'पृथ्वीनारायणको एकीकरणलाई हामी पूर्णता दिन्छौं'

    केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा एमालेले स्वयम् सेवक प्रशिक्षण कार्यक्रम सोमबारदेखि शुरु गरेको छ। आगामी २१ फागुनदेखि शुरु गर्न लागेको...

  • ला ला ल्याण्डका निर्माता जोर्डन होरोविट्ज वास्तविक विजेता मुनलाइट भएको बताउँदै

    मुनलाइट र ला ला ल्यान्डमय ओस्कार

    ८९ औँ ओस्कारमा उत्कृष्ट फिल्म घोषित हुँदै मुनलाइटले इतिहास रचेको छ। गल्तीवश केही समयका लागि ला ला ल्याण्डलाई उत्कृष्ट फिल्म घोषित गरिएपछि मञ्चमा...